Wisdom
FILTERS:
SORT BY:
माटोको लागि जे राम्रो हुन्छ, त्यही तपाईंको शरीरको लागि समेत राम्रो हुन्छ किनकि तपाईंको शरीर यही माटोको मूर्तरूप हो ।
हाम्रो सेरोफेरोका मानिसले केवल परिस्थितिहरू सृजना गर्न सक्छन् । हामी तिनलाई कसरी अनुभव गर्छौँ, त्यो हामीबाटै निर्मित हुन्छ ।
तपाईंको दिमागमा सन्तुलन तर हृदयमा पागलपन हुनुपर्छ ।
जब तपाईंभित्र कुनै कुराप्रति निकै गहिरो प्रेमभाव हुन्छ, त्यो स्वयम् तपाईंभन्दा बढी महत्त्वपूर्ण हुन्छ । आफूभित्र यो गुण रहँदा विकास सहज हुनेछ ।
परिणामहरूको चिन्ता गर्नाले कायरता निम्तिन्छ । जो मानिसहरू जतिबेला पनि आफ्ना कार्यको सम्भावित परिणामहरूको बारेमा सोचिरहन्छन्, उनीहरूले जीवनमा गर्नुपर्ने काम कहिल्यै गर्नेछैनन् ।
पुरुषको दाँजोमा नारी निम्न हुन्छन् भन्ने सोच निरर्थक छ । जबकि नारीबाट पुरुषको जन्म हुन्छ, पुरुष उच्च र नारी निम्न कसरी हुन सक्छ ।
Do not expect your children to respect you. You must build a bond of love and friendship, not of respect and domination.
तपाईं निकै ठोस चरित्र बन्नुभयो भने तपाईं कार्टुन बन्नुहुनेछ । यहाँ मन्द हावा जसरी रहनु महत्त्वपूर्ण छ ।
हाम्रो अभिप्राय यस ग्रहलाई नै मन्दिर बनाउनु हो, जहाँ जोकोही केही शालीन भावमा र जीवनप्रति कृतज्ञ बनी हिँडून् ।
होली, वसन्तको आगमनलाई निकै हर्ष र उल्लासका साथ उत्सवमय बनाउने सानदार अवसर हो । तपाईंले आफूभित्र सही किसिमको केमेस्ट्री निर्माण गर्न सिक्नुभयो भने तपाईंले आफ्नो पूरै जीवनलाई उत्सव बनाउन सक्नुहुन्छ ।
कुनै पनि चीज तपाईंको निम्ति कति सहज वा कठिन छ भन्ने कुरा तपाईंको तयारी कतिसम्म राम्रो छ र तपाईं कति तन्दुरुस्त हुनुहुन्छ भन्नेमा निर्भर गर्दछ ।
पूरै ब्रह्माण्ड ऊर्जा हो । तपाईंले आफूलाई त्यसप्रति खुला राख्नुभयो भने तपाईंको निम्ति कहिल्यै ऊर्जाको कमी हुनेछैन ।