Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
योग कुनै व्यायाम होइन । योग आफू कस्तो स्थितिमा रहने भन्नेबारे हो ।
यदि तपाईं अरूबाट खुसी निचोर्न खोज्नुहुन्छ, र तिनले तपाईंबाट खुसी निचोर्न खोज्छन् भने, केही समयपछि सम्बन्ध पीडादायी बन्नेछ ।
तपाईं सफल हुन चाहनुहुन्छ, किनकि तपाईं खुसी हुन चाहनुहुन्छ । तर तपाईंले कसरी यत्तिकै आफैँ खुसी हुने भनेर जान्नुभयो भने, तपाईं सधैँ सफल रहनुहुन्छ ।
कहिल्यै पनि जीवनभरिको लागि भनेर साधना नगर्नुस् । आजको लागि मात्र गर्नुस् ।
नयाँ वर्षसँगै, हामी सबैका लागि सूर्यको ऊर्जा अत्याधिक सहायक भएको छ । आफूलाई लतारेर जीवन नबाँच्नुस्— नयाँ उत्साह र प्रखरता बोकेर आफूलाई जीवनमा होम्नुस् ।
केही गर्नु कर्म भए झैँ, केही नगर्नु पनि कर्म हो ।
तपाईंं समाजमा चलाख तर जीवनको सन्दर्भमा अति मूर्ख हुन सक्नुहोला ।
तनाव, चिन्ता वा डिप्रेसन, चाहे जेसुकै भन्नुस्— मूल रूपमा, तपाईंको बुद्धि तपाईंकै विरुद्धमा लागेको छ ।
जोजो जमिनमा आफ्नो दह्रो पदचिन्ह छाड्न चाहन्छन्, ती कहिल्यै उड्दैनन् ।
तपाईंको दिमाग तीक्ष्ण हुनुपर्छ— नत्र तपाईंले व्यङ्ग्य बुझ्नुहुन्न । जब तपाईंले व्यङ्ग्य बुझ्नुहुन्न, तपाईं नै व्यङ्ग्य बन्नुहुन्छ ।
आरोग्य भनेको रोग नहुनु मात्र होइन— बरू आफूभित्र पूर्णता महसुस हुनु हो ।
जब तपाईं कसैलाई भेट्नुहुन्छ, तिनलाई तपाईंको मधुर र सुन्दर पक्षले मात्र स्पर्श गर्नुपर्छ ।