सपनाहरु र कर्म - भाग १
पहिलो भागमा, सद्गुरुले सपनाको स्वभाव र यो कसरी कर्मको विगठनसँग सम्बन्धित छ भन्ने कुरा बारे चर्चा गर्नु भएको छ।

पहिलो भागमा, सद्गुरुले सपनाको स्वभाव र यो कसरी कर्मको विगठनसँग सम्बन्धित छ भन्ने कुरा बारे चर्चा गर्नु भएको छ।
सद्गुरु: जब कुनै व्यक्तिले सपना देख्छ, यसलाई कल्पना भनिन्छ। जब धेरै मानिसहरूले सपना देख्छन्, यो समाजमा परिणत हुन्छ। जब ब्रह्माण्डले सपना देख्छ, यसलाई सामान्यतया यथार्थको रूपमा चिनिन्छ। सपना एक प्रकारको यथार्थ हो र यथार्थ एक प्रकारको सपना हो। सपनाको सबैभन्दा राम्रो कुरा भनेको, जब तपाईं जाग्नुहुन्छ त्यो समाप्त हुन्छ। तथाकथित यथार्थसँग पनि यस्तै हुन्छ - जब तपाईं जाग्नुहुन्छ, यो समाप्त हुन्छ। जब तपाईं सुतिरहनुभएको हुन्छ, त्यसबेला, यदि तपाईंको शरीरका मापदण्डहरूलाई चिकित्सा विज्ञानको दृष्टिकोणबाट हेरियो भने तपाईंको शरीर केही तल्लो अवस्थामा हुन्छ - नत्र तपाईं ध्यान पनि गरिरहनुभएको हुन सक्छ। त्यसैले निद्रा, जागृत अवस्थाको अलि बढी आरामदायक अवस्था हो वा तपाईंको जागृत अवस्था निद्राको अलि अशान्त अवस्था हो।
के यो सबै कुनै खास किसिमको शब्दहरूको खेल हो, कुनै प्रकारको मनोरञ्जन हो ? "के निद्रा र जागृत अवस्था एउटै हो, सपना र वास्तविकता एउटै हो?" होइन, यस्तो होइन, यो कुनै शब्दहरूको खेल होइन। तपाईं वास्तविकतालाई त्यसैगरी नै जान्नुहुन्छ जसरी तपाईंका इन्द्रियहरूले तपाईंलाई बुझाउँछन्। तपाईं त्यसलाई त्यस रूपमा जान्नुहुन्न जस्तो त्यो छ। तपाईंले वास्तविकता भन्ने कुरा, तपाईंको मनको बुझाइ हो। तपाईंले सपना भन्ने कुरा पनि तपाईंको मनको बुझाइ हो। तपाईंको मनमा जे जे हुन्छ, त्यो फरक किसिमको बुझाइ हो। हामी यसलाई मनोवैज्ञानिक वास्तविकता भन्न सक्छौं। धेरैजसो मानिसहरूका सपनाहरू तिनीहरूको विचार प्रक्रियाभन्दा बढी शक्तिशाली हुन्छ। दुर्भाग्यवश, तिनीहरूले आफ्ना धेरैजसो सपनाहरू सम्झिँदैनन्।
कर्मको बन्धनहरूलाई खोल्ने
जीवनको प्रक्रियालाई यसरी बुझ्न सकिन्छ कि पहिले जे गरिसकिएको छ, यो त्यसैको खोल्ने प्रक्रिया हो। हामी जब भन्छौं, "तपाईंको जीवन जस्तो छ, त्यो तपाईंका कर्महरूको कारणले हो", त्यसको मतलब केवल यो हो कि तपाईंको जीवन ती कुराहरूलाई खोल्ने हो, जुन पहिले गरिसकिएको छ। तर, तपाईंको जीवनका परिस्थितिहरू तपाईंका कर्महरूसँग धेरै राम्रोसँग नमिल्न पनि सक्छ। यदि, तपाईंले आँखा खुला राखेर सपना देख्ने कोशिश गर्नुहुन्छ र त्यो सपना देख्नका लागि तपाईं संसारको सहयोग चाहनुहुन्छ भने तपाईंको जीवनमा यो एक निराशाजनक स्थिति हुनेछ किनकि यो संसारले तपाईंको सपनासँग कुनै सहयोग गर्नेछैन। संसारसँग उनीहरूका आफ्नै सपनाहरू छन्। आफ्नो सपनामा, तपाईं जसरी खोल्न चाहनुहुन्छ, त्यसका लागि एक सहयोगी वातावरण तयार गर्न सक्नुहुन्छ। यदि तपाईंको जीवन, जागरूकता बिना नै, खुल्नेभन्दा पर गएको छ र यो एक जागरूक, चेतन प्रक्रिया बनेको छ, तब मात्र जागृत अवस्था बढी अर्थपूर्ण छ। तर, यदि तपाईंको जीवन ती कुराहरूको खुल्नेमा मात्रमा सीमित छ जुन पहिले नै गरिसकिएको छ, त्यसो भए निश्चय नै, सपनामा त्यसलाई गर्नु एक राम्रो अवस्था हो।
योगिक संस्कृतिमा, शिव, महादेवको वर्णन कि त पूर्ण रूपमा निद्रामा वा पूर्ण रूपमा जागृत अवस्थामा भएको रूपमा गरिन्छ। यो अवस्था पूर्ण रूपमा जागरूक जीवको मात्र हुन सक्छ - कि त तिनीहरू छैनन् वा तिनीहरू मात्र छन्। तिनीहरूका लागि कुनै बीचको वास्तविकता हुँदैन किनकि यदि खुल्नका लागि केही छैन भने केवल पूर्ण स्थिरता र जागृति मात्र हुनेछ। कुनै सपनाको अवस्था हुनेछैन। म जब सपनाको कुरा गर्छु, म केवल ती दृश्यहरूको कुरा गरिरहेको छैन जुन तपाईंको निद्राको अवस्थामा हुन्छन्। कुरा यो हो कि तपाईंका आँखाहरू खुला छन् भने पनि तपाईं सपनाको अवस्थामा हुनुहुन्छ। अहिले, तपाईंले जसरी सृष्टिको अनुभव गरिरहनुभएको छ, त्यो त पूर्ण रूपमा सपना जस्तै नै हो। यो, जस्तो देखिन्छ, त्यस्तो छैन।
सपनाको शक्ति र यसको कमजोरी एकै साथ उपस्थित छन्। जो सपनामा हराएको छ, त्यसका लागि यो एक शक्तिशाली कुरा हो। जसले यसलाई अलि टाढाबाट हेरिरहेको छ, त्यसका लागि यो एक कमजोर कुरा हो। यो केवल यस कुरामा निर्भर छ कि तपाईंले सपनाको तुलनामा आफूलाई कुन ठाउँमा राख्नुभएको छ?
त्यसो भए के तपाईं सपनामा नयाँ कर्मबन्धनहरू जम्मा गर्न सक्नुहुन्छ? तपाईंले गरिरहनुभएको गतिविधिबाट कर्मबन्धन जम्मा हुँदैन। यो त तपाईंको गतिविधिको पछाडिको इच्छाशक्ति वा त्यसको मनसायबाट हुन्छ। के कुनै सपनामा तपाईंको कुनै मनसाय हुन सक्छ? के तपाईं यो तय गर्न सक्नुहुन्छ, "आज म यस्तो किसिमको सपना देख्नेछु"! होइन! सपनामा कुनै मनसाय हुँदैन। त्यसैले, सपना केवल खोल्ने एक प्रक्रिया हो। दिनभरमा पनि, धेरैजसो, तपाईंले जे गरिरहनुभएको छ, त्यो केवल, पहिले गरिसकिएका कुराहरूको खोल्ने प्रक्रिया मात्र हो। तपाईंको रिस, तपाईंको महत्वाकांक्षा, तपाईंको चिडचिडापन, तपाईंको प्रेम, तपाईंको करुणा, तपाईंको घृणा, यी सबै, धेरैजसो, तपाईंका कर्महरूको खोल्ने प्रक्रिया मात्र हुन्, तपाईंको कार्य होइन। तपाईंले यसलाई तब मात्र बुझ्न सक्नुहुनेछ, जब तपाईं यसलाई रोक्ने कोशिश गर्नुहुनेछ। मानौं, हिजो तपाईं कसैमाथि धेरै रिसाउनुभयो र आज तपाईंले पक्का गर्नुभयो, "म यो व्यक्तिमाथि अब रिसाउन चाहन्न"। तर, जब तपाईं उससँग भेट्नुहुनेछ त्यसबेला तपाईंले देख्नुहुनेछ कि तपाईं फेरि उसमाथि रिसाउनुहुनेछ। स्पष्ट छ कि यो तपाईंले गरिरहनुभएको होइन। धेरैजसो, तपाईं ती कुराहरूलाई उल्टो तरिकाले गरिरहनुभएको छ जुन पहिले नै गरिसकिएको छ। तपाईंले यो कुरा तब मात्र बुझ्न सक्नुहुनेछ जब तपाईं आफूलाई बदल्ने कोशिश गर्नुहुनेछ। कर्महरूको प्रक्रियाको यसरी खुल्नु यति वास्तविक लाग्छ जस्तो कि तपाईं आफैले यसलाई गरिरहनुभएको होस्। जब हामी कर्मको कुरा गर्छौं त्यसको मतलब यो हो कि यो तपाईंको नै सिर्जना हो। जब कसैलाई यस्तो लाग्छ कि उसले जे गरिरहेको छ, त्यो उसले आफ्नो मर्जीले गरिरहेको छ त्यसो भने त्यो मूल रूपमा अज्ञानताको अवस्थामा छ।
आफूमा कुनै रुचि नहुनु
एक श्लोक छ जसले भन्छ, "हे महादेव, यो सबै तपाईं नै हुनुहुन्छ, तपाईं नै हुनुहुन्छ। मैले गरिरहेको दुष्टता, त्यो मेरो मनको काम हो। जुन काम म गरिरहेको छु, त्यो मेरो शरीरले गरिरहेको छ - म कहाँ छु? म त छुनै, यो सबै तपाईंको हो"। यदि कुनै सच्चा भक्तले यसो भनिरहेको छ भने यो आत्मज्ञानको धेरै सुन्दर अवस्था हो, तर यदि तपाईंको मनले यो भनिरहेको छ भने यो धेरै खराब स्तरको चालाखी हो। धेरैजसो मानिसहरूले यो सिकेका छन् कि जहिले पनि केही यस्तो हुन्छ जुन उनीहरूलाई मन पर्दैन, त्यसबेला उनीहरूले त्यसको जिम्मेवारी कसै अर्कोमाथि हाल्छन्। तर, जब तपाईं आफूलाई मनपर्ने र मननपर्ने दुवै कुरा अरुलाई दिन तयार हुनुहुन्छ, तपाईंको सफलता र असफलता, दुवै, त्यसो भए यो ठीक छ। यदि, आफ्नो खुसियाली र दुःख, दुवै नै, तपाईं कसैलाई दिइरहनुभएको छ भने, यो ठीक छ। यदि तपाईं केवल आफ्नो दुःख दिन चाहनुहुन्छ, आफ्नो सुख दिन चाहनुहुन्न भने तपाईं कसैसँग एक खराब सौदा गर्ने कोशिश गरिरहनुभएको छ। कुनै मूर्खले मात्र तपाईंको यस्तो सौदा स्वीकार गर्न मन पराउनेछ।
मन्दबुद्धि व्यक्ति पनि सबैभन्दा स्पष्ट हुन्छ यदि कुरा उसको फाइदाको बारेमा आउँछ भने। केवल जब, मानिस बढी भन्दा बढी बुद्धिमान् हुँदै जान्छ त्यसबेला मात्र उनीहरूले आफ्ना हितको बारेमा कम चिन्ता गर्छ। व्यक्ति जति बढी मन्दबुद्धि हुन्छ, उसले त्यति बढी आफ्नो फाइदाको चिन्ता गर्छ, बढी सोच्छ। के तपाईंले यस कुरामा ध्यान दिनुभएको छ? केवल आफू स्वयम्मा मात्र रुचि लिनु, आफ्नो फाइदाको बारेमा मात्र सोच्नु एक मूर्खतापूर्ण कुरा हो। कुनै व्यक्तिको व्यक्तिगत स्तरमा, र सारा मानवताका लागि पनि, यो एक पीडादायी नोक्सान हो। जब उसले ब्रह्माण्डको भव्यतामा बढी रुचि लिनुपर्ने थियो, त्यसबेला उसले केवल एक सानो व्यक्ति(आफू)मा रुचि लिइरहेको छ, जसको कुनै मूल्य छैन। जब बुद्धिमत्ताको सीमा बढ्छ र उसले विभिन्न कुराहरू देख्न थाल्छ, त्यसबेला मात्र मानिसले आफ्नो हितको बारेमा सोच्दैन। यदि कसैको बुद्धिमत्ता सही तरिकामा फुल्छ भने उसलाई आफूमा कुनै रुचि हुँदैन, उसले आफ्नो फाइदाको सोच्दैन।
Editor’s Note: Get the latest updates from the Isha Blog. Twitter, facebook, rss or browser extensions, take your pick.


