Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईंका शरीर र मनले तपाईंबाट निर्देशन लिए भने स्वस्थ, शान्त र आनन्दित रहनु केवल सम्भावना होइन, बरु यो स्वाभाविक परिणाम होइन ।
परम आनन्द बस् व्यक्तिको गुण होइन— यो स्वयम् प्रकृतिको गुण हो । यस संस्कृतिमा हामी भन्छौँ, “ब्रह्मानन्द” अर्थात् सम्पूर्ण ब्रह्माण्ड परम आनन्दमा छ ।
यस गणेश चतुर्थीमा विघ्नहर्ताले तपाईंको विकास र परम मुक्तिका निम्ति मार्ग खुला गरिदिऊन् ।
तपाईं जोसुकै वा जेसुकै भए पनि, हरेक मनुष्यभित्र केही यस्तो छ, जो अहिले जे छ, सधैँ त्योभन्दा अधिक हुन चाहन्छ ।
आफ्नो भित्री जीवनलाई सहजै शिखरसम्म प्रस्फुरित हुन दिन आफ्नो भित्री आयामलाई इन्जिनियर गर्नुहोस् ।
सहज भावमा रहँदा, त्यसले तपाईंमा शान्तिको शक्ति ल्याउँछ ।
यो हेर्नुस्, आफू वरपरका मानिसका निम्ति तपाईं कसरी सबैभन्दा बढी उपयोगी बन्न सक्नुहुन्छ— तब तपाईंले स्वाभाविक रूपमा उचित तरिकाले कार्य गर्नुहुनेछ ।
जब तपाईंका सम्बन्धहरू अरू कोहीबाट आनन्द निचोर्नेभन्दा पनि आफ्नो आनन्द बाँड्नेमा केन्द्रित हुन्छन्, तपाईंले जोकोहीसँग सानदार सम्बन्धहरू बनाउन सक्नुहुन्छ ।
प्रबुद्ध वा आत्मज्ञानीलाई सदैव द्वीज वा “दुई पटक जन्मिएका” भनिन्छ । मेरो कामना छ, तपाईं पशु प्रकृतिलाई नष्ट गर्नुहोस् र विकसित जीवमा प्रस्फुरित हुनुहोस् ।
जब तपाईं बिहान उठ्नुहुन्छ, सर्वप्रथम तपाईंले गर्नुपर्ने यो हो : मुस्कुराउनुस् । तपाईं जीवित हुनुहुन्छ ! मुस्कुराउनका लागि यो सबैभन्दा उत्तम आशीर्वाद र कारण होइन र ।
भलै कर्म तपाईंको बन्धन भए पनि, तपाईंले यसलाई सहीसँग सम्हाल्नुभयो भने कर्म तपाईंको मुक्तिका लागि खुट्किला बन्न सक्छ ।
तपाईं समावेश गर्ने खालको हुनुहुन्छ भने जीवन घटित हुन्छ । तपाईं अलग्गै रहने खालको हुनुहुन्छ भने बस् तपाईंको मानसिक नौटङ्की मात्र चलिरहन्छ ।