चन्द्र ग्रहणको बेला के हुन्छ ?

सद्‌गुरुः चन्द्रमाको एउटा पूरा चक्रको समयमा २८ दिनमा जे-जति चीजहरू हुन्छन्, चन्द्र ग्रहणको बेला ती सबै २/३ घण्टाभित्रै सूक्ष्म रूपमा भइरहेका हुन्छन् । ऊर्जाको सन्दर्भमा हेर्ने हो भने, पृथ्वीको ऊर्जाले यो ग्रहणलाई गल्तीले चन्द्रमाको पूरा चक्रको रूपमा लिन्छ । ग्रहणको समयमा पृथ्वीमा केही यस्ता चीजहरू हुन्छन्, जसले गर्दा आफ्नो प्राकृतिक अवस्थाबाट पर पुगेका चीजहरू एकदमै छिटो बिग्रन वा खराब हुन थाल्छन् । यसैकारण, काँचो फल र तरकारीहरूमा कुनै परिवर्तन नभए तापनि पकाइएको खानामा भने ग्रहण अघि र पछि स्पष्ट भिन्नता हुन्छ । ग्रहणअघि पौष्टिक आहारको रूपमा रहेको खानेकुरा, ग्रहणपछि विषमा बदलिन्छ ।

विष यस्तो चीज हो जसले तपाईंको चेतनालाई नष्ट गर्दछ । यदि यसले तपाईंको चेतनालाई हल्का रूपमा नष्ट गऱ्यो भने, तपाईं सुस्त वा अल्छी बन्नुहुन्छ । यदि यसले तपाईंको चेतनालाई केही हदसम्म नष्ट गऱ्यो भने, तपाईं निदाउनुहुन्छ । यदि यसले तपाईंको चेतनालाई पूर्ण रूपमा नष्ट गऱ्यो भने, तपाईं मर्नुहुन्छ । अल्छीपन, निन्द्रा र मृत्यु— यो क्रमशः आउने अवस्था हो । अरू दिनमा खाना जति समयमा बिग्रिन्छ, त्यसको दाँजोमा ग्रहणको बेला पकाइएको खाना निकै छिटो बिग्रिन थाल्दछ ।

ग्रहणको बेला खान नहुने वैज्ञानिक कारण

यदी ग्रहणको समयमा तपाईंको शरीरमा खाना छ भने, दुई घण्टाको अन्तरालमा तपाईंको ऊर्जा लगभग अट्ठाइस दिनपछिको अवस्थामा पुग्छ । त्यसोभए, के यसको अर्थ तपाईंले त्यसबेला काँचो खाना खान सक्नुहुन्छ भन्ने हो ? होइन । किनकि, यो तपाईंको शरीरमा जाने बित्तिकै, तपाईंको पेटमा भएको पाचरसले आक्रमण गरेर त्यसलाई मार्दछ । यो आधा-पाकेको खाना जस्तै हुन्छ अनि यसमा पनि ग्रहणको प्रभाव उस्तै हुन्छ ।

पकाइएको खानामा ग्रहण अघि र पछि स्पष्ट भिन्नता हुन्छ । ग्रहणअघि पौष्टिक आहारको रूपमा रहेको खानेकुरा, ग्रहणपछि विषमा बदलिन्छ ।

यो खानाको सम्बन्धमा मात्रै हुने होइन । तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यसमाथि पनि यसको असर पर्दछ । तपाईं वास्तवमा जो हो, त्यो स्वाभाविक आयामबाट यदि तपाईं पर जानुभएको छ भने, यी शक्तिहरूले तपाईंलाई सहजै प्रभावित गर्नेछन् । यदि तपाईं आफ्नो स्वाभाविक अवस्थामा हुनुहुन्छ भने, तपाईंमाथि यी शक्तिहरूको असर निकै कम हुन्छ ।

सद्‌गुरुले  भिडियोमा रुद्राक्षको प्रयोग गरी यसलाई प्रमाणित गर्दै हुनुहुन्छ । हिन्दीमा डब गरिएको सद्‌गुरुको भिडियो

चन्द्रमाको चक्रले मानव प्रणालीमा शारीरिक, मानसिक र ऊर्जाको स्तरमा प्रभाव पार्दछ । हाम्री आमाहरू मासिक चक्रको समयमा जुन अवस्थामा जानुहुन्छ, त्यसले यो कुरालाई प्रष्ट पार्दछ । म आमाहरूको बारेमा यसकारण कुरा गरिरहेको छु, किनकि हाम्री आमाहरू चन्द्रमाको चक्रसँग तालमेलमा रहनु भएकाले नै हामी जन्मिएका हौँ । यदि आमाहरूको शरीर चन्द्रमासँग तालमेलमा नरहेको भए, हामी आज यहाँ हुने थिएनौँ । जब चन्द्रमा दुई तीन घण्टाको समयमा एउटा पूरै चक्रबाट गुज्रिन्छ, आमाहरूको शरीरमा अलिकति भ्रमको स्थिति उत्पन्न हुन्छ । यो पुरुषको शरीरमा समेत हुने गर्दछ, किनकि तपाईंकी आमा एक विशेष रूपमा तपाईंभित्र रहनुभएको हुन्छ— भौतिक रूपमा होइन, अन्य रूपहरूमा ।

ग्रहणको प्रभाव: जब शरीर भ्रमित हुन्छ ...

जब शरीर भ्रमित हुन्छ वा अन्योलमा पर्छ, तब यसलाई जतिसक्दो खाली राख्नु अनि सकेसम्म सचेत रहनु सबैभन्दा उत्तम हुन्छ । केही नखानु चेतन हुने एउटा सरल तरिका हो । त्यसबेला, तपाईं कम्तीमा पनि एउटा कुराप्रति निरन्तर सचेत रहनुहुन्छ । अनि, जसै तपाईंको पेट खाली हुन्छ, तपाईं सहजै बढी चेतनशील बन्न सक्नुहुन्छ । पेट खाली भएको बेला तपाईंको शरीर बढी पारदर्शी हुन्छ अनि आफ्नो शारीरिक प्रणालीमा के भइरहेको छ भनेर तपाईं सजिलै थाहा पाउन सक्नुहुन्छ ।

Editor’s Note: Keep track of important days and the phases of the moon with Isha’s Lunar Calendar.