Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
खुसी स्वयं तपाईंबाट सुरू हुन्छ— तपाईंका सम्बन्धहरू, जागिर वा पैसाबाट होइन ।
हामी जीवनप्रति संवेदनशील हुनुपर्छ— हाम्रा विचार, भावना, इख, विचारधारा वा मान्यताप्रति होइन । किनकि जीवनको सर्वोच्च महत्त्व छ ।
होली पर्व यो पहिचान गर्नका लागि हो कि मूल रूपमा जीवन उल्लास र उमङ्गले भरिएको प्रक्रिया हो । यस दिनमा, म चाहन्छु कि तपाईं सर्वाधिक जीवन्ततामा रहनुहोस् किनकि जीवित रहनु सबैभन्दा अमूल्य चीज हो ।
मानिसहरू आफ्नै स्मृति र कल्पनाबाट पीडित छन्; यसको मतलब, उनीहरू त्यसबाट पीडित छन्, जसको अस्तित्व नै छैन ।
तपाईं प्रेरणा चाहनुहुन्छ भने, पुस्तक पढ्नुस् । तर तपाईं साँच्चिकै अध्यात्मको मार्गमा हिँड्न चाहनुहुन्छ भने, एक मात्र तरिका भनेको आफूभित्र फर्किनुस् ।
एकएक मनुष्यलाई रूपान्तरण नगर्दासम्म, संसारमा कुनै रूपान्तरण हुनेछैन ।
तपाईं जोजसलाई भेट्नुहुन्छ, तपाईंसँग यो नै अन्तिम अवसर हुन सक्ला जसरी उनीहरूसँग कुरा गर्नुस् । यसले तपाईंलाई रूपान्तरण गर्नेछ ।
अनुशासन भनेको नियन्त्रण होइन । यसको अर्थ हो, जे गर्न आवश्यक छ, ठ्याक्कै त्यही गर्ने विवेक हुनु ।
मनुष्य हुनु अर्थात् चेतन रूपमा आफूले सकेको उत्तम गर्ने— ती सबैथोक र सबैजनाका निम्ति, जसको सम्पर्कमा आउनुहुन्छ ।
जब तपाईं आफू नाशवान् छु भन्नेप्रति चेतन रहनुहुन्छ, तपाईं कुनैपनि चीजबारे मरेतुल्य गम्भीर रहनुहुन्न, बरु सम्भव भएजति बढी प्रखर रूपमा बाँच्न उत्सुक रहनुहुन्छ ।
द्विविधा हुनु राम्रो हो— यसको मतलब तपाईं सत्यको खोज गर्दै हुनुहुन्छ । शङ्का गर्नु रोग हो ।
एउटी नारी पुरुषको संसारमा अटाउन जरूरी छैन । आधा संसार यसैपनि उनैको हुनुपर्छ ।