सद्‌गुरू: महर्षि पतञ्जलिले योग सूत्रहरूमा कर्मकाण्डबारे उल्लेख गरेर कैवल्य पदबारे बताउने गर्ने क्रममा यो भनेका छन् कि कुनै नशालु पदार्थ वा ड्रग्सको प्रयोग गरेर, लगातार मन्त्र जपिरहेर, कठोर तपस्याहरू गरेर वा गहिरो समाधिको अवस्था अनुभव गरेर दिव्यताको झलक पाउन सकिन्छ ।

पहिला नशालु पदार्थहरूबारे कुरा गरौँ । पतञ्जलि वैज्ञानिक थिए । उनी कुनै धार्मिक व्यक्ति थिएनन् । उनी कुनै पनि कुराबाट डराउँदैनथे । उनी हरेक कुरालाई गहिराइमा नियाल्थे । सामान्यतया, एउटा धार्मिक व्यक्तिले नशालु पदार्थको कुरा गर्दैन । तर, पतञ्जलिले यो भनिदिए कि नशालु पदार्थ पनि देवत्वसम्म पुग्नको लागि एउटा सम्भावना हो— तर, एकदमै झिनो सम्भावना !

ड्रग्स वा नशाको प्रयोगले समृद्धि वा रूपान्तरण सम्भव हुँदैन । त्यो क्षणभरको रमाइलोमै सीमित हुन्छ । केही समयपछि सम्भवतः त्यसको मजा पनि हराउँदै जान्छ । अन्ततः तपाईं असहाय भएर नशालु पदार्थहरूको लतमा फस्नुहुन्छ ।

आखिर, नशालु पदार्थले गर्ने चाहिँ के हो ? यदि तपाईंले गाँजा वा यस्तै अरू पदार्थहरू सेवन गर्नुभयो भने, यी पदार्थहरूको प्रकृतिले गर्दा कहीँकतै तपाईंको दिमागले काम गर्न छोड्छ । यसैपनि, तपाईंको दिमाग र शरीर वास्तवमा रसायन हो । योग–अभ्यासहरू गर्नुको आशय पनि आफ्नो प्रणालीको रसायनलाई परिवर्तन गर्नु हो । नशालु पदार्थहरूलाई प्रायः दिमाग खलबल्याउने भनेर वर्णन गरिन्छ । जब तपाईं नशा प्रयोग गर्नुहुन्छ, एकाएक तपाईंको दिमाग अस्तव्यस्त हुन्छ । जब दिमागले काम गर्न छोड्छ, त्यसबेला क्षणभरको लागि तपाईं अस्तित्वलाई देख्न सक्नुहुन्छ, जुन असाध्यै भव्य र अद्‌भुत लाग्दछ ।

त्यसपछि, बिस्तारै तपाईं नशाको लतमा फस्दै जानुहुन्छ । अर्कोपटक त्यस्तो पदार्थको मात्रा बढ्दै जान्छ । ड्रग्स वा नशाको प्रयोगले समृद्धि वा रूपान्तरण सम्भव हुँदैन । त्यो क्षणभरको रमाइलोमै सीमित हुन्छ । केही समयपछि सम्भवतः त्यसको मजा पनि हराउँदै जान्छ । अन्ततः तपाईं असहाय भएर नशालु पदार्थहरूको लतमा फस्नुहुन्छ ।

के तपाईं यसलाई थाम्न सक्नुहुन्छ ?

पुराणहरूमा यो भनिएको छ कि नशालु पदार्थहरू प्रयोग गर्नेहरूमा शिव पहिलो हुन् । यो त्यहीँबाट शुरु भएको हो । तर, कृपया तपाईंले यो बुझ्न जरूरी छ कि शिवले त्यसलाई थाम्न सक्छन्, तर तपाईं सक्नुहुन्न !

हामी यो कुरा नकार्न सक्दैनौँ कि नशालु पदार्थहरू प्रयोग गर्नेहरूमध्ये कम्तीमा पनि केही व्यक्तिहरूमा नौलो अनुभव हुने गर्दछ । तर, तपाईंले उनीहरूलाई हेर्नुभयो भने, यो प्रष्टै देख्न सकिन्छ कि उनीहरू हालको अवस्थाबाट माथि उठ्न सक्दैनन्; उनीहरूमा कुनै रूपान्तरण हुँदैन । वास्तवमा भन्ने हो भने, त्यस्ता व्यक्तिहरू कहिल्यै कृपाको पात्र बन्न सक्दैनन्, बरु उनीहरू अधोगतितर्फ जान्छन् । त्यस्ता व्यक्तिहरू कहिल्यै प्रस्फुरित भएर सुवास छर्न सक्दैनन् । उनीहरूले केही नौलो कुरा अनुभव गरेका हुन्छन्, जसबारे उनीहरू गफ मात्रै गर्न सक्छन् । नशालु पदार्थहरूको मात्रा बढ्दै जान्छ । इतिहासबारे अभिलेख लेखिनुभन्दा अगाडि नै मानिसहरूले आध्यात्मिक मार्गमा नशालु पदार्थहरूको प्रयोग गर्दथे । पुराणहरूमा यो भनिएको छ कि नशालु पदार्थहरू प्रयोग गर्नेहरूमा शिव पहिलो हुन् । यो त्यहीँबाट शुरु भएको हो । तर, कृपया तपाईंले यो बुझ्न जरूरी छ कि शिवले त्यसलाई थाम्न सक्छन्, तर तपाईं सक्नुहुन्न !

एकपटक आदि शङ्कराचार्य आफ्ना शिष्यहरूसँग यात्रामा गरिरहेका थिए । जाँदै गर्दा उनी एउटा गाउँमा रोकिए, ठूलो मट्काबाट टन्न जाँड पिए अनि पुनः आफ्नो यात्रा जारी राखे । केही शिष्यहरूले अब हामीले पनि पिउने बाटो खुल्यो भन्ने सोचिहाले । केही अगाडि पुगेपछि उनीहरू पनि एउटा भट्टी पसलमा पसेर जाँड धोके, अनि त्यसपछि शङ्कराचार्यको पछाडि मात्तिएर लडखडाउँदै हिँड्न थाले, किनकि उनीहरूले त्यसलाई थाम्न सकेनन् । यात्राको बेला जब उनीहरू अर्को गाउँमा पुगे, शङ्करा सिधै लोहारले कार्म गर्ने ठाउँभित्र गए अनि पग्लिएको तातो फलाम राखिएको भाँडा उठाएर घटघटी पिए । अघि आफ्नै गुरुको अनुकरण गर्ने क्रममा जाँडले मात्तिएका शिष्यहरूले कुरोको चुरो बझिहाले ।

योगीहरूका निम्ति मदिरा, गाँजा र यस्तै अरू नशालु पदार्थहरू बच्चाबच्चीको खेलौना जस्तै हो, किनकि आफ्नो जागरूकता र जीवन्तताले मात्रै त्योभन्दा हजार गुणा बढी नशामा मग्न रहन सक्छौँ ।

अतः नशालु पदार्थ असाध्यै झिनो सम्भावना हो, तथापि सम्भावना भने हो । योगको मार्गमा नशालु पदार्थहरूलाई वर्जित गरिएको छ— नैतिक रूपले सही वा गलत भनेर नभई तिनको सीमिततालाई बुझेर नै त्यसो गरिएको हो । तपाईंको दिमागलाई खल्बल्याउनको लागि हामीसँग अन्य तरिकाहरू छन् ।

मैले कहिल्यै त्यस्ता नशालु पदार्थहरू छोएको छैन, तर यदि मेरा आँखा हेर्नुभयो भने, मलाई नशामा मदमत्त रहेको पाउनुहुनेछ । म दिनमा चौबिसै घण्टा नशामा मस्त रहन सक्छु— कुनै ह्याङ्ओवर हुँदैन (नशालु पदार्थको अत्यधिक सेवनबाट हुने टाउको दुखाइ), पैसा खर्च पनि हुँदैन, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा यो स्वास्थ्यको लागि अत्यन्तै राम्रो छ ! योगीहरूका निम्ति मदिरा, गाँजा र यस्तै अरू नशालु पदार्थहरू बच्चाबच्चीको खेलौना जस्तै हो, किनकि आफ्नो जागरूकता र जीवन्तताले मात्रै त्योभन्दा हजार गुणा बढी नशामा मग्न रहन सक्छौँ । अत: किन वाइन (मदिरा) मात्रै ? तपाईं डिवाइन (दिव्यता) को नशाले मदमत्त रहन सक्नुहुन्छ !

Editor’s Note: For most people, the mind seems to be an unruly cacophony, attempting to grasp and shape everything which falls in its purview. In "Mind Is Your Business", Sadhguru explains that only if we make it “our business” to transform this uncoordinated mess into a well-coordinated symphony, will we be able to use the mind, rather than be used by it. Download now.