Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
चिडचिडाहट, रिस, घृणा र क्रोध— यो बढ्दै एकपछि अर्को हुँदै जाने हो । तपाईंलाई अत्यन्तै थोरै चिडचिडाहट महसुस हुन्छ भने पनि, त्यसमाथि तपाईंले काम गर्नुपर्छ ।
मैले कसैलाई पनि यो विशेष-अधिकार दिएको छैन कि तिनले मलाई खुसी, दु:खी, क्रोधित वा निराश बनाउन सकून् । तपाईंले यो एउटा काम गर्नुपर्छ : तपाईं आफूभित्र जस्तो हुने, त्यो तपाईंबाट निर्धारित हुनुपर्छ ।
जब भित्री प्रकृतिको कुरा आउँछ, यदि तपाईंको चेतना केहीतर्फ केन्द्रित छ भने अस्तित्वमा यस्तो कुनै शक्ति छैन जसले तपाईंलाई त्यहाँ पुग्नबाट रोक्न सकोस् ।
हरेक दिन नभए पनि, कम्तीमा महिनामा एक पटक हिसाब लगाउनुस्— के तपाईं अझ राम्रो मानिसमा रूपान्तरित भइरहनुभएको छ ।
तपाईंले आफ्नो मन, शरीर र भावनाहरू खुला पार्नुभयो भने तपाईंको जीवन राम्रै हुनेछ । तपाईंले आफ्ना ऊर्जाहरू खुला पार्नुभयो भने यो चमत्कारपूर्ण हुनेछ ।
आफ्ना असफलताबाट सिक्ने मात्र नगर्नुस् : कसरी असफल नहुने भनेर सिक्नुस् । तपाईंका आकाङ्क्षा जेसुकै भए पनि, त्यसलाई कसरी साकार पार्ने भनेर पत्ता लगाउनुस् । जीवन तपाईंको कर्म हो— यो तपाईंकै रचना हो ।
क्रियाकलाप र अभिव्यक्तिमा प्रत्येक मनुष्य फरक होलान् । तर मूलभूत जीवनको सन्दर्भमा प्रत्येक मनुष्य एउटै छन् ।
जवान हुनु भनेको तपाईं कहिल्यै पनि बन्द जीवन हुनुहुन्न— तपाईं सबैतिरबाट खुला जीवन हुनुहुन्छ । तपाईं जतिबेला पनि हुर्किन, सिक्न र जीवनप्रति खुला रहन इच्छुक हुनुहुन्छ ।
माटो न वस्तु हो, न असीमित स्रोतसाधन । हामीले माटो विनाश गऱ्यौँ भने यस धरतीमा जीवन समाप्त हुनेछ । माटो जोगाऔँ ।
इनर इन्जिनियरिङ मूलभूत रूपमा यो हो— तपाईंको शरीर र मनको यस जटिल संयन्त्रलाई यसरी इन्जिनियर वा निर्माण गर्ने कि यसले तपाईंका निम्ति काम गरोस्, तपाईंका विरुद्ध होइन ।
योग अर्थात् एकत्व । तपाईं त्यस अवस्थामा अनुशासनमार्फत पुग्नुहुन्छ वा निष्फिक्री भावले भन्ने कुरा तपाईंमै निर्भर छ ।
ध्यानलिङ्ग दिव्य रूपको सम्भव भएसम्मको सर्वोच्च अभिव्यक्ति हो— ध्यानलिङ्ग जीवित गुरु हो, जसले तपाईंलाई ती आयामहरूमा स्पर्श गर्दछ, जहाँ केहीले पनि वा कोहीले पनि स्पर्श गर्न सक्दैनन् ।