सद्‌गुरुः  अधिकांश मानिसहरूको सन्दर्भमा, जीवनको सबैभन्दा गहन र रहस्यमय पक्ष नै मृत्यु हो, किनकि मानिसहरूले जस्तोसुकै कथाहरू सुनेपनि मृत्यु के हो भनेर उनीहरूले अझैसम्म बुझ्न सकेका छैनन् । मृत्यु के हो भनेर न त विज्ञानले पत्ता लगाउन सकेको छ, न त दर्शनले नै । 

शरीर, जन्म र मृत्युसित सम्बन्धित हुन्छ— जबकि, आध्यात्मकि प्रक्रिया तपाईं स्वयं सँग सम्बन्धित हुन्छ, जसको न त जन्म हुन्छ, न त मृत्यु नै !

आध्यात्मिक प्रक्रिया मृत्युसित सम्बन्धित हुँदैन— जुन कुरा मृत्युभन्दा पनि गहन छ, तपाईंको त्यसको खोज गरिरहनु भएको हुन्छ । मृत्यु नीरस कुरा हो, यसको बारेमा केही पनि गहन वा रहस्यमय भन्ने हुँदैन । यो मानिसहरूमा पटक–पटक भइरहने कुरा हो । मृत्यु निकै रहस्यमयी र गहन जस्तो देखिनुको कारण तपाईंको कमजोर स्मरण शक्ति हो । यदि तपाईंको स्मरण शक्ति एकदमै कमजोर भएको भए, मानौँ कि हरेक बिहान ब्युउँझदा, तपाईं अघिल्लो दिन थियो भन्ने नै सम्झिनु हुन्न, तपाईं वास्तवमा हिजो राति सुत्न जानुभएको थियो भन्ने नै सम्झिनु हुन्न, तपाईं आज बिहान ब्युँझिएको मात्रै सम्झिनुहुन्छ भने, तपाईं गज्जबको ठाउँमा हुनुभएको महसुस गर्नुहुनेछ अनि त्यो सबैभन्दा रहस्मयमयी समेत लाग्नेछ । केही घण्टाको निद्रा नै तपाईंको जीवनको सबैभन्दा रहस्यमय र गहन पक्ष हुनेछ, किनकि तपाईंलाई यो नै याद रहन्न कि तपाईं वास्तवमा राति सुत्न जानुभएको थियो अनि बिहान ब्युँझिनु भएको हो । मृत्युको विषयमा रहेको रहस्य र गहनता पनि ठिक त्यस्तै हुन्छ ।

जब हामी शिवलाई संहारक भन्छौँ, हामी यो भनिरहेका छैनौँ उनले मृत्यु घटाउँछन् । उनलाई मृत्युमा खासै चासो हुँदैन । उनको लागि जन्मिनु र मर्नु निकै अरुचिकर अनि जीवनको साधारण पक्ष हो । शिवले आफ्नो शरीरमा श्मशान स्थलको खरानी दल्नुको एउटा कारण के हो भने, उनले यो दर्शाइरहेका छन् कि उनले मृत्युलाई पूरै उपेक्षा गर्छन् । उनी त्यसलाई गहन र रहस्मय पक्षको रूपमा हेर्दैनन् । आध्यात्मिक साधना मृत्युसित सम्बन्धित हुँदैन । बरु, त्यो जुन मृत्युको जड हो, जुन यथार्थमा जन्म हो, त्यसबाट मुक्त हुने बारेमा हो । जन्मबाट मुक्त हुनु भनेको स्वतः मृत्युबाट मुक्त हुनु हो ।

जन्म र मृत्यु भनेको कुमालेको घडा जस्तै हो— धर्तीबाट केही अंश लिने, मानव स्वरूपमा ढाल्ने अनि अवश्य यसलाई हिँड्ने र बोल्ने बनाउने । यो घडा केही समयपछि कठपुतली बन्दछ, जुन एउटा छल हो । एक दर्शकको नजरबाट नाटक बुझ्नु एउटा कुरा हो । तर, पर्दा पछाडिबाट नाटक जान्नु पूर्णतया फरक कुरा हो । एकपटक जब तपाईं नेपथ्यबाट नाटक हेर्न थाल्नुहुन्छ, केही समयपछि तपाईंलाई विरक्त लाग्न थाल्छ । तपाईं त्यसको बनावटको आनन्द लिन त सक्नुहोला, तर त्यसको कथा, त्यसको मञ्चनबाट कुनै उत्साह जाग्दैन, किनकि त्यो सबै कसरी एकैठाउँमा ल्याइएको छ भनेर जान्नुहुन्छ । जसको स्मरण क्षमता कमजोर छ, उनीहरू मात्रै हरेक दिन आएर त्यही नाटक हेर्छन्, किनकि उनीहरूले अघिल्लो दिनका यादहरू बिर्सिएका हुन्छन्— त्यसैले, उनीहरूका लागि मात्रै यो नाटक निकै रोमाञ्चक र चूनौतिपूर्ण लाग्दछ ।

त्यसैले, आध्यात्मिक प्रक्रिया जन्म र मृत्युको बारेमा हुँदैन । शरीर, जन्म र मृत्युसित सम्बन्धित हुन्छ— जबकि, आध्यात्मकि प्रक्रिया तपाईं स्वयं सँग सम्बन्धित हुन्छ, जसको न त जन्म हुन्छ, न त मृत्यु नै !

 

Editor’s Note : Sadhguru looks at the essential nature of life and death and explains how they are one and the same, in The Essence of Life and Death