Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईं जति बढी सुरक्षा खोज्नुहुन्छ, आफ्नो जीवनमा हुने प्रत्येक परिवर्तनका बारेमा तपाईं त्यति बढी विचलित बन्नुहुनेछ ।
तपाईंको ध्यान तपाईंसँग मात्र सम्बन्धित छैन । यदि तपाईं साँच्चिकै ध्यानमग्न बन्नुभयो भने, कारण नजानेरै, तपाईं वरिपरिका सबैथोक शान्त बन्नेछन् ।
स्पष्टताको विकल्प आत्मविश्वास होइन । सफल बन्नका लागि, तपाईंलाई स्पष्टता चाहिन्छ, आत्मविश्वास होइन ।
यस पूर्णिमामा, गौतम बुद्ध पूर्ण रूपमा आत्मज्ञानी बने, अनि अध्यात्मको लहर सृजना गरे । आफ्नो आध्यात्मिक साधनाहरूलाई अझ प्रखर बनाउन, यो तपाईंका निम्ति प्रेरणा बनोस् ।
पथ नै गन्तव्य हो, अनि गन्तव्य चाहिँ पथभित्र लुकेको हुन्छ— सृष्टिभित्र सृष्टिकर्ता लुकेझैँ ।
यदि तपाईं शङ्कैशङ्कामा बाँच्नुहुन्छ, सबैजनाले तपाईंलाई फसाउन खोजिरहेका छन् भनेर सोचिरहनुहुन्छ भने, तपाईंले जीवनमा एकदमै ससाना चीजहरू मात्र गर्नुहुनेछ । भरोसा अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
त्यही ऊर्जा लाखौँ फरक तरिकाहरूमा अभिव्यक्त हुन्छ : पत्थर जसरी, रूख जसरी, पशु जसरी, मनुष्य जसरी, वा यसको सबैभन्दा सूक्ष्म रूप अर्थात् देवत्व जसरी ।
आफ्नो प्रेम, आफ्नो खुसी र आफ्नो उल्लासलाई नरोक्नुस् । त्यो मात्र तपाईंको गुण बन्छ, जे तपाईं दिनुहुन्छ, न कि तपाईंले रोकेर राखेका चीजहरू ।
ब्रह्माण्डमा तपाईं बस् धुलोको कण बराबर हो । तपाईंले आफ्नो अस्तित्वको परिप्रेक्ष्यलाई बुझ्ने हो भने, तपाईं स्वाभाविक रूपमा मौन बन्नुहुनेछ ।
जीवन भनेको तपाईंको सेरोफेरोमा भइरहेको नाटक होइन । जीवन त्यो मूलभूत आयाम हो, जुन स्वयं तपाईं हो ।