Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
चेतना हाम्रो अस्तित्वको स्रोत हो । हाम्रा विचार, मनसाय र कार्यहरू त्यसको परिणाम मात्र हुन् ।
मानव जीवनको गुण तब मात्र साँच्चिकै बदलिन्छ जब हामी आफूभित्र बदलिन्छौं ।
केवल दुःख-पीडामा जीवन लामो छ— आनन्दमा त जीवन निकै छोटो छ ।
तपाईँलाई चाहे जेसुकै दिए पनि तपाईंले त्यसबाट केही सुन्दर चीज बनाउन सक्नुहुन्छ भने त्यो नै बुद्धिमत्ता हो ।
यस धरतीमा यो हाम्रो समय हो - यसलाई शानदार बनाउनु हामीमा निर्भर छ ।
धेरैजसो मानिसहरूका जीवन तिनका वरिपरि रहेको समाजका वस्तुस्थितिमा बन्धक बनेको छ । त्यो बन्धनबाट छुटकारा दिनु नै योगको उद्देश्य हो ।
आफूले बनाएका सीमाहरूलाई नभत्काउने मानिसहरू तिनै सीमामा फसिरहनेछन् ।
तपाईँको शरीर र मन बस् थुप्रो हो जुन तपाईंले जम्मा गर्नुभएको हो । तपाईँ जे थुपार्नुहुन्छ त्यो तपाईंको हुन सक्छ तर त्यो कहिल्यै पनि तपाईं हुन सक्दैन ।
एकपटक जब तपाईं असीमपन अनुभव गर्नुहुन्छ, तपाईंको जीवनमा सम्भावनाहरू समेत असीम बन्दछन् ।
योग बस् व्यायाम होइन । यो यस्तो प्रक्रिया र पद्धति हो जसको माध्यमले मनुष्यले सम्भव भएसम्मको आफ्नो सर्वोच्च सामर्थ्य पत्ता लगाउन सक्छ ।
गणेश बुद्धिमत्ताको साक्षात् स्वरूप हुन् । आजको दिन तपाईंको दिमागलाई बढाउने दिन हो, तपाईंको भुँडीलाई होइन ।
हामीसँग पर्याप्त रूखहरू हुने हो भने पर्याप्त वर्षा हुनेछ अनि हाम्रा नदीहरू बगिरहनेछन् ।