Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईं को हो भनेर परिस्थितिहरूले निर्धारण गर्ने नभई परिस्थितिहरू कस्ता हुने भनेर तपाईंले निर्धारण गर्नुहुन्छ भने, त्यो नै सफलता हो ।
यदि तपाईंले रोज्ने हो भने, तपाईं यस क्षणमा आनन्दित बन्न सक्नुहुन्छ । तपाईंले बस् यो विकल्प रोज्नुपर्ने हुन्छ ।
यदि तपाईं चेतन रहेर जागा अवस्थाबाट निद्रामा जान सक्ने हो भने, तपाईं जीवनबाट मृत्युमा समेत चेतन रूपमा जान सक्नुहुन्छ ।
मनुष्य बीज जस्तै हो । तपाईं कि त आफू जस्तो हुनुहुन्छ, त्यस्तै रहन सक्नुहुन्छ, वा आफूलाई फूल र फलहरूले लटरम्म सानदार रूखमा हुर्काउन सक्नुहुन्छ ।
धरती आमाको काखमा, हामीले पोषण पाइरहेका छौँ । स्वाभाविक रूपमा, हामी उनीप्रति कृतज्ञ र आभारी रहनुपर्छ ।
तपाईंको मन आगोको गोला जस्तै हो । तपाईंले यसलाई लगाम लगाउनुभयो भने, यो सूर्य जस्तै बन्न सक्छ ।
जब तपाईं आफूलाई आफूले चाहे जसरी निर्माण गर्न सक्षम बन्नुहुन्छ, तपाईंले आफ्नो नियतिलाई समेत आफूले चाहे जसरी रचना गर्न सक्नुहुन्छ ।
वसन्त ऋतुको सुन्दरता यो हो : फल अझै आउन बाँकी छ, तर बोटको फूल चाहिँ वाचा र सम्भावना हो ।
मेरा निम्ति, जीवन, तपाईंले के गर्नुहुन्छ भन्नेसँग सम्बन्धित छैन, बरु यो सम्पूर्णतया तपाईंले कसरी गर्नुहुन्छ भन्नेसँग सम्बन्धित छ ।
तपाईंले चाहे जेसुकै गरे पनि, बस् यो हेर्नुस्— यो सम्पूर्णतया तपाईंका लागि हो, वा सम्पूर्णको कल्याणका लागि हो । यसले राम्रो र नराम्रो कर्मबारे रहेका जुनसुकै द्विविधालाई मत्थर पार्छ ।
आवश्यक ऊर्जाबिना, चेतन रहनु अत्यन्तै कठिन हुन्छ । त्यसकारण, साधना र योग अभ्यासहरू— ऊर्जालाई माथि प्रवाहित गर्न ।
अधिकांश मानिसहरूमा भावना सबैभन्दा शक्तिशाली तागत हो— ती मानिसहरूमा समेत, जो आफूलाई बुद्धिप्रधान मान्छन् ।