Main Centers
International Centers
India
USA
Sadhguru Quotes
FILTERS:
SORT BY:
Clear All
तपाईं कुनै कार्य गर्दै हुनुहुन्छ भने हिचकिचाउनु सबैभन्दा खराब अपराध हो ।
जीवनका अति सामान्य चीजमा समेत तपाईं निकै गहिरो रूपमा संलग्न हुनुहुन्छ भने तपाईंले देख्नुहुनेछ, जीवनका हरेक पक्ष सानदार छन् ।
आफ्नो भित्री जीवनलाई सहजै शिखरसम्म प्रस्फुरित हुन दिन आफ्नो भित्री आयामलाई इन्जिनियर गर्नुहोस् ।
सहज भावमा रहँदा, त्यसले तपाईंमा शान्तिको शक्ति ल्याउँछ ।
मानिसका पीडा मानिसका मनमा निर्मित हुन्छन् । मानिसका सीमाहरू पनि त्यहीँ बन्छन् ।
सफलता तपाईंका नक्षत्रहरूको तालमेल मिलाएर पाइने होइन । आफ्नो उद्देश्य पूरा गर्नका लागि उचित कार्यान्वयन र प्रतिबद्धताबाट सफलता आउने हो । सबैभन्दा महत्त्वपूर्ण, आफूभित्र राम्रोसँग सङ्गतिमा रहने ।
प्रबुद्ध वा आत्मज्ञानीलाई सदैव द्वीज वा “दुई पटक जन्मिएका” भनिन्छ । मेरो कामना छ, तपाईं पशु प्रकृतिलाई नष्ट गर्नुहोस् र विकसित जीवमा प्रस्फुरित हुनुहोस् ।
जब तपाईं बिहान उठ्नुहुन्छ, सर्वप्रथम तपाईंले गर्नुपर्ने यो हो : मुस्कुराउनुस् । तपाईं जीवित हुनुहुन्छ ! मुस्कुराउनका लागि यो सबैभन्दा उत्तम आशीर्वाद र कारण होइन र ।
ब्रह्माण्डमा सबैभन्दा श्रेष्ठ चमत्कार यो हो : सबैथोक शून्यबाट आउँछन् र शून्यमै जान्छन् ।
तपाईंका शरीर र मनले तपाईंबाट निर्देशन लिए भने स्वस्थ, शान्त र आनन्दित रहनु केवल सम्भावना होइन, बरु यो स्वाभाविक परिणाम होइन ।
परम आनन्द बस् व्यक्तिको गुण होइन— यो स्वयम् प्रकृतिको गुण हो । यस संस्कृतिमा हामी भन्छौँ, “ब्रह्मानन्द” अर्थात् सम्पूर्ण ब्रह्माण्ड परम आनन्दमा छ ।
यस गणेश चतुर्थीमा विघ्नहर्ताले तपाईंको विकास र परम मुक्तिका निम्ति मार्ग खुला गरिदिऊन् ।