Wisdom
FILTERS:
SORT BY:
जब तपाईं आफू स्वयम्लाई जान्नुहुन्न, तबमात्र अरू मानिसहरूका धारणा महत्त्वपूर्ण बन्दछ ।
तपाईंले आफूलाई तृप्त पार्न सम्भव भएजति तरिका प्रयास गर्नुभएको छ, अनि कुनै पनि चीजले वास्तवमा काम गर्दैन भनेर तपाईंमा बोध भएको छ भने यसको अर्थ तपाईं यस बिन्दुमा आइपुग्नुभएको छ— ‘र अब, योग ।’
विचार र भावना भिन्न-भिन्न चीज होइनन् । तपाईं जसरी सोच्नुहुन्छ, त्यसैअनुरूप महसुस गर्नुहुन्छ ।
जबसम्म हामी धर्म-सम्प्रदाय, वंश, जाति, लिङ्ग वा राष्ट्रको नाममा विभाजित हुन्छौँ, मानवजातिको निम्ति साँचो सफलता हुन सक्दैन ।
जीवन न इनाम हो न दण्ड; यो बस् अद्भुत प्रक्रिया हो । तपाईंले यसलाई राम्रोसँग सवारी गर्नुभयो भने यो सुन्दर र सानदार बन्नेछ । तपाईंले यसलाई नराम्रोसँग सवारी गर्नुभयो भने यो भद्दा र पीडादायी बन्नेछ ।
परम्परा भनेको हामीअघिका पुस्ताकै नक्कल गर्नु होइन । बरू उनीहरूका अनुभवबाट सिक्नु हो ।
प्रत्येक मानिसमा केही निश्चित भित्री प्रतिभा हुन्छ । तर प्राय: उनीहरू त्यसलाई अरू कोही जस्तो बन्न खोजेर बर्बाद गर्छन् ।
तपाईं प्रेममा उभिन सक्नुहुन्न; तपाईं प्रेममा चढ्न सकनुहुन्न; तपाईं प्रेममा उड्न सकनुहुन्न— तपाईं प्रेममा केवल खस्न सक्नुहुन्छ । यो आफू खसेर पनि माथि उठ्ने तरिका हो ।
ध्यान योग्यताको विषय होइन बरु इच्छुकता विषय हो ।
तपाईं जति बढी सुरक्षा खोज्नुहुन्छ, तपाईं त्यति बढी असुरक्षित बन्नुहुन्छ । निष्फिक्री हुँदाको अवस्थामा मात्र सही सुरक्षा हुन्छ ।
जानकारी, ज्ञान र समझदारीमा भिन्नता छ : जानकारी प्राप्त गर्न सकिन्छ, ज्ञान हुनु भनेको बोध हुनु हो अनि समझदारी आफूले आर्जन गर्नुपर्छ ।
Everyone is a Seeker; some quickly compromise, some persist.