सद्‌गुरुः “जीवन पीडा हो वा आनन्द ?” मलाई कसैले सोधेका थिए । मैले जवाफ दिएँ, "यदि तपाईंसँग विकल्प भएको भए तपाईं के रोज्नुहुन्थ्यो ?"

प्रत्येकको रोजाइ सबैभन्दा उच्च स्तरको प्रसन्न भाव नै हो । यद्यपि, हामीले आफैँलाई दुःख–कष्ट निर्माण गर्ने मेसिन बनाएका छौँ । यो किन हो भने, हामीले आफ्नो मानसिक ढाँचामा यो सृष्टिलाई विभाजित गरेका छौँ । एकपटक जब तपाईं सृष्टीलाई "राम्रो" र "नराम्रो", स्वीकार्य र अस्वीकार्य भनेर विभाजन गर्नुहुन्छ, तपाईं आनन्दको सम्भावनालाई पूर्णतया परित्याग गर्नुहुन्छ ।

आधुनिक विज्ञान र योग–परम्पराले यो स्वीकार गरेका छन् कि ब्रम्हाण्डको केन्द्र भनेको मूलतः निश्चलता (स्थिरता) हो । हामीलाई बिग ब्याङ्गको सिद्धान्त र आकाशगङ्गfहरू विस्फोट भएका सिद्धान्तहरूका बारेमा थाहा भए तापनि, ब्रम्हाण्डको विशाल हिस्सा शून्य रहेको छ । यसलाई योग परम्परामा "शि-व" अर्थात् “त्यो जुन छैन" भनिन्छ । यही सृष्टिको मूल स्रोत हो, परमाणु देखि ब्रम्हाण्ड सम्मको मूलभुत आधार हो । यदि मानिसहरूलाई भौतिक र मानसिकभन्दा पर जीवनलाई जान्नु छ भने, यो अपरिहार्य छ कि उनीहरू स्थिर बन्नुपर्छ ।

यही स्थिरताबाट गतिशीलता उत्पन्न हुन्छ, जसले ब्रम्हाण्डलाई व्यक्त हुन वा प्रकट हुन दिन्छ । यसैले सृष्टिलाई यति समृद्ध बनाएको छ । यही उल्लासले हामीलाई जीवनमा सहभागी हुन दिन्छ, सृष्टिसँग संलग्न हुने अनुमति दिन्छ । मानव शरीर प्रत्येक क्षण सिधै मृत्युतर्फ लम्किरहेको हुन्छ, जबकि मन चाहिँ भ्रम र अन्यौलको स्थितिलाई अझ प्रखर बनाउन तल्लीन भएको हुन्छ । उत्साह नहुँदो हो त मानिसको जीवन साँच्चिकै असम्भव हुने थियो ।

तथापि, तर्कहीन र विरोधाभाषपूर्ण जस्तो आभास हुने सृष्टिसँग संलग्न हुनको लागि हामीलाई मादकता जरूरी हुन्छ । यही मादकताले शिवलाई वैरागी र नर्तक, तपस्वी र गृहस्थको मोहक मिश्रण बनाएको छ । यही मादकताले उनलाई अनुरागी र वैरागी बनाएको छ— जीवनसँग गहिरो रूपमा संलग्न छन्, यद्यपि त्यसबाट अछुतो रहेका छन् ।

पौराणिक कथाहरूमा प्रायः शिवलाई जतिबेला पनि नशाको अवस्थामा रहेको देखाइन्छ । तर, शिव नशा उपभोग गर्दैनन् । उनी स्वयं नशा हुन— नशाको मूल स्रोत हुन् ।

हामी शुरुदेखि नै विभिन्न तरिकाहरूले मादकता वा नशामा रहने प्रयास गरिरहेका छौँ । कोही यसलाई प्रेमको माध्यमले खोज्ने प्रयास गर्छन् । कोही मदिरा र अन्य यस्तै रासायनिक पदार्थको सहारा लिन्छन् । मादकता भनेको मूलतः घर्षण कम गर्ने माध्यम हो, संसारसँगको संलग्नतालाई सहज बनाउने माध्यम हो । मादकताले हामीलाई जस्तोसुकै परिस्थितिमा समेत नम्य र परिवर्तनशील भई जीवनसँग खेल्नका लागि समर्थ बनाउँछ— सङ्घर्ष र द्वन्द्वको डरले आफ्नो सहभागिता र संलग्नतालाई कम गर्ने होइन ।

मादक पदार्थहरूमा एउटै समस्या यो छ कि यसले हाम्रो क्षमता र सामर्थ्यलाई नष्ट गर्दछ । यद्यपि, यदि हामीले आफूभित्रको नशा वा मादकताको उपयोग गर्न सक्यौँ भने, हाम्रो शारीरिक र मानसिक गतिविधिहरू पूर्णतया सहज र निर्बाध हुनेछन्, जसले हाम्रो क्षमतालाई अझ वृद्धि गर्दछ— र, त्यसबेला पनि हामी चरम आनन्दको अवस्थामा हुनेछौँ । पौराणिक कथाहरूमा प्रायः शिवलाई जतिबेला पनि नशाको अवस्थामा रहेको देखाइन्छ । तर, शिव नशा उपभोग गर्दैनन् । उनी स्वयं नशा हुन्— नशाको मूल स्रोत हुन् ।

यी तीन गुणहरूलाई हामी होहपूर्वक कसरी आफ्नो जीवनमा विकसित गराउन सक्छौँ ? महाशिवरात्रि एउटा अद्भुत रात हो, जहाँ हामी पूर्ण विकसित मानवमा प्रस्फुरित हुन सक्दछौँ । तपाईं यो सरल अभ्यासलाई प्रयोग गरेर हेर्न सक्नुहुन्छ । पूरै दिनमा, विभिन्न समयहरूमा कुनै पनि आसनमा रहँदा स्थिर र मौन रहने प्रयास गर्नुहोस् । सूर्यास्त भएपछि आफूमा उत्साह, उन्माद र नृत्य ल्याउनुहोस् । यदि तपाईं दिउँसो स्थिर रहेर रातभरी जाग्राम बस्नुभयो भने, तपाईंले आफूमा एक प्रकारको मादकता फैलिएको अनुभूति गर्नुहुनेछ ।

जो व्यक्तिमा शिव व्याप्त हुन्छन् वा फैलिएका हुन्छन्, उसलाई कुनै पनि चीजको तीव्र चाहना गर्नु पर्दैन, कुनै पनि चीजप्रति रुन-कराउन पर्दैन । अब कुनै पनि कुराले महत्त्व राख्दैन । जब कुनै पनि कुराले महत्त्व राख्दैन, तब सबैथोकले महत्त्व राख्दछ ! जब केही विशेष कुराहरू मात्र महत्वपूर्ण हुन्छन्, तब तपाईं उल्झनमा पर्नुहुन्छ, बन्धनमा फस्नुहुन्छ । जब सबैथोकले महत्त्व राख्छ, तब तपाईं स्वतन्त्र बन्नुहुन्छ ! त्यसबेला, तपाईं जीवनको अत्यन्तै मादक स्वच्छन्दता वा खुलापनले निथ्रुक्कै भिज्नुहुन्छ । तपाईंले जीवनको शिखरलाई स्पर्श गर्नुभएको हुन्छ । जब तपाईं त्यो प्रखर, केन्द्रिकृत, विशुद्ध जीवनको सम्पर्कमा आउनुहुन्छ, त्यसबेला तपाईंले वास्तवमा "शिव" लाई स्पर्श गर्नुभएको हुन्छ ।

Watch the #YogiShiva Webseries

 

Editor’s Note: Celebrate Mahashivratri at the Isha Yoga Center with explosive guided meditations accompanied by dance and music, nightlong satsang with Sadhguru, musical performances by eminent artists. Bask in the Grace of Shiva, The AdiYogi! Visit the Mahashivratri webpage for details on the many ways you can participate.

This articles was first published in Speaking Tree