Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
प्रेम कुनै लेनदेन होइन । यो तपाईंभित्र घटित हुने सुन्दर चीज हो । यो बाहिर अभिव्यक्त हुन सक्ला, तर यो भित्रबाटै आउँछ ।
कसैलाई पनि खुसी पार्न नखोज्नुस् । यदि तपाईं साँच्चिकै आनन्दित हुनुहुन्छ र तपाईंमा मानवता ओतप्रोत छ भने, तपाईं सबैसँग सहज रहनुहुनेछ ।
ग्लानि समाजले हुर्काएको भावना हो— यो तपाईंलाई नै सिध्याउने विष हो ।
जब तपाईंं आफ्नै स्मृतिभित्र बाँच्नुहुन्छ, तपाईंले आफू अगाडि नै भएको चीजलाई समेत देख्न सक्नुहुन्न ।
मानिसहरू आफ्नो खोपडीमा कुनै स्पष्टताबिना अत्यन्तै दृढनिश्चित छन् । यो दुर्दशा हो ।
जब तपाईंको हृदय पूर्ण हुन्छ र मन स्वयं तपाईंबाट मुक्त हुन्छ, तपाईंका पैताला स्वत: नाच्नेछन् ।
जीवनसाथी गन्तव्य होइनन्, बरू सहयात्री हुन् ।
यो शरीर धरतीको एउटा अंश मात्र हो । स्वस्थ धरती नभइकन राम्रो जीवन हुँदैन ।
On this day, Gautama the Buddha realized there is no going towards Truth. If you become available, it is right here.
मानिसका कल्पना र आकाङ्क्षाहरू हजार वर्ष बाँचे पनि पूरा हुन सक्दैनन् । आउनुहोस्, 'आनन्दित असफलहरू' बनौं ।
तपाईंले आफ्नो रक्षाका लागि आफ्नो वरिपरि बनाउनुभएका पर्खालहरू समयसँगै तपाईंलाई नै बन्दी बनाउने पर्खाल बन्छन् ।
भरोसा भनेको अरूले तपाईंको अपेक्षाअनुसार चीजहरू गर्नुपर्छ भन्ने होइन । भरोसा भनेको सचेत रूपमा आफूलाई नाजुक बनाउनु हो ।