Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
स्त्रैण (स्त्री प्रकृति) जीवनको शक्तिशाली आयाम हो । स्त्री सुलभ ऊर्जा वा शक्तिबिना, अस्तित्वमा केही पनि हुनेथिएन ।
नवरात्रि मनाउने सबैभन्दा उत्तम तरिका भनेको उत्सवको भावमा रहनु हो । यो नै जीवनको रहस्य हो : गम्भीर नबन्ने, तर पूर्णतया सहभागी हुने ।
जमिनमा दह्रिलोसँग उभिने र तब पनि माथि पुगेर आकाशलाई स्पर्श गर्ने— यो नै आध्यात्मिक प्रक्रियाको सार हो ।
Whether it is easy or hard – never lose Focus on where you want to go.
मनुष्य हुनु अर्थात् प्रकृतिका तथाकथित नियमहरूबाट माथि उठ्ने सामर्थ्य हुनु र यस्तो चीज साकार पार्न सक्षम बन्नु, जुन हामीभन्दा निकै विशाल छ ।
तपाईंका पूर्वज तपाईंलाई अगाडि लैजाने खुट्किला बनून्, न कि पासो । महालय अमावस्या वा पितृपक्ष औँसीले त्यो सम्भावना सृजना गर्छ ।
कसैको बारेमा कुनै धारणा नबनाउनुस् । उनीहरू यस क्षणमा कस्ता छन भन्ने पक्षले मात्र अर्थ राख्छ ।
कर्म न राम्रो हो, न त नराम्रो । यो ग्लु हो, जसले तपाईंलाई शरीरमा चप्काएर राख्छ । जुन क्षण तपाईंले आफ्ना सबै कर्महरू पखाल्नुहुन्छ, तपाईं जानुहुनेछ ।
आत्मज्ञान वा बुद्धत्त्व प्रकाशसँग सम्बन्धित छैन— यो यस्तो दृष्टि हो, जुन प्रकाश र अन्धकार दुवैबाट पर छ ।
रुचाउनुस् वा नरुचाउनुस्, जीवनले तपाईंलाई अनेकथरी सर्कस, कलाबाजी र कसरत गर्न लगाउँछ । यदि तपाईं तयार हुनुहुन्छ भने, तपाईंले यसलाई आनन्दपूर्वक गर्न सक्नुहुन्छ ।
शान्ति र खुसी न बजारमा हुन्छन्, न त जङ्गलमा— बस् आफूभित्र निहित हुन्छन् ।
तपाईंका बच्चा राम्ररी हुर्किनका लागि तपाईं अति स्मार्ट हुनुपर्दैन । तपाईं बस् आनन्दित, स्नेही र सीधा हुनुपर्छ ।