Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
सम्पूर्ण अस्तित्व स्पन्दन हो, साथै तपाईंको विचार पनि । तपाईंले शक्तिशाली विचार उत्पन्न गर्नुभयो र बाहिर प्रसारण गर्नुभयो भने त्यसले आफूलाई साकार पार्नेछ ।
तपाईंले आफ्ना ऊर्जालाई भरपूर सक्रिय र एकाग्र राख्नुभयो भने तपाईंलाई जेजति आवश्यक छ त्यो यत्तिकै साकार हुनेछ ।
जे गतिशील छ त्यसले आफूलाई रित्याउनेछ । जे स्थिर छ त्यो मात्र सधैँका लागि रहन्छ । मूल रूपमा ध्यान भनेको त्यस स्थिरता वा अचलतातर्फ बढ्नु हो, अस्तित्वको मूल केन्द्र जस्तै बन्नु हो ।
जीवनमा सर्वाधिक सन्तुष्टि यो हो— केही यस्तो गर्नु जुन तपाईंभन्दा निकै विशाल छ ।
तपाईंलाई जीवनमा अप्रिय परिस्थितिहरू सामना गर्न बाध्य पारिएको छ भने तपाईं यतिसम्म समझदार हुनुपर्छ कि तपाईं अरू कसैलाई पनि त्यस्ता परिस्थितिहरू नतेर्स्याउनुस् ।
तपाईंले चाहे तनाव, रिस, डर वा अरू जुनसुकै खालका नकारात्मक भाव अनुभव गरे पनि, त्यहाँ एक मात्र मूल कारण छ : आफ्नो भित्री प्रकृतिबारे अज्ञानी रहेको ।
आफू अगाडि हिँड्न तपाईं चाहे जुनसुकै बाटो रोज्नुस्, मलाई तपाईंको बाटो उज्यालो पारिदिने प्रकाश बन्न दिनुस् । यस दीपावलीले तपाईंको जीवनलाई भित्रबाट र बाहिरबाट जगमगाओस् । प्रेम र आशीर्वाद
कर्म तपाईंको कार्यमा हुँदैन— कर्म तपाईंको दृढ मनसायमा हुन्छ । तपाईंको जीवनका घटनाले होइन बरू घटनाका सन्दर्भले कर्म सृजना गर्छन् ।
विचार र भावना फरक-फरक पक्ष होइनन् । तपाईं जसरी सोच्नुहुन्छ, त्यसरी नै महसुस गर्नुहुन्छ ।
तपाईंले कति गर्नुहुन्छ भन्नेले होइन बरू तपाईंले कसरी गर्नुहुन्छ भन्नेले नै जीवनलाई सुन्दर बनाउँछ ।
तपाईंको सुस्वास्थ्य र तपाईंको रोग, तपाईंको आनन्द र तपाईंको पीडा, सबै भित्रबाट आउँछन् । तपाईं खुसीयाली चाहनुहुन्छ भने तपाईं आफूभित्र फर्किने समय भएको छ ।
जब तपाईं आफ्नो अस्तित्वको भित्री सुखको आनन्द लिनुहुन्छ, बाहिरी सुखहरू फिका लाग्नेछन् ।