शिव भनेर चिनिने अस्तित्वको महत्वको बारेमा र मानवजातिलाई उनले दिएको योगदान कति विशेष छ भन्ने बारेमा सद्‌गुरुले चर्चा गर्नुहुन्छ।

प्रश्न: सद्‌गुरु, तपाईंले शिवलाई धेरै महत्व दिनुहुन्छ। किन तपाईं अरु गुरुहरुको बारेमा, त्यति धेरै कुरा गर्नुहुन्न? जस्तै उदहारणको लागि जेन मास्टरहरुको बारेमा।

सद्‌गुरु: किनभने मेरो लागि कोही पनि त्यतिको क्रेजी छैन। हामी शिव र अरु कसैको दाँजो गर्ने कुरा गरिरहेका छैनौं। जसलाई तपाईं शिव भन्नुहुन्छ, त्यसमा सबैकुरा समावेश छ। त्यहाँ निकै धेरै अद्‌भुत मानिसहरू आएका छन् जसले मानवजातिको लागि ठूलो सेवा गरे। तर बोधको हिसाबमा, उनी जस्तो अर्को कुनै व्यक्ति आएको छैन।

Zen Master Gutei

त, तपाईं जेनको बारेमा कुरा गर्दै हुनुहुन्छ। स्वयं शिव भन्दा ठूलो जेन मास्टर अरु को होला र? के तपाईंले जेन मास्टर गुटेईको बारेमा सुन्नुभएको छ? जब गुटेई “जेन” को बारेमा कुरा गर्थे, उनले सधैं आफ्नो औंला उठाउँदै, "सबै एक हो" भनेर देखाउन खोज्थे। यी जेन मठहरूमा साना बालकहरू चार-पाँच वर्षकै उमेरमा भिक्षु बन्थे। यस्तै एउटा सानो बालक जो मठमा हुर्किरहेको थियो, उसले गुटेईको देखासिकी गर्न थाल्यो र कसैले केही भन्नु अघि जहिले पनि आफ्नो चोरी औंला उठाउन थाल्यो। गुटेईले यो देखे तर त्यो केटो सोह्र वर्षको नभइन्जेल सम्म पर्खिए। त्यसपछि एक दिन, गुटेईले त्यस केटोलाई बोलाए र आफ्नो औंला उठाए। केटोले पनि आफ्नो बानीको कारण औंलालाई उठायो। गुटेईले चक्कु निकाले र केटोको औंला काटिदिए, र उनीहरू भन्छन् कि त्यसपछि केटोले आत्मज्ञान प्राप्त गर्यो। उसले एक्कासि बुझ्यो कि यो एकको बारेमा होइन, यो शून्यको बारेमा हो।

शिव धेरै अघि नै यो भन्दा पर पुगिसकेका थिए। एक दिन, लामो अनुपस्थिति पछि, उनी घर फर्के। उनले आफ्नो छोरोलाई देखेका थिएनन् जो अहिले दस-एघार वर्षको भइसकेको थियो। जब उनी आए, यो बालक, जसले सानो त्रिशूल बोकेको थियो, उसले शिवलाई रोक्न खोज्यो। शिवले उसको त्रिशूल होइन, टाउको नै उडाइदिए। पार्वती यो कुरामा एकदमै दुखी भइन्। त्यसैले यो समस्या समाधान गर्न, शिवले एउटा गणको टाउको त्यस बालकको शरीरमा जोडिदिए, जो त्यसपछि एकदमै बुद्धिमान बने। आजसम्म पनि भारतमा, मानिसहरूले शिक्षा वा अरु कुनै पनि काम सुरु गर्नु अघि, पहिले यही बालकको पूजा गर्छन्। अहिले मानिसहरूले केही परिवर्तन गरेका छन् र गणको टाउको, गजको टाउको बनेको छ, तर उनी बुद्धि र प्रतिभाको मूर्त रूप बने। उनीहरू भन्थे कि त्यस्तो कुनै कुरा थिएन जुन उनलाई थाहा थिएन।

शिवको जीवनमा यस संसारको कुनै पनि कुरा छुटेको छैन। उनी यति जटिल र यति पूर्ण छन्।

यो पहिलो जेन कार्य थियो। शिवको जीवनमा यस संसारको कुनै पनि कुरा छुटेको छैन। उनी यति जटिल र यति पूर्ण छन्। उनले कुनै शिक्षा दिएनन्, उनीसँग केवल विधिहरू थिए, र यी विधिहरू सत प्रतिशत वैज्ञानिक प्रकृतिका छन्। उनले मानवले आत्मज्ञान प्राप्त गर्न सक्ने एक सय बाह्र तरिकाहरू दिए किनभने मानव प्रणालीमा एक सय चौध चक्रहरू छन्, तर तीमध्ये दुईवटा भौतिक शरीर भन्दा बाहिर छन्, त्यसैले उनले भने, "त्यो क्षेत्र केवल तिनीहरूको लागि हो जो पर छन्। मानिसहरूको लागि एक सय बाह्र तरिकाहरू मात्र छन्।" र उनले स्पष्ट विधिहरू दिए कि कसरी तपाईं त्यस एक सय बाह्र आयामहरूको उपयोग गर्न सक्नुहुन्छ। तिनीहरू प्रत्येकको माध्यमबाट, तपाईं बोध प्राप्त गर्न सक्नुहुन्छ।

शिवले जे कुरा गरिरहेका थिए त्यो जीवनको मेकानिक्स हो, कुनै दर्शन होइन, कुनै शिक्षा होइन, कुनै सामाजिक कुरा होइन - केवल विज्ञान। यस विज्ञानबाट, व्यक्तिगत गुरुहरूले प्रविधि बनाउँछन्। उनले यसको विज्ञान दिए। आज तपाईंले आनन्द लिइरहनुभएको प्रविधिहरू, चाहे त्यो स्मार्टफोनको रूपमा होस् वा कम्प्युटर वा अन्य कुनै उपकरणको रूपमा, त्यसको पछाडि एउटा विज्ञान छ। त्यो विज्ञान तपाईंको लागि सान्दर्भिक छैन। तपाईं केवल प्रविधि प्रयोग गर्दै हुनुहुन्छ। तर यदि कसैले विज्ञानलाई बुझेको थिएन भने, तपाईंसँग प्रविधि हुने थिएन।

तसर्थ, शिवले दिएको कुरा केवल शुद्ध विज्ञान हो। उनले प्रविधिको निर्माण गर्ने जिम्मा सप्तऋषिहरूलाई छोडिदिए ताकि त्यो समयमा उनीहरूको सामु रहेका मानिसहरूलाई त्यो उपयुक्त होस्। प्रविधि त बनाउन सकिन्छ। हाम्रो आवश्यकताको आधारमा हामी विशेष उपकरणहरू (gadgets) उत्पादन गर्छौँ, तर आधारभूत विज्ञान एउटै रहन्छ। आज सान्दर्भिक रहेका उपकरणहरू भोलि असान्दर्भिक हुन सक्छन्। धेरै उपकरणहरू जसलाई हामीले कुनै समय धेरै बहुमूल्य ठानेका थियौँ, नयाँ उपकरणहरू आएकोले अब तिनीहरूको महत्व रहेन - तर विज्ञान भने उही हो।

त्यसैले आदियोगीको माध्यमबाट, हामी आधारभूत विज्ञानलाई हेर्दैछौँ। यस्तो समयमा, जब विभिन्न कारणहरूले गर्दा मानवता अहिले जस्तो अवस्थामा छ, यो धेरै महत्त्वपूर्ण छ कि यो मूल विज्ञानलाई सुदृढ गरियोस्।

Editor's Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw, along with Vairagya, an album of sacred chants (also available as an Android App). They're free!

Download Now

Image courtesy: Gutei from Wikipedia.
Thanks to ArtLab for the Shiva illustration.