Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
जीवन परिस्थितिहरूले तनाव सृजना गर्ने होइन । तपाईंले आफू स्वयंलाई कसरी सञ्चालन गर्ने भन्ने नजानेर त्यसो भएको हो ।
जब तपाईंभित्रको जीवनको स्रोत नै तपाईंको सर्वोच्च पक्ष बन्छ, तपाईं वरिपरिका विचार र धारणाहरूले कुनै अर्थ राख्दैनन् ।
जसले आफूभित्रको स्थिरतालाई स्पर्श गरेको छैन, ऊ बाहिरी गतिविधिमा हराउनेछ ।
Believers and disbelievers are in the same boat. One believes positively, the other negatively. Both are unwilling to admit that they do not know.
तपाईंका विचार र भावनाहरू तपाईंका आफ्नै भूतहरू हुन् । तपाईं तिनलाई बनाउनुहुन्छ, अनि तिनै भूतहरू नियन्त्रणबाट बाहिर गएर तपाईंलाई नै सताउन थाल्छन् । यो खत्तम तरिकाले निर्देशित त्रासदीपूर्ण फिल्म हो ।
ज्ञान प्राप्त गर्न सकिन्छ । जान्नु भनेको बोध हुनु हो । विवेक चाहिँ तपाईंले आर्जन गर्नुपर्छ, र यसका लागि पूरै जीवन लाग्छ ।
तपाईंका विचारहरू पूराना जानकारीहरूको परिष्कृत रूप मात्र हो । साँच्चिकै नयाँ भन्ने त्यस्तो कहिल्यै केही हुँदैन ।
आफ्नो काम महत्त्वपूर्ण छ भन्ठान्नुहुन्छ भने, तपाईंले आफूमाथि काम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।
स्वतन्त्रता अर्थात् आफ्नो जीवनलाई दिशा दिने सामर्थ्य हुने, अरू केहीबाट पनि निर्देशित नहुने ।
तपाईंको जीवन तब सुन्दर बन्छ, जब तपाईं यसलाई पूर्ण रूपमा अर्पण गर्नुहुन्छ, अनि केही आओस् वा नआओस्, त्यसको चासो राख्नुहुन्न । जीवनको आनन्द आफूलाई अभिव्यक्त गर्नुमा छ, रोईकराई गरी माग्नुमा होइन ।
कठिनाई हामीले सामना गर्ने परिस्थिति हो । पीडा हामीले सृजना गर्ने मानसिक अवस्था हो ।
ती सबैथोक जे मलाई थाहा छ, जे मेरा गुरुलाई थाहा थियो, जे समग्र आध्यात्मिक परम्परालाई ज्ञात थियो, त्यो ऊर्जाको स्वरूपमा ध्यानलिङ्गमा अनुप्राणित छ । म त फगत परिणाम हुँ ।