Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
जीवन यसको उद्देश्यमा निहित हुँदैन । जीवन यसको प्रक्रियामा निहित हुन्छ— अर्थात् तपाईंले यतिखेर यसलाई आफूभित्र कसरी अनुभव गर्नुहुन्छ भन्नेमा ।
तपाईंका सपनाहरू सत्य नभइदिऊन्, तपाईंका आशाहरू पूरा नहोऊन् । किनभने ती सबै तपाईंले जानेका कुरामै आधारित हुन्छन् । यस्ता सम्भावनाहरूको खोज गर्नुस्, जुनसम्म कहिल्यै पुगिएको छैन ।
आजबाट आफूलाई नलतार्नुस् । तपाईंले जेसुकै गरिरहेको भए पनि, जेसुकै भइरहेको भए पनि, जीवनको यात्रामा आफ्नै तरिकाले मग्न रहनुस् ।
मकर सङ्क्रान्ति, हाम्रो जीवन निर्माण गर्ने माटो, जनावर, हावा, पानी र मानिसहरूप्रतिको उत्सव हो । उल्लासले मनाउनुस् ।
जब नयाँ परिस्थितिहरू आउँछन्— भलै तपाईंलाई मन नपर्ने नै भए पनि— तिनलाई अँगाल्नुस् । तपाईंमा जति कम प्रतिरोध हुन्छ, तपाईं त्यति बढी स्फूर्त र प्रभावकारी बन्नुहुन्छ ।
तपाईं आनन्दित हुँदा, तपाईं कसैसँग लड्नुहुन्न, अनि तपाईंले सबैभन्दा सानदार चीजहरू गर्नुहुन्छ ।
प्रेमले तपाईंलाई विवेक दिँदैन । यसले तपाईंलाई सही मनसाय दिने मात्र हो ।
अघिल्लो वर्षको बोझलाई बिसाएर, स्वच्छ र सजीव हुने समय भएको छ ।
परिपूर्णता तपाईंका लुगा, घर वा गाडीसँग सम्बन्धित हुँदैन । सही अर्थमा परिपूर्ण हुनु भनेको तपाईं कति खुसी, मायालु र आनन्दित हुनुहुन्छ भन्ने हो ।
शरीरको लागि श्वास र मुटुको धड्कन अपरिहार्य हुन्छन् । मनुष्य आत्माको लागि ध्यानको अवस्थामा हुनु अपरिहार्य हुन्छ ।
योग अर्थात् एकत्व । योग भनेको सर्वोच्च रूपमा सशक्त हुनु हो । यदि तपाईं हरेक चीजसँग एकत्वमा हुनुहुन्छ भने, त्यसले विशाल रूपमा सशक्त बनाउँछ ।
एकाग्र, सामर्थ्यवान र प्रेरित युवाहरू निर्माण गर्ने हो भने, भारत विश्वले अहिलेसम्म नदेखेको सर्वश्रेष्ठ चमत्कार बन्नेछ ।