नाग अश्विन: मेरो पुस्ताका युवाहरू अनि मेरा भाइ-बहिनीका उमेरकाहरूमा समेत अहिले मदिराको सेवन र दुर्व्यसनको लत बसेको छ । कलिलो उमेरका केटाकेटीहरू, स्कुल पढ्दै गरेका विद्यार्थीहरू समेत कुनै बहानाको रूपमा वा केहीबाट पन्छिनको निम्ति नशालु पदार्थहरूको सेवन गरिरहेका छन् । यो स्थिति निकै भयानक र डरलाग्दो देखिन्छ । म तपाईंबाट यो जान्न चाहन्छु कि अहिलेका केटाकेटीहरू किन यसको प्रयोग गरिरहेका छन् अनि यसको लतबाट बाहिर निस्किने सबैभन्दा उत्तम तरिका के हुन सक्दछ ?


सद्‌गुरुः नमस्कारम्, नाग ! मलाई तपाईंको नाम मन पऱ्यो । कोब्राहरू (नाग) मेरा निम्ति सदैव प्रिय रहेका छन् । सायद तपाईंलाई यो थाहा नहुन सक्छ, नागको विषलाई निश्चित तरिकाले प्रयोग गरिने हो भने, यसले समेत नशाको काम गर्दछ ।  

जीवन निर्वाहभन्दा परको खोज

समाजमा नशाको आवश्यकता बढ्नुका थुप्रै कारणहरू छन् । एउटा मूलभूत कुरा के हो भने, अहिले मानिसहरूले आफ्नो जीविकाको लागि संघर्ष गर्नुपरेको छैन । समाजको एउटा ठूलो हिस्सा जीवन निर्वाहको लागि संघर्ष गर्नुपर्ने स्थितिबाट माथि उठिसकेको छ । जब जीविका सुनिश्चित हुन्छ, मानिसहरूले केही यस्ता चीजहरू पत्ता लगाउनु पर्ने हुन्छ, जसमा उनीहरूको रुचि हुन्छ अनि तनमनले त्यसमा संलग्न हुन सकिन्छ । यदि त्यसो भएन भने, त्यो समाजमा सुख र नशाको आवश्यकता स्वाभाविक रूपमा बढ्दछ । यसैकारण, यो अत्यन्तै महत्त्वपूर्ण छ कि यदि आमाबुबा सम्पन्न छन् भनेपनि, बच्चाहरू निश्चित उमेरसम्म नपुगुन्जेल उनीहरूलाई सम्पन्न्ता वा विलासिता थाहा हुनुहुँदैन ।

कसैको जीवनमा सम्पत्ति आउनुअघि, उसमा अनुशासन, संलग्नता अनि जीवनसँग गहिरो रूपमा घुलमिल हुने भावना आउनु अपरिहार्य छ । अन्यथा, त्यही सम्पत्ति टाउकोको बोझ बन्न थाल्दछ । अहिलेको पुस्तालाई यही भइरहेको हो ।

यस संस्कृतिमा, राजाहरूले समेत आफ्ना सन्तानहरूलाई गुरुकुलमा पठाउँथे, जहाँ उनीहरू अरू सामान्य बच्चाहरूसँगै अध्ययन गर्दथे अनि सबैजना आफ्ना मूलभूत आवश्यकताहरू मात्रै पूरा गरी बाँच्दथे । कसैको जीवनमा सम्पत्ति आउनुअघि, उसमा अनुशासन, संलग्नता अनि जीवनसँग गहिरो रूपमा घुलमिल हुने भावना आउनु अपरिहार्य छ । अन्यथा, त्यही सम्पत्ति टाउकोको बोझ बन्न थाल्दछ । अहिलेको पुस्तालाई यही भइरहेको हो ।

आवश्यक क्रियाकलाप अनि हेरचाहको अभाव

अर्को कारण यो हो कि हिजोआज धेरै हदसम्म आमाबाबु दुवै काम गर्नुहुन्छ । बच्चालाई सुरुवाती उमेरमा जुन ध्यान दिनुपर्ने हुन्छ, त्यो उनीहरूले पाइरहेका छैनन् । यसैकारण स्वाभाविक रूपमा बच्चाहरूको ध्यान भट्किरहेको छ । अर्को कुरा के हो भने, अहिले पर्याप्त शारीरिक क्रियाकलापहरू पनि भइरहेका छैनन् । जब तपाईंलाई आफ्नै शरीरको तन्दुरुस्तीको आनन्द थाहा हुँदैन, तपाईंले आनन्दको लागि नशा रोज्नुहुन्छ । जब तपाईं यो जान्नुहुन्न कि आफ्नो पूरै प्रणाली जीवन्त र उर्जावान् हुनुको आनन्द के हो, तब तपाईंले आनन्दको लागि केवल एउटा चीज रोज्नुहुन्छ— नशा । अनि अहिले, लागूपदार्थले नशाको आनन्द दिने मात्र नभई केही समयको लागि उर्जावान् समेत बनाउँछ । त्यसैले, अहिलेको पुस्ता व्यापक रूपमा त्यसतर्फ लागिरहेको छ ।

अहिलेको पुस्ता लागू-पदार्थतर्फ बढ्नुको अर्को महत्त्वपूर्ण कारण के हो भने, उनीहरूलाई स्वर्गको बारेमा जे-जति सपनाहरू देखाइएको थियो, त्यो चकनाचुर भइरहेको छ ।

अहिलेको पुस्ता लागू-पदार्थतर्फ बढ्नुको अर्को महत्त्वपूर्ण कारण के हो भने, उनीहरूलाई स्वर्गको बारेमा जे-जति सपनाहरू देखाइएको थियो, त्यो चकनाचुर भइरहेको छ । सायद उनीहरू अझैपनि यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिरहेका छैनन् । यो भन्नको लागि उनीहरूमा कि त स्पष्टता छैन वा भनौँ साहस छैन । तर, निकै लामो समयसम्म हामीले मानिसहरूलाई यही भन्दै सम्हालेका थियौँ, "यदि तपाईं यी सबै चीजहरूबाट टाढै रहनुभयो भने, स्वर्गमा तपाईंले यो भरपूर मात्रामा पाउनुहुनेछ ।" तर, अब स्वर्गहरू भत्किरहेका छन्, त्यसैले उनीहरू यहीँ पिउने कोसिस गरिरहेका छन् । यस्तै अरू थुप्रै पक्षहरू समेत छन् । मूलभूत रूपमा, व्यक्तिमा आफ्नो जीवन निर्वाह गर्नको लागि शारीरिक संघर्ष गर्नुपर्ने आवश्यकता बाँकी रहेन । यसले नै नशाको आवश्यकतालाई अझ बढाएको हो ।

समाधान के हो ?

त्यसोभए, यसका समाधानहरू केके हुन् ? यो अत्यन्तै जरूरी छ कि तपाईं आफ्ना हुर्कँदै गरेका बच्चा-बच्चीहरूलाई खेलकुद लगायत अन्य प्रखर गतिविधिहरूमा सहभागी गराउनुहोस् । यस्ता गतिविधिहरू प्रकृतिसँग जोडिने खालको हुनुपर्छ । जस्तै किः ट्रेकिङ्ग, पर्वतारोहण, पौडी आदि । उनीहरूमा कला, संस्कृति र अन्य यस्तै चीजहरूप्रति विशेष अभिरुचि जगाइनु पर्दछ । उनीहरूले आफ्नो बुद्धि, आफ्नो भावना र आफ्नो चेतनाको आनन्द लिन सिक्नुपर्दछ ।

यो अत्यन्तै महत्त्वपूर्ण छ कि बच्चाहरू विभिन्न प्रकारका क्रियाकलापहरूमा संलग्न हुनुपर्दछ अनि पूरै तनमनले ती कामहरूमा सहभागी हुनुपर्दछ । यसले निश्चय नै मादक पदार्थ र लागू-औषधिको आवश्यकतालाई कम गर्दछ ।

जब व्यक्तिले आफ्नो मनको सुख लिन सुरु गर्दछ, आफ्नो तीक्ष्ण बुद्धि, आफ्नो भावना अनि चेतनशील हुनुको आनन्द लिन थाल्दछ, तब शरीरका सुखहरूमा लिप्त हुने प्रवृत्ति अविश्वसनिय तरिकाले स्वतः कम हुन्छ । अतः यो अत्यन्तै महत्त्वपूर्ण छ कि बच्चाहरू विभिन्न प्रकारका क्रियाकलापहरूमा संलग्न हुनुपर्छ अनि पूरै तनमनले ती कामहरूमा सहभागी हुनुपर्छ । यसले निश्चय नै मादक पदार्थ र लागू-औषधिको आवश्यकतालाई कम गर्दछ ।

तर, हामीले यो पनि बुझ्न जरूरी छ कि अचेल मदिराको भयङ्कर मार्केटिङ्ग (बजार प्रवर्द्धन) भइरहेको छ । माफ गर्नुहोस्, तर फिल्महरूले नै यसको प्रचार-प्रसार गरिरहेका छन् । साथै, जताततै यसलाई यसरी प्रस्तुत गरिँदै छ कि मानौँ यो सामाजिक चीज हो— जबसम्म तपाईं पिउनुहुन्न, तपाईंको कुनै काम छैन ! मानिसहरू मलाई सोध्छन्, "सद्‌गुरु, के तपाईं पिउनुहुन्छ ?" म भन्छु, "हजुर, म पानी पिउँछु ।" उनीहरू मलाई यसरी हेर्छन् कि मानौँ म कुनै अनौठो प्राणी हुँ । "पानी मात्रै ?" हो, तपाईंले पिउन सक्ने सबैभन्दा उत्तम चीज भनेकै पानी हो, किनकि शरीरको बनावटमा ७०% भाग पानी हो । निश्चय नै यो शरीर पानीले बनेको हो, रक्सीले होइन !

नशा, आफूभित्रबाट सृजना गर्नुहोस्

मानव प्रणाली सबैभन्दा विशाल रासायनिक कारखाना हो । यदि तपाईं नशामा उन्मत्त हुन चाहनुहुन्छ भने, तपाईंले यसलाई आफूभित्रबाट उत्पन्न गर्न सक्नुहुन्छ— यस्तो नशा जसले तपाईंलाई नशामा उन्मत्त बनाउँछ, साथसाथै पूरै होसमा राख्दछ । हामीले आफ्ना बच्चा र युवाहरूलाई यस्तै किसिमको नशासँग परिचय गराउनुपर्छ । यसैकारण, सबैको जीवनमा योगको तकनिकी भित्र्याउनको लागि हामी थुप्रै प्रयासहरू गरिरहेका छौँ । यदि तपाईं आफूभित्र केही निश्चित अवस्थाहरूमा पुग्नुभयो भने, तपाईंले यस्तो नशाको स्वाद जान्नुहुनेछ, जुन कुनै लागूऔषधि र मदिराले कहिल्यै उत्पन्न गर्न सक्दैनन् । साथसाथै, तपाईं पूर्णतः होसमा वा सचेत रहनुहुनेछ, र यसले तपाईंको स्वास्थ्य र खुसियालीको सन्दर्भमा अद्‌भुत चमत्कारहरू गर्नेछ ।

यस्ता तरिका र विधिहरू छन्, जसको अभ्यासले मनिसहरू आफूभित्र फर्किन सक्छन् अनि जीवनको सबैभन्दा उच्च सुखहरू जान्न सक्दछन् । हामीले हाम्रा युवा-पुस्ताहरूलाई यो अनुभव गराउनै पर्छ । जबसम्म तपाईं उनीहरूलाई कुनै विकल्प दिनुहुन्न, उनीहरू पुनः त्यही बोत्तल वा त्यही चक्कीको सहारा लिइरहन्छन् ।

हामीले चीजहरूलाई प्राविधिक रूपमा राम्रोसँग गर्न सिक्ने समय भएको छ । यस्ता तरिका र विधिहरू छन्, जसको अभ्यासले मनिसहरू आफूभित्र फर्किन सक्छन् अनि जीवनको सबैभन्दा उच्च सुखहरू जान्न सक्दछन् । हामीले हाम्रा युवा-पुस्ताहरूलाई यो अनुभव गराउनै पर्छ । जबसम्म तपाईं उनीहरूलाई कुनै विकल्प दिनुहुन्न, उनीहरू पुनः त्यही बोत्तल वा त्यही चक्कीको सहारा लिइरहन्छन् ।

यतिखेर, तपाईंको अवस्था यस्तो छ कि तपाईंलाई स्वस्थ हुनको लागि रसायन चाहिन्छ; शान्त हुनको लागि रसायन चाहिन्छ; आनन्दित हुनको लागि रसायन चाहिन्छ । अथवा, आफूभित्र केही अनुभव गर्नको लागि पनि तपाईंलाई रसायन चाहिन्छ । तपाईंले यो बुझनु अपरिहार्य छ कि जब एउटा पिँढी नै यस तरिकाले रसायन (केमिकल) को प्रयोग गर्दछ— यदि नब्बे प्रतिशत मानिसहरूले दैनिक रूपमा कुनै प्रकारको औषधि वा रसायनको प्रयोग गर्ने हो भने, हामीमार्फत आउने भावी पुस्ता कैयौँ रूपहरूमा हामीभन्दा कम हुनेछन् ।

यो मानवजाति प्रतिको अपराध हो । हामी सबैजना यो तथ्यप्रति ब्युँझिनुपर्छ अनि आवश्यक चीज गर्नुपर्छ ।

Editor's Note: Whether you're struggling with a controversial query, feeling puzzled about a taboo topic, or just burning with a question that no one else is willing to answer, now is your chance to ask! Ask Sadhguru your questions at UnplugWithSadhguru.org.

Youth and Truth Banner Image