Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
खुसी तपाईंले कतैबाट प्राप्त गर्ने होइन । यो त आफ्नो मूल स्वरूपमा फर्किनु हो ।
Bharat’s nationhood predates all religion. We were one Nation then, and we are one Nation now. Our pursuit of Mukti – Liberation – has always held us together.
युवा हुनुको भाव उमेरसँग सम्बन्धित हुँदैन, बरू आफ्नो जीवन्तता र सहभागीतासँग सम्बन्धित हुन्छ ।
कामवासना तीव्र आवश्यकता हो । प्रेम आवश्यकता होइन, बरू गहिरो धोको हो । तपाईं प्रेममा हुँदा, तपाईं सहज स्थितिमा रहनुहुन्छ— बढी केही पनि आवश्यक पर्दैन ।
स्थिरता, उल्लास र नशा— जब यी सबै तपाईंभित्र एकैसाथ घटित हुन्छ, जीवन आफ्नो सर्वोच्च सम्भावनामा रहन्छ ।
मेरो आध्यात्मिकता यति कमजोर छैन कि यसको लागि कुनै गुफा चाहियोस् । म बजारको भीडभाडमा बसेर पनि उस्तै रहन सक्छु ।
यदि तपाईं आफ्नै अहंकारले भरिनुभएको छ भने, जीवनले तपाईंलाई रगड्नैपर्छ । यसको अरू कुनै उपचार छैन ।
पूर्णतया जीवित हुनु सानदार हो । आधा-अपुरो जीवित हुनु यातना हो ।
जे हिजो भइसक्यो, त्यसबाट तपाईं आज पीडित हुनुहुन्छ भने, तपाईं आफ्नो स्मृतिबाट पीडित भइरहनुभएको छ— जीवनबाट होइन ।
खुसीयाली र पीडा दुवै तपाईंभित्रबाट हुन्छन् । छनौट तपाईंको हो ।
म यसरी बनेको छैन कि प्रशंसाले मलाई उठाओस् र अपमानले मलाई पछारोस् । मैले त्यस्तो अधिकार कसैलाई पनि दिएको छैन ।
तपाईंको जीवन तपाईंको कर्म हो— यो तपाईंले बनाउनुभएको हो । जबसम्म तपाईं यो बुझ्नुहुन्न, तपाईंको जीवन वास्तवमा तपाईंको होइन ।