प्रश्न: स्वार्थी नहुने उत्तम उपाय के हो ?

सद्‌गुरु: तपाईं स्वार्थी हुनबाट बच्न सक्नुहुन्न । "म स्वार्थी हुन चाहन्न...म स्वार्थी हुन चाहन्न"— यो आफैँमा गहिरो स्वार्थ हो । इमानदार भएर आफूलाई हेर्नुहोस् अनि मलाई भन्नुहोस्, "के तपाईं वास्तवमै स्वार्थी नबन्न सक्नुहुन्छ ?" तपाईं चाहे जुनसुकै तरिकाबाट नियाल्नुहोस्, तपाईं जीवनलाई आफ्नो दृष्टिकोणबाट मात्रै बुझ्नुहुन्छ । तसर्थ, निःस्वार्थी हुने प्रश्न नै उठ्दैन । आफूलाई नैतिकताले बहकाउने काम नगर्नुहोस् । स्वार्थी नहुने प्रयास गर्नुहोस् र हेर्नुहोस्, तपाईंले आफूलाई केवल छल्नुहुनेछ । निःस्वार्थीपन एउटा झुठ हो, जुन नैतिकताको उपज हो, अनि यसबाट संसारमा थुप्रै मानिसहरू भ्रमित भइरहेका छन् ।

मानिसहरू यो सोच्छन् कि उनीहरू निःस्वार्थ भावले केही गरिरहेका छन् । तर, उनीहरू त्यो काम यसकारण गरिरहेका हुन्छन्, किनकि त्यसले उनीहरूलाई खुसी बनाउँछ । त्यसैले, त्यहाँ निःस्वार्थी हुने प्रश्न नै उठ्दैन । स्वार्थी बन्नुहोस— पूर्णतया स्वार्थी बन्नुहोस् । तब कुनै समस्या हुँदैन । अहिले समस्या यो छ कि तपाईं आफ्नो स्वार्थीपनामा समेत कन्जुस्याईं गर्दै हुनुहुन्छ ।

यतिखेर तपाईंको स्वार्थ सीमित छः "म खुसी हुन चाहन्छु ।" पूर्णतया स्वार्थी बन्नुहोस्ः "म चाहन्छु कि यो पूरै ब्रह्माण्ड खुसी होओस्, म चाहन्छु कि यस अस्तित्वका अणु-अणु खुसी होऊन् ।" पूर्ण रूपमा स्वार्थी बन्नुहोस् । त्यसपछि, कुनै समस्या हुँदैन । तपाईं आफ्नो स्वार्थीपनमा समेत एकदमै लोभी हुनुहुन्छ, यही ठूलो समस्या हो ।

स्वार्थी बनौँ, समस्या के छ र ? बरु, असीमित रूपमा स्वार्थी बनौँ ।

स्वार्थी बनौँ, समस्या के छ र ? बरु, असीमित रूपमा स्वार्थी बनौँ । कम्तीमा पनि, हामी आफ्नो स्वार्थीपनमा त पूर्ण बनौँ । हामी जीवनका विभिन्न पक्षहरूमा पूर्ण बन्नको निम्ति इच्छुक हुँदैनौँ । कम्तीमा पनि पूर्णतया स्वार्थी त बनौँ !

शून्य वा अनन्त

यदि तपाईं परमसम्म पुग्न चाहनुहुन्छ भने, केवल दुईवटा तरिकाहरू छन्ः तपाईं कि त शून्य बन्नुपर्छ वा तपाईं अनन्त बन्नुपर्छ । यिनीहरू फरक होइनन् । निःस्वार्थ हुने प्रयत्नमा तपाई आफूलाई सानो बनाउनुहुन्छ— आफूलाई १० बाट ५ मा घटाउनुहुन्छ, तथापि आफूलाई विलिन गर्न सक्नुहुन्न ।

तपाईं कि त शून्य बन्नुपर्छ वा तपाईं अनन्त बन्नुपर्छ ।

तपाईं कि त पूर्णतया शून्य बन्नुहोस्, वा अनन्त बन्नुहोस् । भक्तिको मार्ग विलिन हुने मार्ग हो । तपाईं समर्पण गरेर शून्य बन्न सक्नुहुन्छ— यसमा कुनै समस्या छैन । अथवा, तपाईं सबैथोकलाई आफ्नो अंशको रूपमा समावेश गर्नुहोस् अनि समस्त बन्नुहोस्— यसमा पनि कुनै समस्या छैन । तर, जब तपाईं ′स्वयं′ को बारेमा कुरा गर्नुहुन्छ, तब छुट्टै सत्ता हाबी हुन्छ । तब, विलिन हुने प्रश्न नै उठ्दैन । अतः अनन्त बन्नु नै उत्तम हुन्छ । यो तपाईंको लागि एउटा सरल मार्ग हो ।

Editor’s Note: Bhava Spandana Program is an advanced meditation program designed by Sadhguru to provide the opportunity to experience oneness and resonance with the rest of existence. Find out more about this program here.