भारतीय संस्कृतिमा बसिरहेको वा सुतिरहेको कुनै व्यक्तिलाई नाघेर जानु अशुभ मानिन्छ। के यो केवल एउटा परम्परा मात्र हो, वा यसको पछाडि कुनै विज्ञान छ? सद्‌गुरुले यसबारे जवाफ दिनुहुन्छ।

सद्‌गुरु: यो कुरा मानिसहरूमा मात्र होइन, सबै प्राणीहरूमा पनि लागू हुन्छ। भारतमा मानिसहरूले सुतिरहेको कुकुरलाई समेत नाघ्दैनन्।

जब तपाईंको जीवनको अनुभव भौतिकतामा मात्र सीमित हुन्छ, तब तपाईं मानवीय शरीरको सीमा उसको छाला हो भनेर सोच्नुहुन्छ। यदि तपाईंले जीवनको अनुभव गर्ने तरिकालाई थोरै विस्तार गर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि मानविय शरीरको सीमा छालाभन्दा पनि बाहिर सम्म जान्छ - कति टाढासम्म भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ। तपाईं जति धेरै आँखा बन्द गरेर बस्नुहुन्छ, तपाईं त्यति नै "मोटो" बन्नुहुन्छ - तपाईं ठूलो बन्नुहुन्छ तर बोसोको रूपमा होइन। तपाईं जति कम सोच्नुहुन्छ, तपाईंको उपस्थिति त्यति नै ठूलो बन्छ।

तपाईं जति धेरै आँखा बन्द गरेर बस्नुहुन्छ, तपाईं त्यति नै "मोटो" बन्नुहुन्छ - तपाईं ठूलो बन्नुहुन्छ तर बोसोको रूपमा होइन।

धेरैजसो मानिसहरूले तब मात्र आफ्नो भित्र केही मात्रामा शान्ति र सन्तुलनको अनुभव गर्छन् जब उनीहरू सुतिरहेका हुन्छन्। निद्रा नै उनीहरूले आफ्नो जीवनमा जानेको सबैभन्दा गहिरो अवस्था हुन्छ। यो जीवन जिउने एकदमै दुर्भाग्यपूर्ण तरिका हो। जब उनीहरू गहिरो निद्रामा हुन्छन्, उनीहरू उचित मात्रामा शान्त र सन्तुलित हुन्छन्। जब उनीहरू बिउँझिएका हुन्छन्, उनीहरू जताततै छरिएका हुन्छन्।

त्यसैले, जब उनीहरू सुत्छन् उनीहरूको थोरै विस्तार हुन्छ। विशेष गरी यदि तपाईं कुनै कडा सतहमा सुतिरहनुभएको छ भने, किनभने कडा सतहमा अभिव्यक्त हुने ठाउँ हुँदैन, स्वाभाविक रूपमा यो त्यहाँ जान्छ जहाँ खाली ठाउँ छ। तपाईंको ऊर्जा तपाईंको वरिपरि हुनुको सट्टा, यो तपाईंको लगभग ५०% देखि १००% माथि सम्म हुनेछ।

विस्तारित ऊर्जा शरीर

मानौं तपाईंको ऊर्जा शरीर तपाईंको छालाभन्दा एक फिट बाहिर छ र यदि तपाईं सुत्नुभयो भने, यो लगभग डेढ वा दुई फिट बाहिर जान सक्छ। स्वाभाविक रूपमा तपाईंले थाहै नपाई ऊर्जा शरीरको केही मात्रा विस्तार हुन्छ। त्यसबेला, मानिसहरूले तपाईंबाट बढी दूरी राख्दछन् - सम्मानको कारणले होइन तर त्यस क्षणमा हुने ऊर्जा शरीरको आकारको कारणले। यसलाई यसरी नै सम्हालिनुपर्छ - किनभने त्यस क्षणको लागि त्यो आवश्यक हुन्छ। यदि तपाईंमा निश्चित संवेदनशीलता छ भने, तपाईंले स्वाभाविक रूपमा यी कुराहरू थाहा पाउनुहुनेछ। तपाईं भन्न सक्नुहुन्छ यो कुनै विशेष वरदान हो - म यसलाई पूर्ण रूपमा अस्वीकार गर्दिनँ। तर एउटै समयमा, मानिसहरूमा यस्तो संवेदनशीलता मुख्यतया यसकारण छैन किनभने उनीहरूले कुनै पनि कुरामा ध्यान दिन सक्दैनन्। उनीहरूले ध्यान दिन सक्दैनन् किनभने उनीहरू आफ्नो वरिपरिको जीवनलाई बेवास्ता गर्छन्।

तपाईंको ऊर्जा शरीर तपाईंको छालाभन्दा एक फिट बाहिर छ। यदि तपाईं सुत्नुभयो भने, यो लगभग डेढ वा दुई फिट बाहिर विस्तार हुन सक्छ।

जब म पाँच-छ वर्षको बालक थिएँ, म घरमा बसेर केही कुराहरूलाई र कहिलेकाहीं केही पनि नभएको ठाउँमा बस् हेरेर बस्थे । धेरै पछि, मैले थाहा पाएँ कि योगमा एउटा मुद्रा रहेछ, जहाँ तपाईंले केही पनि नहेरी बस्नुपर्ने हुन्छ। तपाईंको लागि माथि भन्ने केही हुँदैन र तल भन्ने पनि केही हुँदैन। त्यहाँ केही भएपनि वा केहि नभएपनि, तपाईंको लागि उस्तै हुन्छ - तपाईं बस् हेरिरहनुभएको हुन्छ। अचानक, मेरी आमा त्यहाँ बीचबाट जानुहुन्थ्यो। सुरुमा, मैले उहाँलाई देख्थेँ, तर अर्को पटक जाँदा, उहाँ अलि धमिलो र केही ठूलो देखिनुहुन्थ्यो। जब उहाँ फेरि जानुहुन्थ्यो, उहाँ लगभग पारदर्शी र अझै ठूलो देखिनुहुन्थ्यो।

त्यसपछि मेरा बुबा आउनुहुन्थ्यो। म उहाँलाई बस् घुरेर हेर्थे। उहाँले मेरो आँखा अगाडि इशारा गर्नुहुन्थ्यो। स्पष्ट रूपमा, उहाँले भन्दै हुनुहुन्थ्यो, "किन पढिरहेको छैनस्?" वा यस्तै केही। मैले शब्दहरू सुन्दिनथे, म बस् हेरिरहन्थे र सबै किसिमका कुराहरू देख्थे। मैले देखेका रूपहरूको आधारमा, उहाँले के भन्दै हुनुहुन्थ्यो भन्ने कुरा मलाई थाहा हुन्थ्यो। मैले जसरी हेरिरहेको थिए त्यसकारण उहाँ चिन्तित हुनुहुन्थ्यो कि यो केटाले आफ्नो दिमाग गुमाउँदैछ। यदि तपाईंले पर्याप्त ध्यान दिनुभयो भने, तपाईंले यो आफैं अनुभव गर्नुहुनेछ।

तपाईंको वरिपरि के छ?

योग अनुशारको शरीर विज्ञानमा, तपाईंको अस्तित्वका तीन भौतिक आयामहरू छन् - भौतिक शरीर, मानसिक शरीर, र ऊर्जा शरीर - अन्नमय कोश, मनोमय कोश र प्राणमय कोश। भौतिक शरीर भौतिक सामग्रीले बनेको हुन्छ जसलाई खानाको रूपमा ग्रहबाट लिइएको हुन्छ। मानसिक शरीर पनि तपाईंको वरिपरिको संसारबाट बनेको हुन्छ, तर यो सामग्री धेरै सूक्ष्म छ। हामी मानसिक शरीरलाई सूचना, प्रतिध्वनि, आवाज, र छापहरूले बनाउँछौं।

ति मानिसहरू जो जागरुक छन्, उनीहरू अरूको कर्ममाथि ठक्कर खान वा हिंड्न चाहँदैनन्। कसैलाई नाघेर जाँदा, तपाईं उनीहरूको कर्ममा हिँडिरहनुभएको जस्तो हुन्छ।

भौतिक शरीर भौतिक पदार्थबाट बनेको हुनाले, यसले एक उचित आकार लिन्छ। अधिकांश मानिसहरूको मानसिक शरीरको स्पष्ट आकार हुँदैन। उनीहरूले जम्मा गरेको कुरा के-के छ, त्यसको बारेमा उनीहरूलाई थाहा पनि हुँदैन। अधिकांश मानिसहरुलागि, सामग्रीको १% पनि सचेत हुँदैन। ९९% अन्जानमा जम्मा भएकोले, मानसिक संरचना छरप्रस्ट हुन्छ। यो एकदमै अस्तव्यस्त हुन्छ। यदि तपाईंले आफ्नो मानसिक रूपलाई सचेत संरचना बनाउन सक्नुभयो भने र तपाईं स्थिति अनुसार संरचना परिवर्तन गर्न सक्नुभयो भने, तपाईंको मन एक अद्भुत उपकरण बन्नेछ।

तपाईंको ऊर्जा शरीरले पनि जानकारी बोक्दछ। यसले लिने आकार तपाईंभित्र कस्तो प्रकारको जानकारी छ भन्ने कुरामा निर्भर गर्दछ। भौतिक शरीरको स्तरमा रहेको जानकारीलाई जेनेटिक्स भनिन्छ। त्यसैगरी, मानसिक संरचनामा पनि जानकारी छ र ऊर्जा संरचनामा पनि जानकारी छ।

ती मानिसहरू जो जागरुक छन् उनीहरू तपाईंको मानसिक र उर्जा शरीरमाथि ठक्कर खान वा हिंड्न चाहँदैनन्। हामीलाई थाहा छैन कसले कस्तो किसिमको कर्म बोकेको छ, तर जब उनीहरू निदाइरहेका हुन्छन् वा निदाउन लागेका हुन्छन्, कार्मिक संरचनाको अचेतन खेल सबैभन्दा उच्चतम अवस्थामा हुन्छ। किनभने तपाईंले कुनै चेतन गतिविधि गर्नुभएको हुँदैन त्यसैले अचेतन गतिविधि पूर्ण मात्रामा हुन्छ। चेतनशील मानिसहरू अरूको कर्ममा ठक्कर खान वा हिंड्न चाहँदैनन्। कसैलाई नाघेर जाँदा, तपाईं उनीहरूको कर्ममा हिँडिरहनुभएको जस्तो हुन्छ।

आफ्नो “कुराहरु” सम्हाल्ने

आफ्नै कुराहरु सम्हाल्न चुनौतिपूर्ण भएको बेला अरुको कुराहरु नउठाउनु नै बुद्धिमानी हुन्छ। यसैकारण एकपटक तपाईं आध्यात्मिक साधनामा भएपछि, एक ब्रह्मचारीको रूपमा, तपाईंले कसैलाई अंगालो हाल्नुहुन्न - नमस्कार गर्नु पर्याप्त हुन्छ। हामी तपाईंको कर्ममा ठक्कर खान चाहँदैनौं। राम्रो होस् वा नराम्रो, हामी तपाईंबाट यसलाई लिन चाहँदैनौं। जब तपाईंको गुरुले तपाईंको विशेष कर्मको लागि एउटा रणनीति विकसित गर्नुभएको हुन्छ, तब तपाईंले यसलाई सबै किसिमका मानिसहरूसँग मिसाउनु हुँदैन। नत्र, यो अनावश्यक रूपमा जटिल बन्छ।

कसैलाई नागेर नहिँड्नुहोस्, उनीहरूको छेउबाट जानुहोस्। यो एक सम्मानको पनि प्रतीक हो।

यदि तपाईंले सबैतिरबाट धेरै कुरा लिनुभयो भने, कार्मिक प्रक्रिया धेरै जटिल बन्छ। यदि तपाईंले यसलाई सधैं अरूको कर्मसँग मिसाउँदै हुनुहुन्छ भने, तपाईंको कर्मको लागि विकसित गरिएको रणनीतिले काम गर्दैन। गम्भीर साधनामा रहेका व्यक्तिहरू एक्लै गुफामा वा यस्तै ठाउँमा जानुको कारण भनेको पनि यही नै हो, उनीहरू कुराहरूलाई जटिल बनाउन चाहँदैनन्। उनीहरूले आफ्नो कर्मको जटिलता बुझेका छन् र यसलाई अझै जटिल बनाउन चाहँदैनन्।

त्यसैले तपाईंले कसैलाई नाग्नु हुँदैन। तपाईं उनीहरूको वरिपरि जान सक्नुहुन्छ। यो एक सम्मानको पनि प्रतिक हो। र यसबाहेक, यदि तपाईंले उनीहरूलाई नाग्नुभयो भने यसले त्यो व्यक्तिलाई असर गर्छ। यदि तपाईंले उनीहरूको ऊर्जा शरीरमा बाधा पुर्‍याउनुभयो भने, उनीहरू तुरुन्तै न ब्युँझिएलान्, तर भित्री रूपमा यसले उनीहरूलाई असर गर्छ।

यो सबैकुरा जीवनको बारेमा रहेको मौलिक बुझाइबाट आएको छ। यसले फरक पार्दैन तपाईं के गर्दै हुनुहुन्छ - व्यापार गर्दै हुनुहुन्छ कि विवाहित हुनुहुन्छ कि बच्चा जन्माउँदै र हुर्काउँदै हुनुहुन्छ कि युद्ध लड्दै हुनुहुन्छ - यो भूमिमा जन्मिएका जोकोहीको लागि एउटै मात्र लक्ष्य थियो - परम मुक्ति। मुक्ति नै एक मात्र लक्ष्य थियो। सम्पूर्ण संस्कृति यसैको वरिपरि बनेको थियो। तपाईं अरुको कर्ममा ठक्कर नलाग्नुहोस् भनेर धेरै रणनीतिहरू विकास गरिएको थिए। तपाईं थप नयाँ कुरालाई लिन चाहनुहुन्न किनभने पहिलेदेखि भएको कुराको जटिलता बारे तपाईंलाई थाहा छ। यदि तपाईंले आफ्नै रहस्य सुल्झाउन सक्नुभयो भने त्यो नै पर्याप्त छ। तपाईं यसलाई झन् जटिल बनाउन चाहनुहुन्न।

Editor's Note: Sadhguru looks at the past, present and future of this nation, and explores why this culture matters to every human being on the planet. With images, graphics and Sadhguru’s inspiring words, here’s Bharat as you have never known it!

Bha-ra-ta: The Rhythm of a Nation

A version of this article was originally published in Isha Forest Flower April 2015. Download as PDF on a “name your price, no minimum” basis or subscribe to the print version.