Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
कर्म वास्तवमा राम्रो र नराम्रोसँग सम्बन्धित नै छैन । यो बस् कारण र परिणामसँग सम्बन्धित हुन्छ ।
जीवनको रहस्य यही हो : हरके चीजलाई गम्भीर नजरले नहेर्ने, तर पूर्णतया सहभागी रहने । खेल झैँ, बस् सहभागी, आसक्त होइन ।
तपाईंसँग जेजति छ— तपाईंको प्रेम, तपाईको हर्ष, तपाईंका सीपहरू— तिनलाई अहिल्यै देखाउनुस् । तिनलाई अर्को जुनीको लागि साँचेर राख्न नखोज्नुस् ।
हामी बारम्बार दोहोरिने जीवन बाँच्न चाहँदैनौँ । हामी आफ्नै कथावस्तु लेख्न चाहन्छौँ ।
तपाईको जीवनमा जस्तोसुकै परिस्थितिहरू निम्तिए पनि, या त तपाईं अझ बलियो भएर बाहिर आउन सक्नुहुन्छ वा त्यसबाटै लथालिङ्ग बन्न सक्नुहुन्छ । तपाईंसँग यही विकल्प छ ।
सृष्टिको हरेक पक्ष— बालुवाको कणदेखि हिमालसम्म, थोपादेखि समुद्रसम्म— यस्तो चेतनाको अभिव्यक्ति हो, जुन मानव बुद्धिभन्दा निकै माथि छ ।
तपाईंले प्रत्येक व्यक्तिलाई रूपान्तरित नगरिकन संसारलाई रूपान्तरित गर्न सक्नुहुन्न ।
पत्याउनु अर्थात् आफूलाई साँच्चिकै थाहा नभएको कुरा अनुमान गर्नु । खोज गर्नु अर्थात् आफूलाई थाहा छैन भनेर आभास हुनु ।
तपाईं मूल रूपमा जुन जीवन हो, त्यसलाई ध्यान दिनुभयो भने, त्यो तपाईंभित्र प्रस्फुरित हुनेछ ।
यदि तपाईं आफू वरिपरिका मानिसहरूप्रति सरोकार राख्नुहुन्छ भने, तपाईंले आफूलाई यस्तो व्यक्ति बनाउनुपर्छ, जोसँग रहन उनीहरू रमाऊन् ।