Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
योग अर्थात् एकत्व । तपाईं त्यस अवस्थामा अनुशासनमार्फत पुग्नुहुन्छ वा निष्फिक्री भावले भन्ने कुरा तपाईंमै निर्भर छ ।
ध्यानलिङ्ग दिव्य रूपको सम्भव भएसम्मको सर्वोच्च अभिव्यक्ति हो— ध्यानलिङ्ग जीवित गुरु हो, जसले तपाईंलाई ती आयामहरूमा स्पर्श गर्दछ, जहाँ केहीले पनि वा कोहीले पनि स्पर्श गर्न सक्दैनन् ।
तपाईंको शरीर, मन र ऊर्जालाई उपयुक्त तरिकाले तयार गरिएको छ भने सही विधिले गरिएको उपवास निकै बढी लाभदायक हुन सक्छ ।
बच्चालाई जे आवश्यक छ, त्यो हो सही पालनपोषण र हेरचाह— जीवनलाई आत्मसात् गर्न र अनुभव गर्न; जकडिएको शिक्षा होइन, जसले उनीहरूको भित्री बुद्धिमत्ता बर्बाद गर्छ ।
हरेक दिन नभए पनि, कम्तीमा महिनामा एक पटक हिसाब लगाउनुस्— के तपाईं अझ राम्रो मानिसमा रूपान्तरित भइरहनुभएको छ ।
ध्यान अर्थात् आफूले इच्छा गरेको अनुभव सृजना गर्न सक्षम हुने, बाहिरी परिस्थितिहरू जस्तोसुकै भएपनि । यहीँ बसेर, तपाईं आफ्नो भित्री केमेस्ट्री आनन्दपूर्ण बनाउन सक्नुहुन्छ ।
तपाईं जीवनलाई सचेतनपूर्वक सम्हाल्नुहुन्छ वा बेहोसीमा भन्ने पक्षले नै तपाईंको जीवनको प्रकृति, परिप्रेक्ष्य र गुण निर्धारण गर्छ ।
तपाईं रिस तपाईंको समस्या हो— यसलाई आफू वरपरको संसारमा नपोख्नुस् ।
जवान हुनु भनेको तपाईं कहिल्यै पनि बन्द जीवन हुनुहुन्न— तपाईं सबैतिरबाट खुला जीवन हुनुहुन्छ । तपाईं जतिबेला पनि हुर्किन, सिक्न र जीवनप्रति खुला रहन इच्छुक हुनुहुन्छ ।
मानिसहरू तबमात्र राम्ररी सँगै रहन सक्छन्, जब हेरचाह र उत्थानको परिवेश निर्माण गरिन्छ— न कि एक अर्काबारे धारणाहरू बनाएर ।
समावेशको भाव छैन भने जीवनमा स्वाभाविक रूपमा एकत्व हुँदैन । यही एकत्वको अभाव हुँदा मानिसहरू अन्त्यहीन रूपमा पीडित छन् ।
यो जीवन यस शरीर, मन र भावनालाई सहायता गर्न यहाँ रहेको होइन । बरू यो शरीर, मन र भावना जीवनलाई सहायता गर्न यहाँ रहेका हुन् ।