Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
जो तपाईंको छेउमा छ, उसलाई प्रेम गर्नु सबैभन्दा ठूलो चुनौति हो । जो यहाँ छैन, उसलाई प्रेम गर्न सधैँ सजिलो हुन्छ ।
शारीरिक दुखाईको सम्बन्धमा तपाईंसँग विकल्प हुँदैन, तर आफू पीडामा नरहने विकल्प चाहिँ सधैँ रोज्न सक्नुहुन्छ ।
आफ्नो बहुलापन लुकाउन मानिसहरूलाई मनोरञ्जन चाहिन्छ । उनीहरू एकदमै सद्दे भएका भए, बस् यत्तिकै बसेर फूल फक्रिएको हेर्न सक्थे ।
Do not look for anything. Do not look for the meaning of life. Do not look for God. LOOK – That Is All.
अस्तित्वमा आध्यात्मिक नभएको केही पनि छैन । हरेक चीज आध्यात्मिक छ, तर बोध गरिएको छैन ।
योगको आधाार भनेको एकै समयमा पूर्णतया प्रखर साथै आरामको अवस्थामा रहनु हो ।
सबै मान्यताहरू त्याग्नु नै आध्यात्मिक प्रक्रियाको आधारभूत पक्ष हो : "मलाई जे थाहा छ, त्यो थाहा छ । मलाई जे थाहा छैन, त्यो थाहा छैन ।"
तपाईंले आज संसारलाई हेर्नुभयो भने, झुटहरू मूलधार भएका छन्, जबकि सत्य झिनो चीज भएको छ । यसलाई उल्ट्याउने समय भइसक्यो ।
हरेक चीजको समाधान तपाईंभित्रै छ— यहाँ राम्ररी बाँच्न साथै यो जीवनबाट पर मुक्ति पाउनसमेत ।
यो हेर्नुस्, कति समय तपाईं जीविकोपार्जनको पक्षमा खर्चिनुहुन्छ अनि कति समय सृजनात्मक पक्षमा । समय पैसा होइन— समय जीवन हो ।
पर्फेक्ट हुन जरूरी छैन । महत्त्वपूर्ण चीज भनेको आफू अझ उत्तम हुन तपाईंले निरन्तर प्रयत्न गरिरहेको हुनुपर्छ ।
मिठाईप्रतिको आफ्नो तृष्णासँग लडाइँ नगर्नुस्— यदि तपाईंले आफूमा मिठास भर्नुभयो भने, मिठाईहरूले आफ्नो आकर्षण गुमाउनेछन् ।