Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
हामी बारम्बार दोहोरिने जीवन बाँच्न चाहँदैनौँ । हामी आफ्नै कथावस्तु लेख्न चाहन्छौँ ।
प्रेमलाई प्रतिक्रिया चाहिन्छ— नत्र यो लामो समय टिक्दैन । भक्तिलाई कसैको सहायता चाहिँदै— तपाईं आफैँ दन्किरहनु हुन्छ ।
साधनाको अभिप्राय कतै जानु होइन । बरू यस्तो अवस्थामा आउने, जहाँ तपाईं बस् यत्तिकै रहन सक्नुहुन्छ । जे यहाँ छ, त्यो सर्वत्र छ— जे यहाँ छैन, त्यो कहीँकतै छैन ।
आफूभित्रको दिव्यता अभिव्यक्त हुँदा, एकजनाको जन्मले समेत पूरै संसारलाई बदल्न सक्छ । मेरो कामना छ, तपाईंले आफूभित्रको दिव्यतालाई जान्नुहोस् । तपाईंलाई आनन्दमय क्रिसमसको शुभकामना ।
आफूभित्र निहित सृजनको स्रोतलाई अभिव्यक्त हुन दिनुभयो भने, तपाईं केवल आनन्दको अवस्थामा रहन सक्नुहुन्छ ।आनन्द नै सम्पूर्ण दुष्टताबाट जोगिने उत्तम कवच हो । तपाईं जोजोसँग सम्पर्कमा आउनुहुन्छ, ती सबैलाई आनन्दित बनाउँदाको तृप्ति अनुभव गर्न सक्नुहोस् ।भरपूर प्रेम र आशीर्वाद
जब तपाईंको प्रेम, खुसी र शान्ति अरूमा निर्भर हुन्छ, तपाईंले यी गुणहरू आफ्नै हुन् भनेर कहिल्यै जान्नुहुन्न ।
कसरी बस्ने, कसरी उभिने, कसरी श्वास फेर्ने, हरेक चीज कसरी गर्ने, आफ्नो मुटु कसरी धड्किनुपर्ने, आफूभित्रको जीवन कसरी स्पन्दित हुनुपर्ने— तपाईंले हरेक चीजलाई ध्यान दिनुभयो भने, तपाईं योगको अवस्थामा रहनुहुन्छ ।
पूर्ण स्थिरतामा, समय नै हुँदैन ।
गुरुको सानिध्यमा हुनु सुविधा होइन, बरू निरन्तर आफ्ना सीमाहरू तोड्ने रोमाञ्चक यात्रा हो ।
तपाईं चाहे हिँड्नुस् वा नाच्नुस्, काम गर्नुस् वा खेल्नुस्, पकाउनुस् वा गाउनुस्— यसलाई पूर्ण चेतनामा वा पूर्ण निष्फिक्री भावमा गर्नुस् । जुनसुकै तरिकामा, तपाईं सृष्टिसँग एकत्वमा रहनुहुन्छ ।
जब कसैले भित्रैबाट पुकार्छ, अस्तित्वले प्रतिक्रिया जनाउँछ ।