सद्गुरुद्वारा कर्मसम्बन्धी २० सुविचार
"कर्म" शब्दको गलत व्याख्या र भ्रमहरूलाई चिर्दै, यसको वास्तविक अर्थ प्रष्ट पार्ने सद्गुरु द्वारा भनिएका सुविचारहरू

ArticleMar 29, 2025

कर्मको मतलब यो हो कि तपाईं स्वयं आफ्नो जीवनको निर्माता हुनुहुन्छ ।
आफ्नो जीवनको हरेक क्षण तपाईं शारीरिक, मानसिक, भावनात्मक र ऊर्जात्मक रूपमा केही कार्य गरिरहनुभएको हुन्छ । तपाईंको प्रत्येक कार्यले निश्चित स्मृति बनाउँछ । त्यही कर्म हो ।
भक्तिले कर्मको नाश गर्छ र तपाईंलाई मुक्ति तर्फ लैजान्छ ।
कर्म भनेको कार्य र स्मृति दुवै हो । कार्यबिना कुनै स्मृति हुन सक्दैन र स्मृति बिना कुनै कार्य पनि हुन सक्दैन ।

कर्मको पुरानो तह तब मात्र तपाईंमा टाँसिन्छ जब तपाईं कार्मिक ग्लुको नयाँ तह थप्दै जानुहुन्छ ।
कर्म तपाईंको कार्यको कारणले हुँदैन – यो तपाईंको मनसायको कारणले हुन्छ । तपाईंको जीवनको घटनाले होइन बरु त्यसको सन्दर्भले कर्मलाई बनाउँछ ।

कर्म केही निश्चित वासना वा प्रवृत्तिको माध्यमबाट काम गर्छ । तर केही जागरुकता र ध्यानको साथमा तपाईंले यसलाई फरक दिशा दिन सक्नुहुन्छ ।

सबै प्रकारको कर्महरू मध्ये, यदि कसैले आफ्नो फाइदाको लागि वा अरुलाई हानि पुर्याउनको लागि तान्त्रिक प्रक्रियाहरू गर्छन् भने त्यसको उनीहरुमाथि सबैभन्दा खराब परिणाम हुन्छ ।
कर्म भनेको पुरानो रेकर्डिङ जस्तै हो, जुन बजिरहन्छ । योग अर्थात् आफ्नो जीवनलाई एक गहन सम्भावना र अनुभव बनाउनु हो, नकी बस् पुरानो चिजलाई दोहोर्याउनु ।
जागरुकताको साथ गरिएको कार्यले कर्म बनाउँदैन । बरु अचेतन रूपमा गरिएको त्यसको प्रतिक्रियाले बनाउँछ
तपाईं चाहे जुनसुकै शारीरिक काम गर्नुहोस् – यदि तपाईं त्यसलाई संलग्नता र आनन्दको साथ गर्नुहुन्छ भने तपाईं कर्मयोगी हो ।
यहाँ कुनै पनि कुरा आकस्मत वा संयोगवश हुँदैन । सम्पूर्ण भौतिक अस्तित्व कारण र परिणामको बीच घटित भइरहेको छ ।
कर्म भनेको तपाईं स्वयं आफ्नो जीवनको निर्माता हो । जम्मा भएको कर्म तपाईंको लागि कि त प्रोत्साहन बन्नसक्छ वा बोझ – यो तपाईंको छनोटमा निर्भर गर्छ ।
यसले फरक पर्दैन कि तपाईंले बितेको समयमा कुन किसिमको कर्म जम्मा गर्नु भएको थियो । यस क्षणको कर्म सधैं तपाईंको हातमा हुन्छ ।
तपाईं चाहे जेसुकै गरिरहनुभएको छ, बस् यसलाई हेर्नुहोस् कि – के यो तपाईंको बारेमा हो वा सबैको खुसियालीको बारेमा हो । यसले राम्रो कर्म र नराम्रो कर्म बीचको उल्जनलाई अन्त्य गर्छ ।
जब तपाईंको बोधमा स्मृति हावी बन्छ, त्यो कर्म हो । तपाईंको स्मृति तपाईंको पूर्वधारणाको कारण बन्छ ।
कर्मले तपाईंलाई जीवित राखेको छ साथै बन्धनमा पनि । र यदि तपाईं यसलाई सही तरिकाले सम्हाल्नुहुन्छ भने यही तपाईंको मुक्ति हुन सक्छ ।
कर्मयोग भनेको सेवा होइन । यसको मतलब काम गर्ने बाध्यता वा मजबुरीदेखि पर जानु हो ।
कर्म भनेको सम्पूर्ण चिजको जिम्मेवारी लिनु हो । यहाँसम्म कि तपाईं आफ्नो वंशजको गुणको पनि जिम्मेवारी लिनुहुन्छ ।
यदि तपाईं वास्तवमै ध्यानमय बन्नुहुन्छ भने तपाईं कर्मदेखि माथि उठ्नुहुनेछ ।


