कि त सबैजना अपाङ्ग छन् वा कोही पनि अपाङ्ग छैनन् !

शारीरिक रोगबाट पीडित व्यक्तिलाई सम्बोधन गर्ने क्रममा, सद्‌गुरु, हामीलाई सम्झाउँदै हुनुहुन्छ कि हामीले कसैलाई पनि अपाङ्ग भनेर छाप लगाउनु हुँदैन । किनकि, यदि हामीले आफूलाई अरूसँग तुलना गऱ्यौँ भने, हामीभित्र पनि केही पक्षहरूमा कमी रहेको हुन्छ ।
Sadhguru with Dhanya Ravi, participant in the IIM Bengaluru Youth and Truth event | No One Should Be Labelled As Disabled
 

प्रश्न:: नमस्ते ! मेरो नाम धन्या रवि हो । म एकदमै दुर्लभ वंशाणुगत रोग लिएर जन्मिएकी छु, जसलाई ओस्टोजेनेसिस इम्परफेक्टा वा सामान्य भाषामा नाजुक अस्थि भनिन्छ, जसको अर्थ मेरो हड्डीहरू सीसा जस्तै एकदमै नाजुक छन् । कसैको शरीरमा जति सङ्ख्यामा हड्डीहरू हुन्छन्, त्योभन्दा बढी पटक मेरा हड्डीहरू टुक्रिएका छन् । आज, प्रश्नभन्दा पनि बढी मेरो एउटा विनम्र इच्छा छ । तपाईंले अपाङ्गकताको बारेमा केही भनिदिनु भए निकै राम्रो हुने थियो, किनकि मलाई विश्वास छ कि यसबाट अपाङ्ग मानिसहरूतर्फ थुप्रैको ध्यान जाने थियो ।

सद्‌गुरु: यो हाम्रो निम्ति सम्मानको कुरा हो कि तपाईं यहाँ उपस्थित हुनुहुन्छ । जीवन विभिन्न रूपहरूमा व्यक्त हुने गर्दछ । तर, हाम्रा समाजहरू यस्ता छन्, जहाँ हामी पहिल्यै छाप लगाइदिन्छौँ कि यो सामान्य हो अनि यो होइन । तर वास्तवमा, यदि हामीले दुवै हातखुट्टा ठीक भएको कुनै व्यक्तिलाई हेर्ने हो भने, अर्को व्यक्तिको तुलनामा ऊ पनि जीवनको केही पक्षहरूमा अपाङ्ग लाग्दैन र ? यदि तपाईं उसेन बोल्ट सँग दौडिनुभयो भयो भने, तपाईंका दुवै खुट्टा ठीक भएपनि तपाईंलाई आफू अपाङ्ग जस्तो महसुस हुँदैन त ?

हामी पनि एक स्तरमा अपाङ्ग छौँ

यदि हामीले आफूलाई अरूसँग तुलना गऱ्यौँ भने, हामी सबैजना कुनै न कुनै रूपमा अपाङ्ग छौँ ।

त्यसैले, आफूमाथि वा अरूमाथि कुनैपनि प्रकारको छाप लगाउने काम नगरौँ, किनकि जीवन यति धेरै रूपहरूमा प्रकट भएको छ । तपाईंले त्यसलाई सम्मान गर्नुपर्छ अनि आफूले सकेको उत्तम गर्नुपर्छ । आज बिहान तपाईंले खानुभएको भात वा रोटी, हामी हिँड्ने यही माटोबाट आएको हो अनि त्यो खाना हड्डी र मासुको रूपमा तपाईं बनेको छ । यो वास्तवमा चमत्कार हो । यदि जटिल प्रक्रियालाई हामीले दुर्भाग्यवश कम आँकलन गरेका छौँ । यो प्रक्रियामा कहिलेकाहीँ केही कुराहरू हामीले सोचे जस्तो भइदिँदैन ।

त्यसैले, आफूलाई कहिल्यै अपाङ्ग नभन्नुहोस् । तपाईं एक किसिमको हुनुहुन्छ, म अर्को किसिमको छु । कुनै पनि व्यक्तिले आफूसँग उत्तम शरीर वा उत्तम मन छ भनेर दाबी गर्न सक्दैन । म एउटा रूपमा अपाङ्ग छु, तपाईं अर्को रूपमा अपाङ्ग हुनुहुन्छ । यदि हामीले आफूलाई अरूसँग तुलना गऱ्यौँ भने, हामी सबैजना कुनै न कुनै रूपमा अपाङ्ग छौँ ।

भित्री स्थितिको सन्दर्भमा कोही अपाङ्ग छैनन्

हामी आफूभित्र कसरी बाँच्दछौँ भन्ने कुरा हामीबाहेक अरू कसैले पनि तय गर्न सक्दैनन् । त्यस अर्थमा हेर्दा कोही पनि अपाङ्ग छैनन् ।

तपाईंका हड्डीहरू टुक्रिन्छन्, जुन एकदमै पीडादायी र दुर्भाग्यपूर्ण छ । तर, सामान्य ठानिएका अधिकांश मानिसहरू हरेक दिन आफ्नो दिमाग टुक्रयाइरहेका छन् । उनीहरू यसलाई तनाव, चिन्ता, चिढचिढाहट जस्ता थुप्रै नामहरू दिन्छन्, तर वास्तवमा उनीहरू कुनै न कुनै रूपमा आफ्नो दिमाग अलग–थलग बनाइरहेका छन् ।

यो भौतिक शरीर यान्त्रिक प्रक्रिया हो । हामीसँग पनि कहिलेकाहीँ केही कुराहरू गलत भइदिन्छन् । यो सामान्य रूपमा जन्मिएर पछि गलत भइदिन सक्छ वा गर्भमै निर्माणको प्रक्रियामा केही कुराहरू गलत हुन सक्छन् । यसको त्यस व्यक्तिसँग कुनै सम्बन्ध हुँदैन । यसको सम्बन्ध अरू थुप्रै पक्षहरूसँग हुन्छ, किनकि यो प्रक्रिया यति जटिल छ कि कहिलेकाहीँ केही कुराहरू गलत हुन सक्छन् ।

तर, त्यो कुराले तपाईं कसरी बाँच्नुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहुँदैन । हामी भौतिक रूपमा कसरी बाँच्छाँ भन्ने कुरा थुप्रै चिजहरूबाट निर्धारित हुन सक्दछ । तर, हामी आफूभित्र कसरी बाँच्दछौँ भन्ने कुरा हामीबाहेक अरू कसैले पनि तय गर्न सक्दैनन् । म आफूभित्र कसरी बाँच्ने भन्ने कुरा अरू कसैले पनि निर्णय गर्न सक्दैनन् । त्यस अर्थमा हेर्दा कोही पनि अपाङ्ग छैनन् ।

सही अर्थमा समानता

हामीले समानताको बारेमा चाहे जतिसुकै बहस गरे तापनि, जब हामी शरीर र मनलाई अगाडि राखेर कुरा गर्छौँ, त्यहाँ कुनै समानता हुन सक्दैन । तर, हामीले शरीर र मनबाट पर गएर जीवनको यो आयामलाई अगाडि ल्यायौँ भने, सबैथोक एउटै हो ।

शारीरिक र मानसिक पक्षहरूभन्दा पर सबै जीवन एउटै हुन् । यसलाई बुझाउनको लागि दुर्भाग्यवश हामीले यस्तो शब्द प्रयोग गर्नुपर्ने हुन्छ, जुन अहिलेको समयमा असाध्यै अपभ्रंश भएको छ— त्यो शब्द हो, आध्यात्मिकता । आध्यात्मिक प्रक्रिया भनेको माथि हेर्ने वा तल हेर्ने होइन । आध्यात्मिकता, आफूभित्र फर्किने अनि हाम्रो शरीर र मनको संरचनाहरूभन्दा परको आयामलाई स्पर्श गर्ने बारेमा हो । यो अवस्थामा, तपाईं, म र अरू बिच कुनै भिन्नता हुँदैन ।

यसैकारण, आध्यात्मिकता एकदमै महत्त्वपूर्ण छ । हामीले समानताको बारेमा चाहे जतिसुकै बहस गरे तापनि, जब हामी शरीर र मनलाई अगाडि राखेर कुरा गर्छौँ, त्यहाँ कुनै समानता हुन सक्दैन । तर, हामीले शरीर र मनबाट पर गएर जीवनको यो आयामलाई अगाडि ल्यायौँ भने, सबैथोक एउटै हो ।

किन आवश्यक छ भित्री अनुभव ?

यदि मानिसहरूमा यो अनुभव हुन सक्यो भने, तपाईंले यहाँ असाध्यै सानदार समावेशी अस्तित्व पाउनुहुनेछ । कसेले के क्षमता लिएर आएको छ भन्ने कुराले फरक पार्दैन, हरेक जीवनको स्थान हुनेछ । तर यतिखेर, शारीरिक र मानसिक क्षमताहरूको आधारमा हामीहरू मापक तय गरिरहेका छौँ, " यो राम्रो स्तरको हो अनि यो कम स्तरको हो ।" यस्तो नगर्नुहोस् ।

के तपाईं यो भन्न सक्नुहुन्छ कि गाँजर वा फट्याङ्ग्राको जीवन तपाईंको तुलनामा कम छ ? तिनीहरू तपाईंबिना निकै आरामपूर्वक बाँच्न सक्छन्, तर तपाईं तीबिना बाँच्न सक्नुहुन्न । प्रकृतिले हामीलाई यो सम्भावना दिएकी छिन् कि हामीसँग यो बुद्धि छ, जसद्वारा हामी अरू सबै जीवनहरूभन्दा माथि उठ्न सक्छौँ । जब तपाईं एउटा निश्चित स्तरसम्म माथि उठ्नुहुन्छ, यदि तपाईं मूर्ख हो भने, तपाईंले यो अरूमाथि दमन गर्ने समय हो भनेर सोच्नुहुन्छ । होइन । जब तपाईं यस्तो स्तरमा पुग्नुहुन्छ, जहाँ बाँकी जीवनहरूले जानी–नजानी तपाईंतर्फ कुनै आशा लिएर हेरिरहेका हुन्छन्, यो सबैलाई समावेश गरेर घुलमिल हुने समय हो । यो अरूमाथि प्रभुत्व जमाउने वा दमन गर्ने समय होइन, किनकि जब तपाईं दमन गर्नुहुन्छ, तपाईं सबैथोकबाट अलग्ग रहनुहुन्छ ।

जीवन, हाम्रा कल्पनाहरू भन्दा पर छ

योग भनेको शरीर बङ्ग्याउनु होइन, साथै टाउकोले टेकेर उभिनु होइन । योग अर्थात् मिलन वा एक हुनु । मिलन भन्नाले आफ्नो पृथक अस्तित्वबाट निर्मित सीमाहरूलाई सचेतन रूपमा हटाउनू ।

मानिसहरूमा समावेशको भाव तबमात्रै आउनेछ, जब कम्तिमा पनि अलिकति भित्री अनुभव हुनेछ, जुन शरीर र मनभन्दा पर छ । तपाईंको शरीर फरक छ, मेरो शरीर फरक छ । हामी जीवित हुँदासम्म, हामीलाई ती फरक–फरक लाग्नेछ । जब हामीलाई जलाइन्छ, तब हामीलाई थाहा हुन्छ कि सबैथोक त्यही माटो हो । मेरो मन भिन्न छ, तपाईंको मन भिन्न छ । तर, यदि तपाईंले जीवनको स्तरमा हेर्नुभयो भने, मेरो जीवन र तपाईंको जीवन भन्ने त्यस्तो केही हुँदैन । यो जीवित ब्रह्माण्ड हो । प्रश्न यत्ति हो कि यसमा तपाईंले कति जीवन आफूमा समाहित गर्नुभयो ? यही कुराले मात्रै महत्त्व राख्दछ— तपाईंको शरीरको वा दिमागको साइजले होइन । तपाईं कति विशाल जीवन बाँच्नुहुन्छ भन्ने कुरा यसमै निभर्र हुन्छ कि तपाईंले कति जीवनलाई आफूमा समावेश गर्नुभयो ?

यदि तपाईं आफूसँग अहिले भएको भन्दा बढी जीवन समावेश गर्न चाहनुहुन्छ भने, आफ्नो छुट्टै अस्तित्वको रूपमा बनाउनु भएका सीमाहरू अनि बन्धनहरूलाई तपाईंले खुला बनाउनुपर्छ । तपाईंको पृथक अस्तित्व बिस्तारै यस्तो पिँजडा बनेको छ, जसलाई कसैले भत्काउन सक्दैनन् । यदि तपाईंले आफ्नो पृथक अस्तित्वबाट बनेका सीमाहरू मेटाउनुभयो भने, यसलाई हामी योग भन्दछौँ ।

योग भनेको शरीर बङ्ग्याउनु होइन, साथै टाउकोले टेकेर उभिनु होइन । योग अर्थात् मिलन वा एक हुनु । मिलन भन्नाले आफ्नो पृथक अस्तित्वबाट निर्मित सीमाहरूलाई सचेतन रूपमा हटाउनू । अब, तपाईंभित्र जीवन विशाल रूपमा भइरहेको हुन्छ, जुन जो–कसैको कल्पनाभन्दा पर छ । जीवन विशाल स्तरमा घटित भएको हुनाले स्वाभाविक रूपमा सबैथोकले तपाईंलाई सहायता गर्नेछन् ।

Editor's Note: Whether you're struggling with a controversial query, feeling puzzled about a taboo topic, or just burning with a question that no one else is willing to answer, now is your chance to ask! Ask Sadhguru your questions at UnplugWithSadhguru.org.