Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
सम्बन्ध भनेको आपसी तालमेल हुनु, साथ दिनु, वा एकअर्काबाट खुसी खोज्नु होइन । सम्बन्ध भनेको मिलन सृजना गर्ने अवसर हो, जसले विशाल सम्भावनातर्फ बाटो खोल्छ ।
जब तपाईं जङ्गलमा समय बिताउनुहुन्छ, तपाईंलाई आफू केवल अर्को एउटा जीवन भएको आभास हुन्छ । आफ्नो निम्ति तपाईंमा जस्तो महसुस हुन्छ, त्यही वरिपरिका जीवनको निम्ति महसुस हुनु विशाल आध्यात्मिक कदम हो ।
यो समयमा सूर्य आफ्नो पूर्ण तेजमा हुन्छ । जीवन आफ्नो पूर्णतामा हुन्छ । यदि तपाईं आफ्नो जीवनले फल दियोस् भन्ने चाहनुहुन्छ, तपाईं रूपान्तरण चाहनुहुन्छ भने— यही त्यो समय हो ।
अरूको पीडाबाट कसैले पनि खुसीयाली पाउन सक्दैनन् । तपाईंले क्षणिक लाभ पाए पनि, तपाईंले त्यसको मूल्य चुकाउनैपर्छ ।
मन, जुन सबैभन्दा ठूलो चमत्कार हो, त्यो कैयौँ मानिसहरूका निम्ति पीडा निर्माण गर्ने मेसिन बनेको छ ।
पछिका लागि आफ्नो आनन्द जोगाएर नबस्नुस् । तपाईं आनन्दित रहँदा, तपाईंको पूरै जीवन उत्सव बन्दछ ।
जो मानिसहरू हरेक चीजबारे पूर्णतया निश्चित हुन्छन्, तिनले आफ्नो बुद्धिलाई कोल्ड स्टोरेजमा थन्काएका हुन्छन् ।
आफ्ना विचार र भावनामा तपाईं आफूलाई जति अलग्गै राख्नहुन्छ, तपाईं जीवनबाट त्यति बढी अलग बन्नहुन्छ ।
जल (पानी) जीवन निर्माण गर्ने पदार्थ हो । जलस्रोतहरू जोगाउनु नै जीवन जोगाउनु हो ।
कृपाप्रति ग्रहणशील बन्ने सबैभन्दा उत्तम तरिका भनेको आफूलाई कम महत्त्व दिनु हो ।
जुन चीजहरूले महत्त्व राख्दैनन्, तिनमा आफ्नो समय र जीवन खेर नफाल्नुस् । जेले तपाईंका निम्ति साँच्चिकै महत्त्व राख्छ, त्यसमा शतप्रतिशत प्रतिबद्ध रहनुस्— आजै, भोलि होइन ।
पत्याउनु मतलब आफूलाई केहो पत्तो नभएका चीजबारे तपाईंले निष्कर्षहरू बनाइसक्नुभयो ।