Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
साँच्चिकै बुद्धिमानी मन न स्मृतिले प्रभावित हुन्छ, न कल्पनाले भ्रमित हुन्छ ।
अरूसँग अपेक्षाहरू गर्नु भनेको तपाईं तिनको जीवनलाई ठीक गर्न खोज्दै हुनुहुन्छ । आफ्नै जीवन ठीक गर्नुस्— त्यही स्वतन्त्रता हो ।
खुसी स्वयं तपाईंबाट सुरू हुन्छ— तपाईंका सम्बन्धहरू, जागिर वा पैसाबाट होइन ।
हामी जीवनप्रति संवेदनशील हुनुपर्छ— हाम्रा विचार, भावना, इख, विचारधारा वा मान्यताप्रति होइन । किनकि जीवनको सर्वोच्च महत्त्व छ ।
क्षमा गर्नु भनेको बिर्सिनु होइन । क्षमा गर्नु मतलब आफूमा कुनै तितो अनुभव नबोक्ने । किनकि त्यसले तपाईंको जीवनलाई बर्बाद गर्छ ।
पानी (जल) वस्तु होइन, बरु जीवन निर्माण गर्ने तत्त्व हो । तपाईंको शरीरको दुई–तिहाई हिस्सा जल हो । मानिसहरू जीवित रहन, यस वास्तविकताप्रति सचेत रहनु अपरिहार्य छ ।
तपाईं प्रेरणा चाहनुहुन्छ भने, पुस्तक पढ्नुस् । तर तपाईं साँच्चिकै अध्यात्मको मार्गमा हिँड्न चाहनुहुन्छ भने, एक मात्र तरिका भनेको आफूभित्र फर्किनुस् ।
एकएक मनुष्यलाई रूपान्तरण नगर्दासम्म, संसारमा कुनै रूपान्तरण हुनेछैन ।
तपाईं तिनको भएकाले, तिनले तपाईंलाई प्रेम गर्छन् भने, यसको अर्थ तपाईं तिनको सम्पत्ति बन्नुभयो । तपाईं जो हो, त्यसको लागि कसैले तपाईंलाई प्रेम गर्छन् भने, तपाईं सौभाग्यशाली हुनुहुन्छ ।
जङ्गलहरू, नदीहरू, हिमालहरू हामीभन्दा निकै विशाल जीवन हुन्, कैयौँ तरिकाहरूमा हाम्रा जीवनको स्रोत र भरणपोषण दाता हुन् । तिनलाई आफ्नो स्वरूपमा रहन दिन, हामीले गर्ने सबैथोकमा अलिकति सतर्कता र सावधानी जरूरी छ ।
मनुष्य हुनु अर्थात् चेतन रूपमा आफूले सकेको उत्तम गर्ने— ती सबैथोक र सबैजनाका निम्ति, जसको सम्पर्कमा आउनुहुन्छ ।
जब तपाईं आफू नाशवान् छु भन्नेप्रति चेतन रहनुहुन्छ, तपाईं कुनैपनि चीजबारे मरेतुल्य गम्भीर रहनुहुन्न, बरु सम्भव भएजति बढी प्रखर रूपमा बाँच्न उत्सुक रहनुहुन्छ ।