सद्गुरु: जीवनमा इच्छा गरिएका सबैजसो चीजहरूलाई किन अनैतिक, अवैध वा भद्दा मानिन्छ ? युवाहरूले प्राय: यो प्रश्न सोध्ने गर्छन्, वा यसको बारेमा सोच्ने गर्छन् । आउनुहोस्, हामी पहिले ′अनैतिक′ शब्दलाई हेरौँ । धेरैजसो बेला, मानिसहरू अनैतिक शब्द प्रयोग गर्ने बित्तिकै यौन वा सेक्सतर्फ सङ्केत गरिरहेका हुन्छन् । यौन यस्तो विषय हो, जसमा मानिसहरू जीवनभर अविश्वसनीय रूपमा चिन्तन गरिरहेका हुन्छन् । एउटा साधारण जैविक आवश्यकताप्रति अधिकांश मानिसहरू आजीवन मनोग्रस्त बनिरहेका हुन्छन् ।

कामवासनालाई बुझौँ

हामीले यो बुझ्न जरूरी छः यौन, हामीभित्र हुने उत्तेजना हो; यो किशोरावस्थासँगै हुने रासायनिक परिवर्तन हो । यसको अनुभव आनन्ददायक हुन्छ, किनकि यो हामीलाई प्रजननतर्फ धकेल्ने प्रकृतिको चाल हो । समयसँगै, हामीले प्रजनन (बच्चा जन्माउने) पक्षलाई ऐच्छिक वा आफ्नो इच्छाअनुसारको बनाएका छौँ, तर यसको आनन्ददायक पक्ष भने रहिरहेको हुन्छ । यसमा सही वा गलत भन्ने केही हुँदैन । हामीले आफूभित्रको कामवासनालाई भौतिक अस्तित्वको अनिवार्य अंशको रूपमा स्वीकार गर्नु महत्त्वपूर्ण छ । दुईजना व्यक्तिमा यौनको तीव्र चाहना भएकोले नै तपाईं र म अहिले अस्तित्वमा छौँ । यो यथार्थ हो ।

मनुष्यको जीवनमा यौनको भूमिका रहेको त हुन्छ, तर यो मूलतः सीमित हुन्छ । केही चीजमा बढी ध्यान केन्द्रित गर्ने व्यक्तिहरू यो पाउँछन् कि उनीहरूमा कामुकता कम प्रबल हुन्छ ।

सबैभन्दा ठूलो समस्या के हो भने, धर्महरू र नैतिक शिक्षा दिनेहरूले हामीलाई यो बताएका छन् कि हाम्रो जैविकी (बायोलोजी) नै पतित (पाप) हो । यसले सदियौँदेखि मानिसहरूमा यस हदसम्म अपराधबोध र पीडा सृजना गरेको छ, जुन भनी साध्य छैन । तपाईं कुनै पनि चीजलाई जति बढी अस्वीकार र निषेध गर्नुहुन्छ, त्यसले दिमागमा त्यति बढी महत्त्व पाउँछ । यो दमनको प्रवृत्तिले मानिसहरूको मानसिकतामा भयानक उथल-पुथल ल्याएको छ ।

साथै, के हामी आफ्नो रसायनको कठपुतली मात्र हौँ त ? पक्कै होइनौँ । मनुष्यको जीवनमा यौनको भूमिका रहेको त हुन्छ, तर यो मूलतः सीमित हुन्छ । केही चीजमा बढी ध्यान केन्द्रित गर्ने व्यक्तिहरू यो पाउँछन् कि उनीहरूमा कामुकता कम प्रबल हुन्छ । एकपटक जब तपाईं मनभन्दा गहिरो स्तरमा आनन्द प्राप्त गर्नुहुन्छ, कामुकताको महत्त्व कम हुँदै जान्छ ।

कामवासनालाई यसको स्थान दिऔँ

यौनको परम्परागत धार्मिक आतंकवाद विरुद्ध प्रतिक्रिया गर्दै, अहिले पश्चिमी समुदाय शरीरसँग अत्यधिक पहिचान स्थापित गर्ने दिशातर्फ अग्रसर भएका छन् । यसको नक्कल गर्नु दुर्भाग्यपूर्ण हुनेछ । हामीले आफ्नो जैविकीलाई न त नष्ट गर्न जरूरी छ, न त यसको महिमा गाउन नै । यदि तपाईंले बाल्यकालदेखि किशोरावस्थासम्मको आफ्नो विकास प्रक्रियालाई हेर्ने हो भने, यसले तपाईंलाई कौतुहल बनाउनुपर्छ— यसले तपाईंमाथि शासन गर्नुहुँदैन । हामीभित्रको प्रज्ञाले हामी सबैलाई यसप्रति चेतन बनाउँछ कि हामी यी हर्मोन (श्रावहरू) को खेलभन्दा केही बढी हौँ । मानिस, पशुहरू जसरी आफ्नो रासायनिक प्रक्रियाको अधीनमा रहन जरूरी छैन । शारीरिक आवश्यकताको तुलनामा, मानिसमा भावनात्मक र बौद्धिक साथको आवश्यकता कैयौँ गुणा प्रबल हुन्छ ।

दुर्भाग्यवश, जो व्यक्तिहरू हर्मोनको प्रक्रियालाई आफ्नो बुद्धिमाथि हाबी हुने अनुमति दिन्छन्, उनीहरू आफ्नो भित्री सन्तुलन गुमाउँछन् । यो दुःखद कुरा हो, कि थुप्रै युवाहरू आफ्नो बुद्धिलाई अनलाइनमा पढेका वा फिल्महरूमा देखेका चीजहरूको गुलाम बनाउँछन् । फलस्वरूप, हामी कामुकताप्रति पूर्व निर्धारित प्रतिक्रिया गर्छाैँ— हामी यसलाई भित्री रूपमा चेतन र सन्तुलित भई सम्बोधन गर्दैनौँ । यस्तो अवस्थामा, मानिसहरू यौनको पक्षमा वा यसको विपक्षमा निरन्तर चर्चा गरिरहने छन् । दुवै आवश्यक छैन । हामीले यत्ति गर्न आवश्यक छ— आफ्नो शरीर र मनमा एक प्रकारको भित्री सन्तुलन ल्याउनु, ताकि कामवासनाले स्वाभाविक रूपमा आफ्नो स्थान पाओस् । यौन उत्तेजनालाई स्वीकार गर्नु महत्त्वपूर्ण छ, तर यसलाई जिम्मेवारपूर्ण ढङ्गले सञ्चालन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

मानिसहरू यौनको पक्षमा वा यसको विपक्ष निरन्तर चर्चा गरिरहने छन् । दुवै आवश्यक छैन । हामीले यत्ति गर्न आवश्यक छ— आफ्नो शरीर र दिमागमा एक प्रकारको भित्री सन्तुलन ल्याउनु, ताकि कामवासनाले स्वाभाविक रूपमा आफ्नो स्थान पाओस् ।

युवा छँदै केही साधारण योग अभ्यास गर्न थाल्ने हो भने, यो अत्यन्तै लाभदायक हुन सक्छ । किनकि, कुनै पनि उपदेशको तुलनामा योग अभ्यासले बढी प्रभावकारी ढङ्गले शरीर र मनमा तालमेल ल्याउँछ ।

Editor's Note: Whether you're struggling with a controversial query, feeling puzzled about a taboo topic, or just burning with a question that no one else is willing to answer, now is your chance to ask! Ask Sadhguru your questions at UnplugWithSadhguru.org.

Youth and Truth Banner Image

A version of this article was originally published in Speaking Tree