Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईंं जति बढी विेशेष बन्न खोज्नुहुन्छ, तपाईंमा त्यति बढी चोट पुग्नेछ । सृष्टिले चाहे झैँ, बस् यहाँ रहनुस्, पग्लिनुस् अनि हावा र धरतीको अंश बन्नुस्, हरेक चीजको अंश बन्नुस् ।
यदि तपाईंले बाध्यात्मक रूपमा प्रतिक्रिया गर्नुभयो भने, तपाईं अहिले कस्तो हुनुहुन्छ भनेर बाहिरी परिस्थितिहरूले तय गर्छन् । तपाईंले सचेतपूर्वक प्रतिक्रिया जनाउनुभयो भने, तपाईंको खुसीयाली र कल्याण धेरै हदस्म्म तपाईंकै हातमा हुन्छ ।
यो यति छोटो जीवन हो— आफ्नो जीवनलाई सार्थक बनाउने एक मात्र तरिका भनेको त्यही गर्नुस्, जेप्रति तपाईं साँच्चिकै सरोकार राख्नुहुन्छ ।
डर, रिस र घृणा, मूलत: जीवन के हो भन्नेबारे सही दृष्टिकोणको अभावले गर्दा उत्पन्न हुन्छन् ।
जो मनुष्य आनन्दित, जिम्मेवार, अलिकति विवेकशील हुन्छ, उसले हरेक चीजमा मरेतुल्य गम्भीर रहनेहरूको तुलनामा निकै उत्तम तरिकाले चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्न सक्छ ।
यो दिन र यो समय ग्रहणशीलता, कृपा, बुद्धत्त्व र परम मुक्तिको हो । कामना छ, तपाईं सर्वोच्चका लागि प्रेरित रहनुहोस् ।
यदि कोही दुःखमा छन्, र त्यसले तपाईंलाई बिलकुलै दुःखी बनाउॅंदैन भने, यसको मतलब तपाईंले आफ्नो मानवतालाई पूरै गल्हत्याउनु भयो ।
हामीले संसारलाई इन्जिनियर गर्नुअघि, सबैभन्दा महत्त्वपूर्ण इन्जिनियरिङ यो हुन आवश्यक छ— आफू जस्तो बन्न चाहनुहुन्छ, तपाईं सोही रूपमा आफूलाई इन्जिनियर गर्नुहोस् ।
तपाईं जीवनसँग थोरै लीलामा रहने हो भने, हरेक क्षण उत्सव हुन्छ ।
मनुष्यका रूपमा तपाईं बनिसक्नुभएको छैन, तपाईं बन्दै हुनुहुन्छ, निरन्तर चलिरहेको प्रक्रिया झैँ । केही पनि निर्धारित छैन— तपाईं आफूले चाहेअनुसार जुनसुकै तरिकामा रहन सक्नुहुन्छ ।
तपाईंंसँग जेजति छ— तपाईंका सीप, तपाईंको प्रेम, तपाईंको खुसी, तपाईंको कुशलता, चीजहरू गर्न सक्ने तपाईंको सामर्थ्य— कृपया अहिल्यै देखाउनुस् । यिनलाई अर्को जुनीका लागि जोगाएर राख्ने प्रयास नगर्नुस् ।
तपाईं बच्चा हुँदा, तपाईं खुसीले गदगद हुनुहुन्थ्यो । अरूले तपाईंलाई दु:खी बनाउनुपर्थ्यो । आज, अरूले तपाईंलाई खुसी बनाउनुपरेको छ । मनको दलदलबाट जीवनको उमङ्ग र उल्लासमा फर्किने समय भएको छ ।