Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
केही सानदार सृजना गर्न कुनै विशाल बुद्धि वा योग्यता चाहिँदैन— तपाईंले गर्न चाहनुभएको चीजप्रति पूरै समर्पण भए पुग्छ ।
तनावमा हुँदा, तपाईंमा बोध हुन सक्दैन । आलस्यमा हुँदा, तपाईंमा बोध हुन सक्दैन । तपाईं प्रखर र आराममा हुनुहुन्छ भने मात्र, तपाईंले हरेक चीजलाई त्यसको वास्तविक रूपमा बोध गर्न सक्नुहुन्छ ।
हाम्रा पूर्खाहरूबिना हामी रहने थिएनौँ । हामी अघिका पुस्ताहरूले पुऱ्याउनुभएका योगदानप्रति कृतज्ञ रहनु विवेक हो ।
तपाईंको भौतिक शरीरलाई मात्र सीमा चाहिन्छ । तपाईंका अरू सबै पक्ष असीम बन्न सक्छन् ।
भक्ति यस्तो अवस्था हो जहाँ तपाईं रहनुहुन्न— जीवन तपाईंमार्फत मधुर भावले र सुन्दर तरिकाले प्रवाहित हुन्छ ।
मानव मनको सुन्दरता भनेको यसले कल्पना गर्न सक्छ । मानव मनको दुर्दशा भनेको यो कल्पनामै हराउन सक्छ ।
समाजले मानव चेतना निर्माण गर्नुहुँदैन । मानव चेतनाले समाज निर्माण गर्नुपर्छ ।
मन शक्तिशाली साधन हो । तपाईंले उत्पन्न गर्ने प्रत्येक विचार, प्रत्येक भावनाले तपाईंको शरीरको रसायन नै बदल्छ ।
यदि तपाईंको निम्ति आफ्ना चाहनाहरूभन्दा पनि आफू वरिपरिका मानिसहरू बढी महत्त्वपूर्ण बने भने, तपाईंको जीवन सरल र सानदार हुनेछ ।
सबै भावनाहरूमध्ये, करूणा सबैभन्दा मुक्तिदायक हुन्छ ।