Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
उमेर ढल्किएसँगै तपाईंको शारीरिक स्फुर्ति कम हुन सक्ला । तर तपाईंको जीवन्तता घट्न आवश्यक छैन ।
तपाईंको जीवनका सबैभन्दा नजिक र प्रिय मानिसहरूले नै तपाईंको खराब रूप भोग्छन् । सडकमा हिँड्ने कुनै अपरिचितले त्यस्तो नराम्रो व्यवहार भोग्नुपर्दैन ।
चेतना भनेको तपाईंले गर्न सक्ने चीज होइन । चेतना भनेको तपाईंको मूल स्वरूप हो ।
मन भनेको समाजको रद्दी–टोकरी जस्तै हो । भेट हुने हरेक कोहीले केही न केही थोपरिरहेका हुन्छन् ।
आफूलाई अरूसँग तुलना गरेर आफ्नो जीवन खेर नफाल्नुस् । तपाईं हिजोभन्दा थोरै भए पनि उन्नत हुनुभएको छ वा छैन, बस् त्यो हेर्नुस् ।
तपाईंले गर्ने कार्यले तपाईंलाई परिभाषित गर्नुहुँदैन । तपाईं जो हो, त्यसले तपाईंको कार्यलाई परिभाषित गर्नुपर्छ ।
यदि तपाईं आफ्नो हालको अस्तित्वका सीमाहरूबाट पर जान चाहनुहुन्छ भने, तपाईंको हृदयमा पागलपन तर मस्तिष्कमा पूर्ण सन्तुलन हुन आवश्यक छ ।
जब दुई व्यक्तिको मिलन हुन्छ, त्यो आनन्द बाँड्नका लागि हुनुपर्छ, एक-अर्काबाट आनन्द निचोर्ने होइन ।
संसारमा धेरैजसो मानिसहरू व्यस्त छैनन्— उनीहरू आफ्नै विचारमा अल्झिएका मात्र हुन् ।
भगवानलाई तपाईंको भक्ति चाहिँदैन । खासमा मानव हृदयलाई नै भावनाको चरम उत्कर्ष अनुभव गर्नुपर्ने खाँचो हुन्छ ।
मोह वा आसक्ति प्रेम होइन । कसैसँग आसक्त हुनु भनेको त्यो व्यक्तिसँग सम्बन्धित हुने होइन— तपाईंले आफूलाई अपूर्ण महसुस गर्नाले त्यसो हुने हो ।
तपाईंले जे प्राप्त गर्नुहुन्छ, त्यो तपाईंको हुन सक्छ । तर त्यो कहिल्यै 'तपाईं' हुन सक्दैन ।