About
Wisdom
FILTERS:
SORT BY:
जो आफूभित्र निरन्तर आरामपूर्ण स्थितिमा रहन्छन्, उनीहरू अन्तहीन कार्यहरू गर्न सक्षम हुन्छन् ।
संसारमा देखिने विभिन्न रूप-रङ्गहरू केवल एउटा कुरामा निर्भर छन्— उर्वर र समृद्ध माटो । आउनुहोस्, यसलाई साकार पारौँ ।
ईश्वर निर्माता हुन्, व्यवस्थापक होइनन् । मानिसहरूले आफ्नो जीवन आफैँ व्यवस्थापन गर्ने विशेष−अधिकार पाएका छन् ।
Your clarity determines how successfully you walk this life.
यदि तपाईंले आफ्नो पहिचानलाई पूरै विश्वसम्म फैलाउनुभयो भने, तपाईंको बुद्धिले सबैको खुसीयाली र कल्याणको निम्ति काम गर्नेछ । तपाईंले व्यक्तिगत महत्त्वकाङ्क्षाबाट नभई हरेक चीजप्रति विशाल दृष्टिले काम गर्नुहुने छ ।
मौन, सृष्टि र सृष्टिकर्ताबाट पर, जीवन र मृत्युबाट परको स्थान हो । जसैजसै तपाईं मौन अभ्यास गर्दै जानुहुन्छ, विस्तारै, तपाईं स्वयं मौन बन्न सक्नुहुन्छ ।
सद्गुरु मूलत: माटो नै हुन्, जसमा तपाईं प्रस्फुरित हुन, हुर्किन, मौलाउन अनि अन्तत: विलिन हुन सक्नुहुन्छ ।
सन्देह गर्नु र दोष देख्नु दुई फरक कुराहरू हुन् । दोष देख्नु भनेको तपाईंले आफ्नो धारणा बनाइसक्नु भयो, जबकि सन्देह गर्नु भनेको तपाईं अझै सत्य खोजिरहनु भएको छ ।
जीवनमा केहीपनि समस्या होइन— हरेक चीज सम्भावना हो ।
हामी अर्को ग्रहमा जानुअघि, हामीले यस ग्रहलाई हेरचाह गर्न सिक्नुपर्छ । अन्यथा, हामीले त्यहाँ पनि त्यही मूर्खतापूर्ण कामहरू गर्नेछौँ, जुन हामीले यहाँ गरिरहेका छौँ ।
यसदिन गौतम बुद्धलाई यो बोध भएको थियो कि सत्यको खोजमा कतै जानुपर्दैन । यदि तपाईंले आफूलाई उपलब्ध बनाउनुभयो भने, यो यतिखेर यहीँ छ ।
जब तपाईंको स्मृति, अनुभव र कल्पना सबै मिसिन्छन्, तब तपाईं ठूलो भद्रगोल बन्नुहुन्छ ।