Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
मनुष्य हुनु भनेको आफूले गर्ने हरेक चीजमा सचेत हुन सक्षम बन्नु हो ।
जब तपाईँ र तपाईँको विचार प्रक्रियामा दुरी हुन्छ, एउटा नयाँ स्वतन्त्रताको जन्म हुन्छ । जब यो स्वतन्त्रता हुन्छ, नयाँ बोध उदय हुन्छ ।
तपाईंले जीवनलाई जान्ने एक मात्र द्वार भनेको स्वयं आफू हो । यसलाई खुला राख्नुहोस् ।
मनुष्य कुनै स्रोत साधन होइन । मनुष्य हुनु निकै विशाल सम्भावना हो । सही हुर्काई र प्रेरणा हुने हो भने उनीहरू अद्भुत मानिस बन्न सक्छन् ।
आफ्ना इच्छाहरू बढाउनुको सट्टा तपाईँले आफ्ना क्षमताहरूलाई बढाउनुभयो भने तपाईं यस जीवनमा सहजै, सानदार रूपमा अनि निकै राम्रो गरेर अघि बढ्नुहुनेछ ।
योगको उद्देश्य स्वर्ग जाने बारे होइन । बरु आफैंभित्र स्वर्गमय अनुभव निर्माण गर्ने बारे हो ।
तपाईँ विगत वा भविष्यबाट दुःखी बन्न सक्नुहुन्न किनभने तिनको अस्तित्व नै हुँदैन । तपाईँ जेबाट दुःखी बन्दै हुनुहुन्छ, त्यो तपाईंकै स्मृति र तपाईंकै कल्पना हुन् ।
तपाईंभित्रको जीवन तपाईंको शरीर, मन र भावनाका लागि काम गर्न रहेको होइन । बरू तपाईंको शरीर, मन र भावना तपाईंभित्रको जीवनको लागि काम गर्न रहेका हुन् ।
तपाईंको जीवन तपाईंको स्पष्टता र क्षमताबाट सञ्चालित होस्— संयोगवश वा अरू कसैको करुणा र दयाले होइन ।
पूर्ण रूपमा प्रस्फुरित मनुष्य हुनु भनेको आफ्नो जीवनको हरेक पक्ष, हरेक क्षणलाई भरपूर रूपमा बाँच्ने ।
ध्यान भनेको न एकाग्रता हो न आराम । एक किसिमले यो अन्तस्करणमा फर्किनु हो ।
हरेक चीज जस्तो छ, त्यसलाई ठीक त्यही रूपमा देख्नुभयो भने यसले तपाईंलाई यस जीवनमा सहजै अघि बढ्ने शक्ति र क्षमता प्रदान गर्छ ।