Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
आफूले वास्तवमै सरोकार राखेको चीजप्रति तपाईं साँच्चिकै प्रतिबद्ध हुनुहुन्छ भने, पूरै विश्वले तपाईंलाई समर्थन गर्नेछ ।
संसारमा हामी जो हौँ, त्यो अनेक समय र परिस्थितिहरूले निर्माण गरेको हुन्छ । आफूभित्र हामी जो हौँ, त्यसलाई तिनले कहिल्यै निर्माण गर्नुहुँदैन ।
स्वयं जीवनभन्दा सर्वश्रेष्ठ विषय अर्को केही छैन ।
तपाईं रिस, असन्तोष र द्वेषबाट मुक्त हुँदा, तपाईंले जेसुकै छोए पनि, प्रेम र स्नेहले स्पर्श गर्नुहुन्छ ।
यदि तपाईंको बुद्धिले तपाईंका निम्ति काम गरेको भए, तपाईंले आफैँलाई दु:खी बनाउनु हुनेथिएन । आफूभित्र, तपाईंले उत्तम अवस्था सृजना गर्नु हुनेथियो— बाहिर, तपाईंले आफ्नो उत्तम गर्नु हुनेथियो ।
तपाईं जति गहन रूपमा सहभागी रहनुहुन्छ, तपाईंको जीवनको अनुभव त्यति नै गहन बन्छ ।
भोलि कसरी घटित हुन्छ भन्ने कुरा, आज तपाईं कसरी सोच्नुहुन्छ र महसुस गर्नुहुन्छ, अनि जीवनलाई कसरी बोध गर्नुहुन्छ भन्नेबाट निर्धारित हुन्छ ।
जीवन तिनका निम्ति उदार हुन्छ, जसलाई कसरी ग्रहण गर्ने भन्ने थाहा हुन्छ । जसले जीवनको अधिकतम उपयोग कसरी गर्ने भनेर जानेका हुन्छन्, तिनले तृप्ति अनुभव गर्छन् । यस तृप्तिको पूर्णिमामा, तपाईं जीवनको उदारताप्रति खुला रहनुस् ।
तपाईं कति लामो बाँच्नुहुन्छ भन्ने भन्दा पनि, जीवनको सम्पूर्ण सामर्थ्य बोध हुनु बढी महत्त्वपूर्ण हुन्छ ।
संसारमा जोकोहीसँग जानकारीहरू उपलब्ध भइरहेको स्थितिमा, शिक्षा वास्तवमा प्रेरणा बन्नुपर्छ, जानकारीरहरूको डङ्गुर होइन ।
तपाईंभित्र दुई ओटा मूल शक्तिहरूले निरन्तर काम गरिरहेका हुन्छन् : आफूलाई जोगाउने प्रवृत्ति र आफू फैलिने अभिलाषा । जब तपाईं आफूलाई जोगाउने अन्तर्निहित प्रवृत्तिबाट पर जानुहुन्छ, तपाईंको शरीरका प्रत्येक कोषिका सहज अवस्थामा रहन्छन् ।
यदि तपाईंले आफूमा प्रचुर ऊर्जा, स्वच्छ मन र प्रेमले भरिपूर्ण हृदय कायम राख्नुभयो भने, हरेक दिन नविन रोमाञ्चक यात्रा बन्दछ ।