Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईंका जीवन परिस्थितिमा जस्तोसुकै सङ्कट आइरहेका भए पनि, आफू स्वयंलाई सङ्कटग्रस्त नबनाउनुस् ।
शिक्षण पेशा बन्नुहुँदैन— यो हुटहुटी जस्तो बन्नुपर्छ । तब मात्र शिक्षा जानकारीहरू थोपर्ने प्रवृत्तिबाट सत्यको गहिरो खोज गर्ने प्रक्रिया बन्छ ।
तनाव जीवनको स्वाभाविक हिस्सा होइन । आफ्नो प्रणालीलाई व्यवस्थापन गर्न तपाईं अक्षम भएकाले नै तनाव उत्पन्न हुने गर्छ ।
तपाईंले आफ्नो् नाशवान् प्रकृतिलाई प्रत्यक्ष सामना गर्नुभयो भने मात्र, भौतिकबाट पर जाने अभिलाषा साँच्चिकै सशक्त बन्छ । अन्यथा, आध्यात्मिक प्रक्रिया बस् मनोरञ्जन बन्छ ।
आफूप्रति अरूको स्नेह वा ध्यानको आवश्यकताबिना, सबैप्रति स्नेह बर्साउन सक्षम बन्नु— यो नै स्वतन्त्रता हो ।
आध्यात्मिकता भनेको राम्रो, शान्त जीवन भनेर नसोच्नुस् । यसको अर्थ हो, निरन्तर दन्किनु ।
व्यक्तिको आँखा वा नाकको आकार जस्तोसुकै भए पनि, आनन्दित अनुहार सधैँ सुन्दर हुन्छ । आनन्द बन्नुस्— सुन्दर बन्नुस् ।
तपाईंका धारणारहरू पर्खाल हुन्— केवल अरूका निम्ति नभई स्वयं तपाईंका निम्ति समेत । मन सङ्कुचित हुनु मतलब सम्भावनाहरू सङ्कुचित र बन्द हुनु ।
तपाईं आफ्नो बारेमा जे सोच्नुहुन्छ र अरूले तपाईंबारे जे सोच्छन्, त्यसको कुनै अस्तित्वगत महत्त्व हुँदैन ।
सदियौँदेखि, हाम्रा नदीहरूले हामीलाई आमाले झैँ समाहित एवं पालनपोषण गरेका छन् । अहिले नदीहरूलाई हामीले समाहित एवं हेरचाह गर्ने समय भएको छ ।
आफू पूर्ण बन्नका लागि तपाईंले केही गनुपर्दैन, केही सोच्नुपर्दैन, केही महसुस गर्नुपर्दैन । मूल रूपमा, तपाईं पूर्ण जीवन नै हो ।
मनुष्यका रूपमा, यो नसोच्नुस् कि जीवनले तपाईंलाई कता लैजान्छ । यो सोच्नुस्, तपाईं यसलाई कता लैजान चाहनुहुन्छ ।