Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
संसारमा प्रभावकारी रूपमा काम गर्नको लागि, जानकारी प्राथमिक कुरा होइन, बरु बोधको स्पष्टता हो ।
योग अभ्यासहरू र ध्यानको सम्पूर्ण प्रयास यही हो : जीवन्तता र जागरूकताको उच्चतम स्तरमा पुग्ने ।
बस् रोग नहुनु मात्र स्वास्थ्य होइन । स्वास्थ्य भनेको सम्पूर्णता हो जसमा शारीरिक, मानसिक र आध्यात्मिक खुसीयाली समेटिएको हुन्छ ।
रूपान्तरण तब हुन्छ जब अरू व्यक्तिको धारणा वा अरू व्यक्तिको उपस्थितिले तपाईं को हो भन्ने तय गर्दैन ।
Being human means being capable of looking at every life form with a sense of tenderness.
जुन चीजहरू तपाईंलाई मन पर्दैन, तीसँग आनन्दपूर्ण रूपमा बाँच्न सिक्नु नै जीवनको सबैभन्दा ठूलो पाठ हो ।
चाहे यसलाई ग्लानी भन्नुस्, डर, रिस वा घृणा भन्नुस्— मूलभूत रूपमा यसको अर्थ यो हो कि तपाईंका विचार र भावनाहरू तपाईंकै विरुद्ध काम गरिरहेका छन् ।
जब तपाईं आफ्नो भन्दा अरूको खुसीयालीलाई माथि राख्नुहुन्छ, एउटा फरक किसिमको शक्ति तपाईंको निम्ति उपलब्ध हुनेछ— यस्तो शक्ति जसले तपाईंलाई यस जीवनभरि र त्यसबाट पर समेत पार लगाउनेछ ।
तपाईंले जीवनभरि र मृत्युको समयमा आफूसँग राख्न सक्ने एक मात्र वास्तविक सम्पत्ति भनेको अनुभवको गहिराइ हो ।
मानिसलाई प्रयोग गर्ने र सामानहरूलाई प्रेम गर्ने— यो जीवनप्रतिको पूर्णतया गलत बुझाइ हो । सामानहरू प्रयोगका लागि हुन्छन् । मानिसहरु प्रेमका लागि हुन्छन् ।
तपाईँले जीवनलाई अनुभव गर्न सक्ने एक मात्र तरिका भनेको संलग्न र सहभागी हुनु हो ।
नयाँ, चुनौतीपूर्ण परिस्थितिहरू सम्भावना हुन्, समस्या होइनन् ।