Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
Clear All
सबै भावनाहरूमध्ये, करूणा सबैभन्दा मुक्तिदायक हुन्छ ।
योगको सार नै बोध हुनु हो । तपाईंको बोध जति गहिरो हुन्छ, तपाईंको अनुभव त्यति गहन बन्छ अनि तपाईंले त्यति नै वृहत् रूपमा जान्नुहुन्छ ।
सूक्ष्म अणुदेखि ब्रह्माण्डसम्म, जुनसुकै चीज पनि आफूले बुझ्न सक्ने क्षमताभन्दा माथि छन् भन्ने कुरा तपाईंमा बोध भयो भने, तपाईं स्वाभाविक रूपमा झुक्नुहुनेछ र विनयशील भएर हिँड्नुहुनेछ ।
जब तपाईंका सम्बन्धहरू अरूबाट खुसी निचोर्ने नभई आफ्नो खुसी बाँड्ने बारेमा हुन्छन्, जोसुकैसँग तपाईंको सानदार सम्बन्ध रहनेछ ।
तपाईंले शारीरिक र मानसिक स्वास्थ्य भनेर खासै अलग्याउन सक्नुहुन्न । स्वास्थ्य समग्र रूपमा व्यक्त हुन्छ ।
महात्मा अर्थात् महान् आत्मा । यदि कोही सबै पहिचानहरूबाट माथि उठी विशुद्ध जीवनको रूपमा सञ्चालित रहन्छन् भने मात्र, उनी महान् आत्मा बन्छन् ।
तपाईंमा आफ्नै बकवास चुलिएको अवस्थामा, तपाईं ग्रहणशील बन्न सक्नुहुन्न । आफूलाई जति कम महत्त्व दिनुहुन्छ, त्यति बढी ग्रहण गर्नुहुन्छ । आफूलाई जति बढी महत्त्व दिनुहुन्छ, त्यति कम ग्रहण गर्नुहुन्छ ।
आफूभित्र फर्किनु कुनै यात्रा होइन । किनकि यहाँ कुनै दुरी छैन ।
तपाईं अहिले जस्तो हुनुहुन्छ, त्यसको लागि अरू कोही जवाफदेही छन् भन्ने सोच जबसम्म तपाईंमा रहन्छ, तपाईं आफूले चाहे जस्तो बन्न सक्नुहुन्न ।
प्रेम कुनै लेनदेन होइन । यो एक किसिमको उल्लास र मधुर अवस्थाको भावना हो ।
अरूले जे गरिरहेका छन्, त्यही गर्नुपर्ने आवश्यकता नै छैन । तपाईंको निम्ति जेले साँच्चिकै महत्त्व राख्छ, त्यही गर्नुपर्छ ।
तपाईंले जेलाई सर्वोच्च देख्नुभएको छ, त्यसको खोज गर्नुस् । त्यसलाई आफ्नो दृष्टिमा राखेर बाँच्नु नै उन्नत गर्ने, मुक्तिदायक र आनन्दपूर्ण प्रक्रिया हो ।