सद्‌गुरु: शंकरन पिल्लै एउटा लोकल बसमा चढे - बसको सिटमा बस्ने बित्तिकै, अचानक उनले एउटा पछ्यौराले आफ्नो अनुहार छोपे र शरीर मोडेर बसे। एउटा यात्रुले अचम्म मानेर उसलाई सोध्यो, "सर, तपाईं ठीक हुनुहुन्छ?" शंकरन पिल्लैले आफु ठीक भएको आश्वसन दिलाए र भने,"कुरा बस् यत्ति हो कि मैले त्यो बुढी आमालाई देखेँ भने मैले आफ्नो सिट उनलाई दिनुपर्ने हुन्छ। त्यसैले म मोडेर बसेको ताकि मैले उनलाई देख्नु नपरोस् ।"

शंकरन पिल्लैसँग भएको विकल्प भनेको कि त उभिएर आफ्नो सिट दिने वा त्यही बसिरहने थियो। तर धेरैजसो मानिसहरू विभिन्न किसिमका संलग्नताबाट भाग्न खोज्छन्, उनीहरु बुझ्दैनन् कि पन्छिएर बस्नाले झन् ठूलो कर्म निम्त्याउँछ। जब तपाईं संलग्नताबाट पन्छिन खोज्नुहुन्छ, कर्म झन बढेर जान्छ। "मैले मेरो सिट छोडु कि नछोडु" - यस्तो खालको तुलना गर्नु झन् ठूलो कर्म हो।

यस अल्झिने र पन्छिने जालबाट कसरी उम्कन सकिन्छ ? यो प्रश्नले धेरैलाई अन्योलमा पार्छ। अन्योलको अवस्थामा, तपाईंको वरिपरिका सबैकुराहरु तपाईंमा टाँसिन्छन् ! यो तपाईं सुपर ग्लुको लेप लगाएर बस्नुभएको जस्तै हो जहाँ धूलोको प्रत्येक कण तपाईंमा टाँसिनेछ। कर्मको निर्माण राम्रो वा खराब कार्य सँग सम्बन्धित छैन। तपाईंले बस् अन्योलपूर्ण इच्छा र सीमित चाहनाहरूबाट आफैंमा कर्म निर्माण गर्नुहुन्छ। केही समयपछि, तपाईंको वरिपरि कर्मको यस्तो पहाड सिर्जना हुन्छ कि सास फेर्न समेत गाह्रो हुन्छ।

मानवीय इच्छा सीमित वा असीमित हुन सक्छ। यदि तपाईंले असीमित इच्छा रोज्नुहुन्छ भने त्यो नै कर्मको अन्त्य हो।

यो विशाल कर्मको पहाडलाई कसरी भत्काउन सकिन्छ ? उत्तर सरल छ: तपाईंले यसलाई भत्काउने प्रयास नगर्नुहोस्। तपाईं बस् ग्लुलाई पखाल्नुहोस्। पूरै पर्वत एकै छिनमा खस्नेछ। यो टाँसिने पदार्थलाई कसरी हटाउने? यसबाट पन्छिएर होइन, बरु सचेत संलग्नताद्वारा यसलाई हटाउन सकिन्छ। सचेत रुपमा संलग्न भएमा फेरि अल्झिने सम्भावना कहिल्यै रहँदैन।

मानवीय इच्छा सीमित वा असीमित हुन सक्छ। यदि तपाईंले असीमित इच्छा रोज्नुहुन्छ भने, त्यो कर्मको अन्त्य हो। त्यसैगरी, यदि तपाईं आफूलाई मन पर्ने वा मन नपर्ने, "मेरो" वा "अरुको" जस्ता साँघुरा विचारहरूभन्दा माथि उठ्नुहुन्छ भने, त्यो कर्मको अन्त्य हो। आफ्नो इच्छालाई समावेशी बनाउनुहोस्, सबैकुरा आफ्नो बनाउनुहोस्, संसारको लागि एक आमा बन्नुहोस्, र अल्झिने सम्भावना सधैंका लागि हराउँनेछ।

योगको सम्पूर्ण प्रणाली भनेकै कुनै विशेष उद्देश्य वा प्रेरणाबिना गहिरो संलग्नताको भावना विकसित गर्नु हो ।

आध्यात्मिक मार्गको उच्चतम लक्ष्य निष्पक्ष संलग्नता र अडिग फोकस हो। तपाईं के सँग संलग्न हुनुहुन्छ वा केमा फोकस वा ध्यान केन्द्रित गर्नुहुन्छ - ईश्वर, ढुङ्गा, पुरुष वा महिला - त्यो महत्त्वपूर्ण छैन। फोकसको वस्तु महत्त्वहीन छ। योग परम्परा अनुसार गरिने आकाशी मुद्रा अभ्यासले केहीमा पनि ध्यान केन्द्रित नगरी, खाली ठाउँमा अडिग भएर फोकस गर्नुलाई जोड दिन्छ। यसको आधार यो हो कि मुक्ति; फोकसको वस्तुमा निर्भर गर्दैन, बरु फोकसमा नै निर्भर गर्छ।

योगको सम्पूर्ण प्रणाली भनेको कुनै विशिष्ट इच्छा वा प्रेरणाबिना नै गहिरो संलग्नताको विकास गर्नु हो। समयको क्रममा, यसलाई संसारबाट टाढिनु भनि गलत रुपमा बुझियो - मानिसहरूले संलग्नतालाई उलझनसँग र निष्पक्षतालाई बेवास्ताको भावनासँग मिसाइदिए। उनीहरूले शंकरन पिल्लैले त्यो बसमा पत्ता लगाएको कुरा बिर्से कि कसैलाई बेवास्ता गर्न पनि धेरै संलग्नता चाहिन्छ!

समावेशको भावमा गरिने यात्राले तपाईंलाई मुक्त गर्छ, गन्तव्यले होइन। बहिष्कारको भावमा तपाईं अल्झिनुहुन्छ। समावेशीताले तपाईंलाई मुक्त गर्दछ।

वास्तवमा जीवन एक उद्देश्य विहीन प्रक्रिया हो र यसको रस, प्रक्रियामा पूर्ण रुपमा संलग्न भएमा मात्र चाख्न सकिन्छ। प्रक्रिया नै उद्देश्य हो; लक्ष्य बस् एक परिणाम मात्र हो र यस्ता कुराहरुलाई सरल बनाउनको लागि नै धेरै प्राचीन परम्पराहरूमा "भक्ति"को बारेमा भनिएको थिए। 

भक्तिमा केही भावुक कुरा छैन। यदि साँचो भक्तिको आगो तपाईंभित्र जलिरहेको छ भने, यसले सबैकुरा जलाइदिन्छ। यसले यो सुनिश्चित गर्नेछ कि तपाईं लक्ष्यको चिन्ता नगरी प्रक्रियाप्रति पूर्णरुपमा समर्पित हुनुहुनेछ। समावेशी यात्राले तपाईंलाई मुक्त गर्छ, गन्तव्यले होइन। बहिष्कारको भावले तपाईंलाई अल्झाउँछ। समावेशी भावले तपाईंलाई मुक्त गर्दछ।

Editor’s Note: Sadhguru looks at how karma is the maya of many, and how kriyas and pranayams are a process to strengthen the etheric body, and distance ourselves from karma. Read the article.

This article first appeared on Speaking Tree.