सिंह क्रिया सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू
६ वर्ष
७० वर्ष
६ वर्षभन्दा मुनि र ७० वर्षभन्दा माथिका व्यक्तिहरूले पनि यो अभ्यास गर्न सक्नुहुन्छ, तर उहाँहरूले श्वासको प्रक्रिया १२ पटक मात्र गर्नुपर्छ (२१ पटक होइन) ।
जो–कसैले यो अभ्यास गर्न सक्नुहुन्छ । गर्भवती महिला, महिलाहरू महिनावारी भएको बेला अनि कसैलाई कुनै दीर्घ रोग छ वा अन्य मेडिकल अवस्थाहरूमा (जस्तै कि दम, माइग्रेन, मधुमेह, उच्च रक्तचाप, मुटु रोग, फोक्सो सम्बन्धी समस्याहरू, मोतिबिन्दु, हर्निया आदि ) मा समेत यो अभ्यास गर्न सकिन्छ ।
मस्तिष्कमा रक्तस्राव भएको छ वा ट्युमर छ भने पनि, उहाँहरूले यो अभ्यास गर्न सक्नुहुन्छ, तर उहाँहरूले श्वासको प्रक्रिया १२ पटक मात्र गर्नुपर्छ (२१ पटक होइन) ।
मुख्य / गम्भीर शल्यक्रियापछि ६ महिना पर्खिनुपर्छ ।
सामान्य शल्यक्रियापछि ६ हप्ता पर्खिनुपर्छ ।
भुइँमा बसेर अभ्यास गर्नु उत्तम हुनेछ । तपाईं चकटी वा अरू सहारा लिएर बस्न सक्नुहुन्छ, ताकि तपाईं सजिलोसँग बस्न सक्नुहोस् । यद्यपि, यति गर्दा पनि तपाईंलाई भुइँमा बस्न एकदमै अप्ठ्यारो भइरहेको छ भने, तपाईं कुर्सीमा बस्न सक्नुहुन्छ । खुट्टाको गोली गाँठोमा बायाँ खुट्टामाथि दायाँ खुट्टा राख्नुहोस् अनि अभ्यास गर्नुहोस् । यद्यपि, यसरी बसेर अभ्यास गर्ने उत्तम तरिका भने होइन; तपाईंले भुइँमा बसेर अभ्यास गर्नुभयो भने, अभ्यास एकदमै प्रभावकारी हुनेछ ।
खाना खानेबित्तिकै अभ्यास नगर्नुहोस् । खाना खाएपछि कम्तीमा पनि २.५ घण्टापछि अभ्यास गर्न सक्नुहुन्छ ।
हुन्छ । कोठाको सामान्य तापक्रममा रहेको खानेकुरा खान सक्नुहुन्छ । फ्रीजमा राखिएको खानेकुरा खानको लागि १०–१५ मिनेट पर्खिनुहोस् ।
हुँदैन । यो क्रिया अत्यन्तै सूक्ष्म विज्ञान हो । अहिलेको चुनौतीपूर्ण समयमा तपाईंलाई एकदमै गूढ प्रक्रिया प्रदान गरिएको छ । यदि उचित तरिकाले गरिने हो भने, योग–अभ्यासहरूले तपाईंको जीवनलाई रूपान्तरण गर्ने सामर्थ्य राख्छन् । तसर्थ, साधारणतया यसलाई सही ढङ्गले सञ्चार गर्नको लागि वर्षौँ–वर्षको प्रशिक्षण आवश्यक हुन्छ । यदि तपाईं यो क्रिया अरूसम्म पुऱ्याउन चाहनुहुन्छ भने, सिंह क्रिया भिडियो सेयर गर्न सक्नुहुन्छ ।
अभ्यासपछि मनतातो पानीले नुहाउन १५–२० मिनेट अनि चिसो पानीले नुहाउन २५–३० मिनेट पर्खिनुपर्छ ।
भिडियोमा निर्देशन दिएअनुसार दिनमा २–३ पटक गर्न सकिन्छ ।
एकपटक गरेपछि अर्कोपटक अभ्यास गर्नको लागि कम्तीमा पनि ४ घण्टा पर्खिनुहोस् ।
हुँदेन । यो एकदमै महत्त्वपूर्ण छ कि निर्देशनअनुसार नै अभ्यास गरिनुपर्छ । सद्गुरुले भन्नुभएको छ कि यदि तपाईंले श्वासको प्रक्रिया २१ पटकभन्दा बढी गर्नुभयो भने, यसले तपाईंको प्रणालीमा गम्भीर असर पुऱ्याउन सक्दछ ।
अहँ, हुँदैन ।
तपाईंले १२ पटक गर्न सक्नुहुन्छ ।
हो, तपाईंको शिर अलिकति माथि फर्किएको हुनुपर्छ ।
हो, उठाइरहनु पर्छ ।
तपाईंले अभ्यास गर्न सक्नुहून्छ ।
अहँ पर्दैन ।
त्यस्तो कुनै विशेष सावधानीहरू छैनन् । यति पक्का गर्नुहोस् कि हावा स्वच्छ हुनुपर्छ, अभ्यास गर्ने ठाउँ सफासुग्घर र हावा आवातजावत गर्ने हुनुपर्छ । यदि कोठामा अरू मानिसहरू हुनुहुन्छ भने, निश्चित दुरीमा रहेर अभ्यास गर्नुहोस् ।
अहँ हुँदैन ।