सद्‌गुरुः

#१ आफ्नो सुताइमा ध्यान दिनुहोस्

तपाईं सुत्दाखेरी कुन स्थितिमा पल्टिनुहुन्छ, त्यसमा ध्यान दिनुहोस् । जो व्यक्तिहरू घुर्ने गर्छन्, उनीहरू प्रायः उत्तानो परेर सुत्ने गर्छन् । यदि तपाईं कोल्टे परेर सुत्नुभयो भने, घुर्न बन्द हुन सक्छ । यदि तपाईंले आँत (पेटको भित्री अवयव) लाई कस्नुभयो भने, घुर्ने समस्या रोकिन सक्छ ।

#२ घरेलु उपचार

मह सेवन गर्नुहोस्

सुत्नुभन्दा ठीक अगाडि केही थोपा मह मुखमा राखेर सुत्न सक्नुहुन्छ । यसो गर्नाले पनि घुर्ने समस्या हट्न सक्छ ।

honey

 

घ्यूको प्रयोग गर्नुहोस्

सुत्न जानु अगाडि नाक सफा गर्नुहोस् अनि जति सकिन्छ यसलाई खाली गर्नुहोस्, ताकि तपाईं निदाउनु भएपछि अबेर रातीमा मात्रै घुर्न सुरु हुन्छ । तर, यदि तपाईंको नाक पूरै बन्द भइरहन्छ भने, तपाईं घ्यूको प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंले ७ देखि १० दिनसम्म सुत्नुअघि दुई थोपा मनतातो घ्यू नाकमा हालेर सुत्नुभयो भने, तपाईंमा यसको विशेष प्रभाव हुन्छ । साथै, यसले नाकबाट श्वास जाने बाटोलाई खुल्ला बनाउँछ, जसले गर्दा बिहान उठ्दा नाकमा जम्मा भएको सिँगान सजिलै बाहिर आउँछ अनि तपाईंको नासिका खुल्ला हुन्छ ।

ghee

यदि तपाईंको नाक लगातार बन्द भइरहन्छ भने, यसले श्वास लिन गाह्रो हुने मात्रै नभई, तपाईंको शरीरलाई विभिन्न रूपहरूमा असर गर्दछ ।

#३ सेलाइन स्प्रेको प्रयोग

एउटा अर्को सरल उपाय छ । अचेल औषधि पसलमा बन्द नाकको लागि सेलाइन स्प्रे पाइन्छ, जुन नुनिलो पानी जस्तै हुन्छ । तपाईं त्यसको प्रयोग गरी बन्दा नाक खोल्न सक्नुहुन्छ । यसले पनि नाकबाट श्वास आउने-जाने बाटोलाई केही हदसम्म खुला र स्वच्छ राख्दछ ।

blocked nose home remedies

 

यदि तपाईंको नाक लगातार बन्द भइरहन्छ भने, यसले श्वास लिन गाह्रो हुने मात्रै नभई, तपाईंको शरीरलाई विभिन्न रूपहरूमा असर गर्दछ । त्यसैले, यो एकदमै महत्त्वपूर्ण छ कि तपाईंले सजिलैसँग श्वास फेरिरहेको हुनुपर्छ । तपाईंको साइनस कति खुला र स्वच्छ छ अनि शरीरमा— विशेषगरी टाउको वरिपरि— भएका तरल पदार्थहरू कति सन्तुलित छन् भन्ने कुराले विभिन्न कुराहरू निर्धारण गर्दछ । जस्तै किः तपाईंको दिमागले कसरी काम गर्छ, तपाईं कति खुसी र सन्तुलित हुनुहुन्छ, तपाईंको बुद्धि कति तिक्ष्ण छ तथा तपाईंका पाँच इन्द्रियहरू (हेर्ने, सुन्ने, सुँघ्ने, चाख्ने, स्पर्श गर्ने क्षमता) कति निखारिएका छन् ।

यदि तपाईंको लागि नाक बन्द हुनु दीर्घकालीन समस्या हो, अनि यसले तपाईंलाई हरेक दिन सताइरहेको छ भने, तपाईं यी तरकाहरू अपनाउन सक्नुहुन्छ ।

#४ फटाफट हिँड्ने

हरेक दिन कम्तीमा पनि पाँचदेखि दश मिनेटसम्म जगिङ्ग गर्ने वा फटाफट हिँड्ने गर्नुहोस् । यदि तपाईं मुख बन्द राखेर एउटै ठाउँमा केही समय हलुकासँग उफ्रिनुभयो भने पनि नाक खुल्न सक्छ ।

jogging

 

#५ जल नेती

यदि तपाईंको नाकमा निकै समस्या छ अनि माथि उल्लेख गरिएका तरिकाहरूले समेत ठीक भएन भने, तपाईं एउटा क्रियाको अभ्यास गर्न सक्नुहुन्छ, जसलाई जल नेती भनिन्छ । तर, यो अभ्यासको लागि तयारीहरू आवश्यक हुन्छ । अचेल, केही योग स्टुडियोहरूमा यसलाई कुनै तयारी अनि ज्ञान बिनै सिकाइन्छ । तर, आफ्नो नाकमा यसरी यत्तिकै पानी खन्याउनु बुद्धिमानी कुरा होइन । यो क्रियालाई सही तरिकाले सिकाइनु पर्छ । यदि तपाईं यो अभ्यास सिक्न चाहनुहुन्छ भने, ईशा हठयोग तालिम लिएका शिक्षकमार्फत यो क्रिया सिक्न सक्नुहुन्छ ।

jal neti

 

Editor’s Note: Do you frequently endure blocked sinuses and chest congestion? Sadhguru looks at why sinuses should be clear, well-balanced, and how you can go about achieving this state with powerful yogic practices and also some diet changes. Read the article to find out more.