Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
केहीप्रति वा कसैप्रति पनि तपाईंको कुनै कर्तव्य हुँदैन । यदि तपाईंमा प्रेम र हेरचाहको भाव छ भने, तपाईंले त्यही गर्नुहुन्छ, जे आवश्यक छ ।
तपाईंंले जेजति चीजहरू अचेत अवस्थामा गर्नुहुन्छ, तिनलाई सचेत अवस्थामा समेत गर्न सक्नुहुन्छ । अज्ञानता र आत्मज्ञानको बिचमा यही भिन्नता हुन्छ ।
हामीलाई सत्यको रूपमा कुनै सत्ता चाहिँदैन । सत्य नै एक मात्र सत्ता हो ।
निष्कर्षहरूले तपाईंलाई स्पष्टताबिनै आत्मविश्वास दिन्छन् । स्पष्टताबिनाको आत्मविश्वास विनाश हो ।
मन पागलपन हो । तपाईं मनबाट पर जानुभयो भने मात्र, त्यहाँ ध्यान हुनेछ ।
माटो जीवित अस्तित्व हो— यो हाम्रो सम्पत्ति होइन । यो हामीसम्म आइपुगेको विरासत हो । हामीले यसलाई जीवित माटोको रूपमै भावी पुस्ताहरूलाई सुम्पिनुपर्छ ।
अस्तित्व मानव–केन्द्रित छैन । यस जगतमा तपाईं अति सानो कण बराबरको हुनुहुन्छ ।
मेरो कामना छ, तपाईं प्रत्येकले ध्यानलिङ्ग अनुभव गर्नुहोस् । संसारमा तपाईं जहाँसुकै भए पनि, यदि तपाईं त्यस सम्भावनाप्रति खुला हुनुहुन्छ भने, आधात्यमिक मुक्तिको बीज तपाईंसँग हुनेछ ।