Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
ध्यानलिङ्गको गर्भगृहभित्र केही मिनेटका लागि बस् शान्त बस्नाले मात्र पनि ध्यानको बारेमा केही थाहा नभएकालाई समेत गहिरो ध्यानको अवस्था अनुभव गराउन पर्याप्त छ ।
जीवन समावेशी छ । तपाईंको मनले मात्र बहिष्कार गर्छ ।
जीवनलाई समृद्ध र तृप्त बनाउने भनेको अनुभवको गहनताले हो, कामको मात्राले होइन ।
पुरुष प्रकृति र स्त्री प्रकृति तपाईंभित्रका दुई मूल पक्षहरू हुन् । तपाईंले एउटा पक्षसँग अति बढी पहिचान जोड्नुभयो भने तपाईं आधा-अधुरो जीवन बन्नुहुनेछ ।
म नाशवान् छु भनेर सचेत रहनुभएको भए, तपाईंले आफ्ना निम्ति र आफूहरू वरपर सबैका निम्ति वास्तवमै गर्न जरूरी चीज बाहेक अरू केही पनि गर्नुहुन्नथ्यो ।
तपाईं जसरी खानुहुन्छ, त्यसले तपाईंको शरीरको स्वास्थ्य मात्र तय गर्ने नभई तपाईंले सोच्ने, महसुस गर्ने र जीवनलाई अनुभव गर्ने तरिकालाई नै निर्धारण गर्छ ।
आफ्नो मन, शरीर र जीवन ऊर्जामाथि तपाईंले केही हदसम्म महारथ पाउनुभयो भने तपाईं स्वयं आफ्नो भाग्य-विधाता बन्न सक्नुहुन्छ ।
सही अर्थमा नेता हुनु भनेको परिस्थितिलाई दमन गर्ने होइन । नेता हुनु वा नेतृत्व गर्नु भनेको मानिसहरूलाई त्यस्ता चीज गर्न सक्षम र सबल बनाउने जुन तिनले सम्भव छ भनेर कल्पनासमेत गरेका हुँदैनन् ।
योग शब्दको अर्थ एकत्व हो । अर्थात् आफू छुट्टै अस्तित्व हुनुका सीमालाई तपाईं सचेत रूपमा मेट्नुहुन्छ अनि बाँकी ब्रह्माण्डसँग स्पन्दित रहनुहुन्छ ।
स्पष्टता बिनाको आत्मविश्वास सधैँ विनाशकारी हुन्छ ।
माटो कृषिसँग मात्र सम्बन्धित छैन; यो जीवनसँग सम्बन्धित छ । माटोमा हुने सूक्ष्मजीवहरू जीवनका आधार हुन् । ती फस्टाएनन् भने हामी फस्टाउने उपाय नै छैन ।
जो व्यक्ति सही र गलत, रुचि र अरुचिको दायरामा फस्छ, उसले कहिल्यै पनि प्रेम कस्तो हुन्छ भनेर थाहा पाउँदैन ।