Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईं के गर्नुहुन्छ, त्यसले अर्थ राख्दैन । तपाईं आफूभित्र जुन रूपमा सहभागी रहनुहुन्छ, त्यसले नै तपाईंलाई रूपान्तरण गर्दछ ।
यस धरतीका अरू सबै प्राणीहरूले आफ्नो सर्वोत्तम क्षमतामा काम गरिरहेका छन् । केवल मनुष्यहरू हिचकिचाउँछन्...
हरेक चीजको समाधान तपाईंभित्रै छ— यहाँ राम्ररी बाँच्न साथै यो जीवनबाट पर मुक्ति पाउनसमेत ।
यो हेर्नुस्, कति समय तपाईं जीविकोपार्जनको पक्षमा खर्चिनुहुन्छ अनि कति समय सृजनात्मक पक्षमा । समय पैसा होइन— समय जीवन हो ।
आध्यात्मिक हुनका लागि तपाईं कुनै हिमालय गुफामा विलुप हुनुपर्दैन । आध्यात्मिक प्रक्रिया बाहिरी पक्षसँग सम्बन्धित हुँदैन— यो यस्तो चीज हो, जुन तपाईंभित्र घटित हुन्छ ।
जो तपाईंको छेउमा छ, उसलाई प्रेम गर्नु सबैभन्दा ठूलो चुनौति हो । जो यहाँ छैन, उसलाई प्रेम गर्न सधैँ सजिलो हुन्छ ।
शारीरिक दुखाईको सम्बन्धमा तपाईंसँग विकल्प हुँदैन, तर आफू पीडामा नरहने विकल्प चाहिँ सधैँ रोज्न सक्नुहुन्छ ।
आफ्नो बहुलापन लुकाउन मानिसहरूलाई मनोरञ्जन चाहिन्छ । उनीहरू एकदमै सद्दे भएका भए, बस् यत्तिकै बसेर फूल फक्रिएको हेर्न सक्थे ।
संसारबारे जानकारीहरू थुपार्न, इन्टरनेट ठीकै हो । तर जीवनलाई जान्न र अनुभव गर्न, तपाईंलाई इनर-नेट चाहिन्छ, जसले जीवनलाई गहन अनुभवको रूपमा समाहित गर्न सकोस् ।
अस्तित्वमा आध्यात्मिक नभएको केही पनि छैन । हरेक चीज आध्यात्मिक छ, तर बोध गरिएको छैन ।
योगको आधाार भनेको एकै समयमा पूर्णतया प्रखर साथै आरामको अवस्थामा रहनु हो ।
सबै मान्यताहरू त्याग्नु नै आध्यात्मिक प्रक्रियाको आधारभूत पक्ष हो : "मलाई जे थाहा छ, त्यो थाहा छ । मलाई जे थाहा छैन, त्यो थाहा छैन ।"