Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आजबाट आफूलाई नलतार्नुस् । तपाईंले जेसुकै गरिरहेको भए पनि, जेसुकै भइरहेको भए पनि, जीवनको यात्रामा आफ्नै तरिकाले मग्न रहनुस् ।
मकर सङ्क्रान्ति, हाम्रो जीवन निर्माण गर्ने माटो, जनावर, हावा, पानी र मानिसहरूप्रतिको उत्सव हो । उल्लासले मनाउनुस् ।
कर्म वास्तवमा राम्रो र नराम्रोसँग सम्बन्धित नै छैन । यो बस् कारण र परिणामसँग सम्बन्धित हुन्छ ।
जीवनको रहस्य यही हो : हरके चीजलाई गम्भीर नजरले नहेर्ने, तर पूर्णतया सहभागी रहने । खेल झैँ, बस् सहभागी, आसक्त होइन ।
प्रेमले तपाईंलाई विवेक दिँदैन । यसले तपाईंलाई सही मनसाय दिने मात्र हो ।
अघिल्लो वर्षको बोझलाई बिसाएर, स्वच्छ र सजीव हुने समय भएको छ ।
तपाईको जीवनमा जस्तोसुकै परिस्थितिहरू निम्तिए पनि, या त तपाईं अझ बलियो भएर बाहिर आउन सक्नुहुन्छ वा त्यसबाटै लथालिङ्ग बन्न सक्नुहुन्छ । तपाईंसँग यही विकल्प छ ।
सृष्टिको हरेक पक्ष— बालुवाको कणदेखि हिमालसम्म, थोपादेखि समुद्रसम्म— यस्तो चेतनाको अभिव्यक्ति हो, जुन मानव बुद्धिभन्दा निकै माथि छ ।
योग अर्थात् एकत्व । योग भनेको सर्वोच्च रूपमा सशक्त हुनु हो । यदि तपाईं हरेक चीजसँग एकत्वमा हुनुहुन्छ भने, त्यसले विशाल रूपमा सशक्त बनाउँछ ।
एकाग्र, सामर्थ्यवान र प्रेरित युवाहरू निर्माण गर्ने हो भने, भारत विश्वले अहिलेसम्म नदेखेको सर्वश्रेष्ठ चमत्कार बन्नेछ ।
पत्याउनु अर्थात् आफूलाई साँच्चिकै थाहा नभएको कुरा अनुमान गर्नु । खोज गर्नु अर्थात् आफूलाई थाहा छैन भनेर आभास हुनु ।
तपाईं मूल रूपमा जुन जीवन हो, त्यसलाई ध्यान दिनुभयो भने, त्यो तपाईंभित्र प्रस्फुरित हुनेछ ।