Wisdom
FILTERS:
SORT BY:
प्रेम गर्ने, सहायताको लागि हात अघि बढाउने र जीवनलाई अनुभव गर्ने तपाईंको सामर्थ्य असीम हुन्छ । सीमा चाहिँ शरीर र मनका कार्यमा मात्र रहेको हुन्छ ।
मनुष्य हुनुको सही अर्थ जान्न मानिसहरूले यो मूलभूत पाइला चाल्नुपर्छ— लेनदेनबाट गहनतम अनुभवतर्फ अघि बढ्ने ।
यदि तपाईं रूपान्तरण चाहनुहुन्छ भने त्यसको सबैभन्दा ठूलो हिस्सा तपाईंको शरीरमा हुनुपर्छ, किनकि मनको तुलनामा शरीरले निकै बढी स्मृति बोकेको हुन्छ ।
जब तपाईं आफू स्वयम्लाई जान्नुहुन्न, तबमात्र अरू मानिसहरूका धारणा महत्त्वपूर्ण बन्दछ ।
आध्यात्मिक प्रक्रिया कुनै सामाजिक कार्य होइन; यो यस्तो प्रक्रिया हो, जुन तपाईंले आफूभित्र गर्नुहुन्छ ।
‘प्रयोग गर र फ्याँक’ (‘use and throw’) भन्ने मानसिकता अन्त्य गर्नु भनेको प्रदुषण कम गर्नेबारे मात्र होइन— यो सृष्टिमा भएका सबैप्रतिको सम्मानसँग सम्बन्धित छ । सबैचीज जीवित धरतीबाट आउँछ । यसलाई जिम्मेवार भई प्रयोग गरौँ ।
ईश्वर स्वर्गबाट अवतरित भएको तत्त्व होइन— बरू यो यस्तो सिँढी हो जसमा चढेर तपाईं उच्चतम सम्भावनामा प्रस्फुरित हुन सक्नुहुन्छ ।
जीवन न इनाम हो न दण्ड; यो बस् अद्भुत प्रक्रिया हो । तपाईंले यसलाई राम्रोसँग सवारी गर्नुभयो भने यो सुन्दर र सानदार बन्नेछ । तपाईंले यसलाई नराम्रोसँग सवारी गर्नुभयो भने यो भद्दा र पीडादायी बन्नेछ ।
प्रेमको लागि कुनै बिमा हुँदैन । यसलाई जीवित राख्न जागरूकता चाहिन्छ ।
बाध्यात्मक प्रतिक्रिया (Reaction) व्यक्तिको विगतका स्मृति र निष्कर्षहरूमा आधारित हुन्छ । सचेतन प्रतिक्रिया (Response) यस क्षणमा गरिने चेतन प्रक्रिया हो । सचेतन प्रतिक्रिया जनाउन सिकनुहोस्, न कि बाध्यात्मक प्रतिक्रिया गर्न ।
अस्तित्वमा भइरहेका सबै गतिविधिहरू सतहमा हुन्छन् । वास्तविक चीज भने सधैँ स्थिर हुन्छ ।
ध्यान योग्यताको विषय होइन बरु इच्छुकता विषय हो ।