Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
मातृत्वको सुन्दरता बच्चा जन्माउनुमा हुँदैन, बरू अर्को जीवनलाई आफ्नै अंशको रूपमा समावेश गर्ने इच्छुकतामा हुन्छ ।
राम्रोपन मानिलिइएको स्थिति हो । आनन्द वास्तविक अनुभव हो ।
यदि तपाईंले ब्रह्माण्डको अर्को भागबाट पृथ्वीलाई हेर्नुभयो भने, हामी सबै अर्को लोकका जीवहरू हौँ ।
On this day, Gautama the Buddha realized there is no going towards Truth. If you become available, it is right here.
शरीर र मन अद्भुत साधन हुन् । तर तिनलाई उचाइमा पुग्ने बनाउन, तपाईंले तिनलाई सही तरिकाले सम्हाल्न सिक्नुपर्छ ।
मानव जीवन जीविकामा मात्र टुङ्गिदैन । आफ्नो जीविका सुनिश्चित भएपछि मात्र मानव जीवन सुरूवात हुन्छ ।
प्रेम कुनै लेनदेन होइन । यो तपाईंभित्र घटित हुने सुन्दर चीज हो । यो बाहिर अभिव्यक्त हुन सक्ला, तर यो भित्रबाटै आउँछ ।
कसैलाई पनि खुसी पार्न नखोज्नुस् । यदि तपाईं साँच्चिकै आनन्दित हुनुहुन्छ र तपाईंमा मानवता ओतप्रोत छ भने, तपाईं सबैसँग सहज रहनुहुनेछ ।
तपाईंको कार्यतालिकाले तपाईंलाई मारिरहेको होइन । बरू आफ्नै विचार र भावनाहरूमा अल्झिरहने प्रवृत्तिले त्यसो भएको हो ।
कुनै पनि अवरोध तब मात्र बाधा बन्छ, जब तपाईं त्यसका लागि तयार हुनुहुन्न । जब तपाईं आवश्यक आन्तरिक कार्य गर्नुहुन्छ, त्यही अवरोध सफलताको खुड्किलो बन्छ ।
मानिसहरू आफ्नो खोपडीमा कुनै स्पष्टताबिना अत्यन्तै दृढनिश्चित छन् । यो दुर्दशा हो ।
जब तपाईंको हृदय पूर्ण हुन्छ र मन स्वयं तपाईंबाट मुक्त हुन्छ, तपाईंका पैताला स्वत: नाच्नेछन् ।