'कृष्णको साधना र गुरु दक्षिणा' श्रृङ्‌खला अन्तर्गत पहिलो भागमा कृष्ण कसरी १६ वर्षको उमेरमा गुरु सन्दीपनीको शिष्य बने अनि पूर्ण रूपमा ब्रह्मचर्यको पालना गरे भनेर पढ्यौँ । दोस्रो भागमा, कृष्णले आफ्ना गुरुको छोरा अपहरणमा परेको थाहा पाएपछि गुरु दक्षिणाको रूपमा पुनर्दत्तलाई फर्काएर ल्याउने वाचा गरी समुद्री डाँकुहरूको खोजमा निस्किएको कुरा पढ्याैँ । त्यसपछिको तेस्रो भागमा, कृष्णले कसरी एउटा समुद्री डाँकुको जहाजलाई नियन्त्रणमा लिए अनि पुनर्दत्त भएको स्थानतर्फ पुगे भनेर पढ्यौँ । यस भागमा, सद्‌गुरु हामीलाई कृष्णले कसरी एउटा विचित्रको युद्धमार्फत पुनर्दत्तलाई मुक्त गराएर गुरु दक्षिणाको रूपमा गुरु सन्दीपनी र पुनर्दत्तको मिलन गराए भनेर बताउँदै हुनुहुन्छ । आउनुहोस् जानाैँ:


सद्‌गुरु: पाञ्चजन्य नरहेपछि, कृष्णले नेतृत्व सम्हाले । त्यसपछि, जहाजको अवस्था पूरै बदलियो । कृष्णले जहाजको पूरै निरीक्षण गरे; उक्त जहाज लुटिएका बहुमूल्य रत्नहरूले भरिभराउ थियो । उनले ती सबैलाई छुट्याए अनि ताल्चा लगाएर राखिदिए । उनले जहाजका कामदारहरूलाई भरपूर खाना खुवाए । साथै, नयाँ कपडाहरू पनि दिए, किनभने उनीहरूले लगाइरहेका कपडाहरू निकै पूराना र झुत्रा थिए । कृष्णले उनीहरूका सम्पूर्ण सजायहरू माफ गरिदिए । हुल्लू र हुक्कूलाई जहाजको सुरक्षाकर्मी बनाइयो— तर, अब त्यहाँ कोर्रा भने थिएन ! यस प्रकारले त्यहाँको परिस्थिति पूर्ण रूपमा बदलियो । जहाजमा काम गर्ने मानिसहरूको पूरै मण्डली कृष्णको लागि काम गर्न असाध्यै उत्सुक भए । किनकि, उनीहरूले पहिले कहिल्यै यति दयालु मालिक देखेका थिएनन् ।

त्यहाँको शासन व्यवस्था मातृ सत्तात्मक थियो, अर्थात् त्यहाँ महिलाले राज्य व्यवस्था सञ्चालन गर्थिन् । रानीलाई आमा तथा देवीको रुपमा हेरिन्थ्यो अनि उनको बारेमा कैयौँ किम्बदन्तीहरू प्रचलित थिए ।

त्यो जहाज आफ्नो गन्तव्य अर्थात् व्यवस्थापुरीतर्फ अगाडि बढ्यो । उनीहरू छिट्टै त्यहाँ पुगे । व्यवस्थापुरी यस्तो टापू थियो, जहाँ सम्पूर्ण रूपमा फरक संस्कृति थियो । बिकरुले कृष्णलाई त्यस ठाउँको संस्कृतिको बारेमा आफूले जानेका कुराहरू बताउन थाल्यो । त्यहाँको शासन व्यवस्था मातृ सत्तात्मक थियो, अर्थात् त्यहाँ महिलाले राज्य व्यवस्था सञ्चालन गर्थिन् । रानीलाई आमा तथा देवीको रुपमा हेरिन्थ्यो अनि उनको बारेमा कैयौँ किम्बदन्तीहरू प्रचलित थिए । आफ्ना नागरिकहरूमाथि उनको शक्तिशाली प्रभाव थियो । उनले तन्त्र–विद्या पनि जानेकी थिइन् अनि उनी केही यस्ता कुराहरू अनुभव गर्थिन्, जुन सामान्य मानिसहरूको बुझाइभन्दा पर थियो । उनी भविष्यमा हुने घटनाहरूको बारेमा अगाडि नै थाहा पाउँथिन् । उनलाई देवी माताको रूपमा आदर गरिन्थ्यो अनि प्राय: उनी यस्तो अवस्थामा पुग्थिन्, जहाँ उनभित्र ब्रह्माण्डको देवीको वास भएको मानिन्थ्यो ।

जहाज बन्दरगाह नजिकै पुग्यो । तटमा भएका रक्षकहरूलाई भेट्नको लागि कृष्णले बलरामलाई केही उपहार दिएर पठाए, साथै आफ्नो आगमनको खबर रानीसम्म पुऱ्याउन र त्यहाँ उत्रिने अनुमति लिन व्यवस्था मिलाए । बलराम टापुमा गए अनि उपहार दिँदै भने, "वासुदेव पुत्र कृष्ण आइपुग्नु भएको छ अनि उहाँ यहाँ उत्रिन चाहनुहुन्छ ।" केही समयपछि बलराम एउटी अधबैँसे उमेरकी महिलासँग जहाज नजिक पुगे । ऊ टापूकी प्रमुख व्यक्ति जस्ती देखिन्थी । आफ्नो नग्नता छोप्नको लागि उसले कम्मरमा सुनको पटुका बाँधेकी थिई अनि थुप्रै सिक्री तथा गहनाहरूले सजिएकी थिई । त्यहाँ पुग्नेबित्तिकै ऊ जहाजभित्र गई अनि कृष्णलाई शहरमा प्रवेश गर्नको लागि आमन्त्रण गरी । केही अरू मानिसहरूको साथमा कृष्ण अर्को डुङ्गामा चढेर उसको पछि लागे ।

यात्रामा बलरामले कृष्णलाई सचेत गराए, "रानीले तपाईं यहाँ आउने कुराको दिव्य तरिकाले पहिल्यै थाहा पाइसकेकी छिन् । उनलाई तपाईंको नाम, तपाईं कताबाट आउनुभएको हो, कसरी आउनुभएको अनि यस्तै अरू जानकारीहरू थाहा छ । यहाँसम्म कि तपाईं आज नै यहाँ आउँदै हुनुहुन्छ भन्ने कुरासमेत उनलाई थाहा थियो । उनीसँग हाम्रा ऋषिहरूको जस्तो क्षमता छ । उनले भविष्य देख्न सक्छिन्, त्यसैले आफ्ना नागरिकहरूलाई तपाईं यहाँ आउने कुरा बताइसकेकी छिन् । जब तपाईं त्यहाँ पुग्नु हुनेछ, तपाईंलाई स्वागत गर्न राजकुमारी आउने छिन् । उनलाई मात्र आदर प्रकट गर्नुहोला, किनकि यसले नै महत्त्व राख्छ । त्यहाँ राजकुमार पनि हुनेछन्, तर उनको खासै भूमिका छैन ।"

कृष्णले यी सबै कुराहरू ध्यानपूर्वक हेरे, किनभने मानिसहरूले उनलाई एकपटक त्यहाँ पुगेको व्यक्ति फर्केर आउँदैन भन्ने सूचना पहिल्यै दिएका थिए । तसर्थ, कृष्ण अलि सावधान भएका थिए ।

उनीहरू त्यहाँ पुगेपछि, राजकुमारी लारिका र उनकी बहिनी आशिका उनीहरूलाई लिन त्यहाँ आइपुगेका थिए । उनीहरूसँगै एकजना सुन्दर जवान मान्छे पनि आएका थिए, जो त्यहाँका राजकुमार थिए । दुवै पक्षबिच अभिवादन र औपचारिकता सम्पन्न भयो । ताज लगाएकी राजकुमारी सुडौल शरीर भएकी सुन्दर युवती थिइन् । उसको दाँजोमा उसकी बहिनी अलिकति दुब्ली थिई, यद्यपि दिदी जस्तै सुन्दर थिई । अधिकांश महिला सैनिकहरूले नै त्यस क्षेत्रको सुरक्षा गरिरहेका थिए । त्यहाँ पुरुष सैनिकहरू पनि थिए, तर उनीहरू अलि पर खटाइएका थिए । कृष्णले यी सबै कुराहरू ध्यानपूर्वक हेरे, किनभने मानिसहरूले उनलाई एकपटक त्यहाँ पुगेको व्यक्ति फर्केर आउँदैन भन्ने सूचना पहिल्यै दिएका थिए । तसर्थ, कृष्ण अलि सावधान भएका थिए ।

कृष्णको सम्मान गरिसकेपछि उनलाई महलतर्फ लगियो । बाटोमा सबैले उनलाई स्वागत स्वरूप नमन गरे । महलको भित्री कक्षमा पुगेपछि उनलाई त्यहाँको राजासँग परिचय गराइयो, जो एकदमै भलादमी देखिन्थे । राजाले उनीहरूलाई रानीको कक्षमा लगे । त्यो कोठा खाली थियो अनि त्यहाँ आगोको ज्वाला दन्किरहेको थियो । जब उनीहरू भित्र प्रवेश गरे, आगोको ज्वाला मान्छेको उचाइभन्दा पनि माथि बढ्यो अनि त्यहाँबाट रानी प्रकट भइन् । रानीले उनीहरूको स्वागत गरिन् ।

त्यो ठाउँमा बोलिने भाषा फरक भएको हुनाले कृष्णले त्यो भाषा बुझेनन् । साथै, त्यहाँका मानिसहरूले पनि कृष्णको भाषा बुझ्न सकेका थिएनन् । तर, राजकुमारलाई दुवै भाषाको पूर्ण ज्ञान भएकोले उनले निकै कुशलतापूर्वक अनुवाद गरिरहेका थिए । यो कुरा कृष्णले ख्याल गरे । अनि, उनले राजा र राजकुमारलाई हेर्दै उद्‌घोष गरे, "म यहाँ मेरा गुरु सन्दिपनीको प्रतिनिधि बनेर आएको हुँ ।" यी सुन्नेबित्तिकै राजकुमारको अनुहार डरले कालो−निलो भयो अनि उनी हताश बने । कृष्णलाई ऊ नै पुनर्दत्त हो भन्ने कुरा विश्वस्त भयो । अनि त्यसैबेला, उनले उसलाई जसरी पनि त्यहाँबाट फर्काउने योजना बनाउन थाले ।

पुनर्दत्तले भन्यो,"यहाँकी महारानी निकै शक्तिशाली छन्— उनमा कैयौँ पटक ब्रह्माण्डकी देवी उत्रिएकी छिन् । उनी आफ्ना विचारहरूको शक्तिकै भरमा हामीमाथि शासन गर्छिन् । म यस्तो ठाउँबाट बाहिर निस्किने सम्भवना नै छैन ।"

कृष्ण र बलरामलाई उनीहरू बस्ने कक्षमा लगियो । कान्छी राजकुमारी आशिका कृष्णलाई हेरेर पूरै मोहित भई । उसले कृष्णलाई नै जतिबेला पनि पछ्याउन थाली । दुई दिनमै ऊ कृष्णको प्रेममा मग्न भई । आफूलाई ऊबाट टाढा राख्नको लागि कृष्णलाई धौधौ पऱ्यो । त्यहाँका महिलाहरूलाई नागकन्या भनिन्थ्यो । उनीहरूले कम्मरमा सुनको सिक्री बाँध्थे अनि आफ्नो दर्जा देखाउनको लागि टाउकोमा मणि वा नीलमलाई नागको फणको आकारमा लगाउँथे । ती महिलाहरूको स्वाभाव पूर्णतया भिन्न थियो । उनीहरू सानैदेखि यस्तो संस्कारमा हुर्किएका थिए, जहाँ उनीहरूलाई शरीरको सुख भोग्न सिकाइएको हुन्थ्यो अनि महिलाहरू कसरी रहनुपर्छ भनेर पनि सिकाइन्थ्यो । यो त्यहाँ पुग्ने पुरुषहरूलाई वशमा पार्ने तरिका थियो । उनीहरूसँग यस्तै अरू चालहरू पनि थिए, जसको बारेमा अरू मानिसहरूलाई अलिकति पनि पत्तो थिएन । यसैकारण, कृष्ण ती राजकुमारीबाट अलि बढी नै सजग थिए अनि उनलाई आफूबाट टाढै राख्न चाहन्थे । तर, उता आशिका भने एक पलको लागि पनि कृष्णबाट टाढा बस्दैनथी ।

मौका पाउनेबित्तिकै कृष्णले पुनर्दत्तलाई त्यहाँबाट अलग्गै लगेर भने, "म यहाँ तिमीलाई फर्काएर लैजानको लागि आएको हुँ । तिम्रा बुबाले एकदिन पनि तिमीलाई नसम्झिकन दिन बिताउनुभएको छैन । उहाँ तिम्रो बारेमा असाध्यै चिन्तित हुनुहुन्छ । तिमी जसरी पनि फर्किनुपर्छ ।”

पुनर्दत्तले भन्यो, “म त बुबाले मलाई अहिलेसम्म बिर्सिनुभयो होला भन्ने सोचेर ढुक्क भएर बसिरहेको थिएँ । तपाईं आएर मलाई अप्ठ्यारोमा पार्नुभयो । तर, म कुनै पनि हालतमा फर्किन सक्दिनँ ।"

"किन?"

"यदि मैले यहाँबाट बाहिर निस्किने कोशिस गरेँ भने, मलाई मारिदिने छन् ।"

"त्यसको बारेमा तिमीले चिन्ता लिनुपर्दैन । मैले जे–जे भन्छु, त्यही गर । म तिमीलाई यो ठाउँबाट बाहिर लैजाने छु ।"

कृष्णको कुरा सनेपछि पुनर्दत्तले भन्यो, "म यहाँबाट बाहिर जान नपाउने कुरा त छँदै छ, तर म आफैँ पनि यहाँबाट निस्किन चाहँदिनँ । तपाईंले नाग कन्याहरूलाई चिन्नुभएकै छैन । यिनीहरूले पुरुषहरूलाई अनेक तरिकाबाट कसरी जालमा पार्छन् भनेर तपाईंले थाहा पाउनुभएको छैन । कत्ति कुराहरू त मलाई पनि थाहा छैन । मलाई के चाहिँ थाहा छ भने, म पूर्ण रूपमा यिनीहरूको वशमा परेको छु । त्यसैले, म यहाँबाट उम्किने कुनै उपाय नै छैन । अर्कोतर्फ, म निरन्तर आफू मारिने डरमा बाँचिरहेको हुन्छु, किनभने यहाँको परम्पराअनुसार जब नयाँ पूरुषको आगमन हुन्छ, तब यहाँ उत्सव जस्तै हुन्छ । यहाँको राजकुमारले त्यो नयाँ व्यक्तिसँग युद्ध गर्नुपर्ने हुन्छ । यदि राजकुमारको विजय भयो भने, ऊ राजकुमारीको पति एवं राजकुमारको रूपमा यहाँ रहिरहन्छ । यदि युद्धमा ऊ मारियो भने, विजयी पुरुष राजकुमारीको पति अनि राजकुमार बन्दछ । त्यो परम्परा अझैपनि कायमै छ । अहिलेसम्म, मैले यस टापूमा आएका तीनजनालाई मारिसकेको छु । ती बिचराहरू निर्दोष थिए, जसलाई युद्धको बारेमा केही पनि थाहा थिएन । यहाँसम्म कि तरबार कसरी समाउनुपर्छ भन्ने पनि थाहा थिएन । मैले त्यस्ता निर्दोषहरूलाई मार्नुपऱ्यो । अत: मलाई सधैँ यही कुराको डर लाग्छ कि कुनै दिन मभन्दा राम्रो युद्ध गर्ने मान्छे यहाँ आउनेछ अनि मलाई समाप्त गर्नेछ । यहाँकी महारानी निकै शक्तिशाली छन्— उनमा कैयौँ पटक ब्रह्माण्डकी देवी उत्रिएकी छिन् । उनी आफ्ना विचारहरूको शक्तिकै भरमा हामीमाथि शासन गर्छिन् । म यस्तो ठाउँबाट बाहिर निस्किने सम्भवना नै छैन ।"

अन्तत: युद्ध हुने दिन आयो । कृष्ण र पुनर्दत्त युद्धमैदानमा उत्रिए । रक्तपातपूर्ण युद्ध हेर्नको लागि पूरै शहर उर्लिएर आएको थियो । रानी माता आइन् अनि उनले लडाइँ शुरु गर्ने आदेश दिइन् ।

कृष्णले पुनर्दत्तलाई उसको बुबाको बारेमा सम्झाए । उसको संस्कृतिप्रतिको जिम्मेवारी, उसको धर्म तथा परिवारमा निर्वाह गर्नुपर्ने कर्तव्यहरूको बारेमा बुझाउने प्रयास गरे । कृष्णले जतिसुकै सम्झाए पनि पुनर्दत्त यत्तिकै रोइरह्यो अनि भन्यो, "म फर्किन सक्दिनँ ।"

यता कान्छी राजकुमारी कृष्णलाई पाउनको लागि सम्भव भएजति प्रयास गरिरहेकी थिई । ऊ एक पलको लागि पनि कृष्णबाट टाढा बस्न चाहँदिनथी । केही दिनपछि रानीबाट कृष्णले आशिकालाई बिहे गर्नुपर्छ भन्ने आदेश जारी भयो । कृष्ण चाहिँ कसरी सही मौकाको फाइदा उठाएर त्यहाँबाट पुनर्दत्तलाई लैजाने भनेर मात्र सोचिरहेका थिए । तर, जसै देवी माता अर्थात् महारानीलाई कृष्ण पुनर्दत्तलाई लिएर भाग्न खोजिरहेका छन् भन्ने कुरा पत्ता लाग्यो, उनले तत्कालै अर्को आदेश सुनाइन्— "कृष्णले आशिकालाई होइन, लारिकालाई बिहे गर्नुपर्छ । तर, पुनर्दत्त लारिकाको पति भएको हुनाले कृष्णले पहिला पुर्नदत्तसँग युद्ध लड्नुपर्छ । दुवैमध्ये एकजना मर्नुपर्छ ।"

कृष्णले पुनर्दत्तलाई बोलाएर भने, "हेर, मैले तिमीसँग लड्न मिल्दैन । तिमी मेरा गुरुको छोरा हौ । तिमी मेरो धर्म–भाइ हौ । मैले तिमीलाई मार्ने प्रश्न नै उठ्दैन । न त तिमीले नै मलाई मार्न सक्छौ । अब अत्ति भइसक्यो । यहाँबाट भाग्ने उपयुक्त समय यही हो ।" तर, पुनर्दत्तलाई कुनैपनि हालतमा बाहिर निकाल्न नसकिने जस्तो देखियो । ऊ एक प्रकारले सम्मोहित (hypnotized) अवस्थामा थियो ।

केही उपाय नलागेपछि कृष्ण र पुनर्दत्तबिच युद्ध हुने अवस्था सृजना भयो । दुवैमध्ये एक मर्नुपर्ने थियो । जसले विजय प्राप्त गर्थ्यो, उसले राजकुमारीलाई बिहे गरी त्यहाँको राजकुमार बन्दथ्यो । लडाइँ हुनुअघि नै कृष्णले केही तयारी गरे । उनले विशालकाय हुल्लू र हुक्कूलाई विशेष स्थानमा तैनाथ गरे । त्यसैगरी, जहाजमा काम गर्ने सहयोगीहरूलाई पनि निश्चित ठाउँमा तैनाथ गरे, ताकि उचित समय आउँदा डुङ्गाको डोरी काटेर समुद्रतर्फ धकेल्न सकियोस् ।

हुल्लू र हुक्कू त्यहाँ पर्खिएर बसिरहेका थिए । उनीहरूले झट्टै पुनर्दत्तलाई समातिहाले, त्यहाँबाट दौडिँदै डुङ्गाको छेउमा पुगे ।

अन्तत: युद्ध हुने दिन आयो । कृष्ण र पुनर्दत्त युद्धमैदानमा उत्रिए । रक्तपातपूर्ण युद्ध हेर्नको लागि पूरै शहर उर्लिएर आएको थियो । रानी माता आइन् अनि उनले लडाइँ शुरु गर्ने आदेश दिइन् । दुवैले तरबार टक्रयाउँदै लड्न थाले । कृष्णको अगाडि पुनर्दत्त केही पनि थिएन, त्यसैले कृष्णले चलाखिपूर्ण तरिकाले लडिरहेका थिए, जसले गर्दा दुवैबिच बराबरी भइरहेको जस्तो देखिएको थियो । उनीहरू एक–अर्काको तरबार जुधाएर फाट्टफुट्ट आगोको झिल्का निकालिरहेका थिए । कसैलाई पनि घाउ–चोट लागेको थिएन । केही बेरसम्म त भिडले रमाइलो मानिरहेको थियो, किनभने दुवैजनाको टक्कर बराबरी जस्तो देखिएको थियो । तर, केही समयपछि उनीहरूलाई दिक्क लाग्न थाल्यो, लडाइँले कुनै नतिजा ननिकालेको जस्तो देखेपछि उपस्थित मानिसहरू जोडले चिच्याउन थाले । उनीहरू रक्तपात चाहिरहेका थिए !

यसरी तरबार जुधाएर मात्रै युद्धलाई लम्ब्याइरहन सकिँदैन भन्ने कुरा कृष्णले बुझेका थिए । त्यसैले, उनले पुनर्दत्तको तरबारमा यसरी प्रहार गरे कि उसको हातबाट तरबार उछिट्टियो । उनले आफ्नो हातको तरबार पनि खसाले, जुन प्रहार गर्ने क्रममा झट्काले खसेको जस्तो देखिएको थियो । त्यसपछि, दुवैले कुस्ती लड्न थाले । दुवैले एक–अर्कालाई पछारिरहे— कतिखेर कृष्ण माथि, त कतिखेर पुनर्दत्त । तर, दुवैजनालाई कुनै पनि चोट लागेको थिएन । भीड फेरि उत्तेजित भएर हल्लाखल्ला गर्न थाल्यो अनि रक्तपातको माग गर्न थाल्यो । कृष्णले कुस्ती खेल्दाखेल्दै पुनर्दत्तलाई छेउतिर धकेल्दै लगे । अनि, जब उनीहरू युद्ध मैदानको किनारामा पूगे, कृष्णले पुनर्दत्तलाई समातेर मैदानबाट बाहिर फ्याँकिदिए ।

हुल्लू र हुक्कू त्यहाँ पर्खिएर बसिरहेका थिए । उनीहरूले झट्टै पुनर्दत्तलाई समातिहाले, त्यहाँबाट दौडिँदै डुङ्गाको छेउमा पुगे अनि उसलाई डुङ्गाभित्र चढाइदिए । रानीले तत्कालै राजालाई कृष्णको हत्या गर्न आदेश दिइन् । त्यहाँको राजा 'मृत्युको देवता' भनेर चिनिन्थ्यो । रानीले सुनाएको कुनै पनि मृत्युदण्डलाई ऊ धार्मिक परम्पराको रूपमा सम्पन्न गर्दथ्यो । रानीबाट आदेश पाउनेबित्तिकै राजाले तरबार लिएर आए अनि कृष्णले पनि आफ्नो तरबार उठाए । दुवैजना लड्दै गर्दा कृष्णले यसरी नाटक गरे कि मानौँ उनी राजाको धक्काले पछाडितिर गइरहेका छन् । कृष्ण पछि हट्दै गए अनि डुङ्गा नजिकै पुगे । सही मौकामा कृष्णले डुङ्गामा हाम फाले अनि उनका सहयोगीहरूले डोरी काटेर छिटोछिटो डुङ्गा खियाउन थाले । त्यसैबेला, कान्छी राजकुमारी आशिका दौडिँदै आई अनि कृष्णलाई अङ्गालो हाली । कृष्णले उसलाई पनि आफूसँगै लैजाने निर्णय गरे । सबैजना डुङ्गामा चढे अनि सहयोगीहरूले एकदमै छिटो डुङ्गा खियाउँदै जहाजतर्फ लैजान थाले ।

केही पुरुष र महिला सिपाहीहरू पौडिएर डुङ्गालाई पछ्याउन खोजे । तर, उनीहरूले आफ्नो नियति भोग्नुपऱ्यो । सबैजना जहाजमा चढे । अनि, जसै जहाज त्यहाँबाट जाने लागेको थियो, पारीपट्टी रानी किनारामा आइपुगिन् र भनिन्, "आशिका, छिटो त्यहाँबाट फर्किऊ ।" कृष्णको प्रेममा पूरै पागल भएकी आशिका मूर्च्छित अवस्थामा पुगी अनि जहाजबाट फर्किएर किनारामा आई, समुद्रमा हाम फाली अनि पौडिएर फर्किन थाली । बलरामले कृष्णसँग सोधे, "तपाईंले उसलाई रोक्न सक्नुहुन्थ्यो, किन रोक्नुभएन ?" कृष्णले भने, "हामीले नाग कन्यालाई यहाँबाट लैजानु उचित हुँदैन । हामीले उसलाई जहाँसुकै लगेपनि त्यो ठाउँ उसको लागि पूरै नौलो हुनेछ । उसलाई आफ्नै भूमिमा रहन दिनु उत्तम हुनेछ ।"

अन्तत: कृष्णले आफ्नो गुरु दक्षिणाको रूपमा गुरु सन्दीपनीका छोरा पुनर्दत्तलाई फर्काएर ल्याए अनि बुबा–छोराको पुनर्मिलन भयो ।

Editor’s Note: Watch the Leela series, for more of Sadhguru’s talks on Krishna.