Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईंले गर्ने कार्यले तपाईंलाई परिभाषित गर्नुहुँदैन । तपाईं जो हो, त्यसले तपाईंको कार्यलाई परिभाषित गर्नुपर्छ ।
यदि तपाईं आफ्नो हालको अस्तित्वका सीमाहरूबाट पर जान चाहनुहुन्छ भने, तपाईंको हृदयमा पागलपन तर मस्तिष्कमा पूर्ण सन्तुलन हुन आवश्यक छ ।
जब दुई व्यक्तिको मिलन हुन्छ, त्यो आनन्द बाँड्नका लागि हुनुपर्छ, एक-अर्काबाट आनन्द निचोर्ने होइन ।
जीवन परिस्थितिहरूले तनाव सृजना गर्ने होइन । तपाईंले आफू स्वयंलाई कसरी सञ्चालन गर्ने भन्ने नजानेर त्यसो भएको हो ।
भगवानलाई तपाईंको भक्ति चाहिँदैन । खासमा मानव हृदयलाई नै भावनाको चरम उत्कर्ष अनुभव गर्नुपर्ने खाँचो हुन्छ ।
मोह वा आसक्ति प्रेम होइन । कसैसँग आसक्त हुनु भनेको त्यो व्यक्तिसँग सम्बन्धित हुने होइन— तपाईंले आफूलाई अपूर्ण महसुस गर्नाले त्यसो हुने हो ।
तपाईंले जे प्राप्त गर्नुहुन्छ, त्यो तपाईंको हुन सक्छ । तर त्यो कहिल्यै 'तपाईं' हुन सक्दैन ।
तपाईंका विचार र भावनाहरू तपाईंका आफ्नै भूतहरू हुन् । तपाईं तिनलाई बनाउनुहुन्छ, अनि तिनै भूतहरू नियन्त्रणबाट बाहिर गएर तपाईंलाई नै सताउन थाल्छन् । यो खत्तम तरिकाले निर्देशित त्रासदीपूर्ण फिल्म हो ।
चेतना भनेको तपाईंले गर्न सक्ने चीज होइन । चेतना भनेको तपाईंको मूल स्वरूप हो ।
मन भनेको समाजको रद्दी–टोकरी जस्तै हो । भेट हुने हरेक कोहीले केही न केही थोपरिरहेका हुन्छन् ।
मानिसहरू आफूलाई जति बढी असल ठान्छन्, ती त्यति बढी क्रुर बन्छन् ।
स्वतन्त्रता अर्थात् आफ्नो जीवनलाई दिशा दिने सामर्थ्य हुने, अरू केहीबाट पनि निर्देशित नहुने ।