लिङ्ग भैरवी देवी, ईशा योग केन्द्रमा सद्‌गुरुद्वारा प्राण–प्रतिष्ठा गरिएको देवीको रूप हो, जसमा दुर्गा, लक्ष्मी र सरस्वती अर्थात् स्त्री प्रकृतिको तीनवटा आयामहरूलाई स्थापित गरिएको छ । लिङ्ग भैरवी, अस्तित्वका तीन मूल गुणहरू अर्थात् तमस, रजस र सत्त्वको प्रतीक समेत हुन् । नवरात्रिको पहिलो तीन दिन तमस प्रकृतिसँग सम्बन्धित हुन्छ । त्यसपछिको अर्को तीन दिन रजस प्रकृति अनि नवरात्रिको अन्तिम तीन दिन सत्त्व प्रकृतिसँग सम्बन्धित हुन्छ ।

नवरात्रि पर्व स्त्री प्रकृति अर्थात् देवीमा समर्पित छ । दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिको तीनवटा आयामहरूको प्रतीक हुन् । देवीको कृपा ग्रहण गर्नको लागि यो असाध्यै अनुकूल र सहायक समय हो ।

अर्पण

साधना

नवरात्रिको अवसरमा लिङ्ग भैरवी देवीमा आयोजना हुने उत्सव र अभिषेकमा सहभागी हुनुहोस् । देवीसँग जोडिनको लागि सद्‌गुरुले एउटा सरल, तर शक्तशाली साधना प्रदान गर्नुभएको छ । देवीको कृपा अनुभव गर्नको लागि हामी घरमै बसेर यो अभ्यास गर्न सक्छौँ । यो साधना कार्त्तिक १ देखि कार्तिक ९ गतेसम्म, हरेक दिन गरिनुपर्छ । तल दिइएका निर्देशनहरू अनुसार तपाईं यो साधनाको अभ्यास गर्न सक्नुहुनेछ । (यो साधना गृहस्थले पनि गर्न सक्नुहुन्छ ।)

  1. देवीको निम्ति एउटा दियो बाल्नुहोस् ।
  2. देवीको फोटो, गुडी, देवी यन्त्र वा अविघ्न यन्त्रको अगाडि ″जय भैरवी देवी″ स्तुति ३ पटक वा ११ पटक उच्चारण गर्नुहोस् । कम्तीमा पनि ३ पटक स्तुति गर्नुहोस्; ११ पटक स्तुति गर्नु राम्रो हुनेछ । (देवीका ३३ वटा नामहरूको उच्चारण एउटा पूरा स्तुति हो । यी ३३ वटा नामहरू तल दिइएका छन् ।)
  3. देवीलाई केही अर्पण गर्नुहोस् । तपाईं कुनैपनि चिज अर्पण गर्न सक्नुहुन्छ ।

यो साधना दिन वा रातमा जुनसुकै बेला गर्न सकिन्छ अनि सबैजनाले यो साधना गर्न सक्नुहुन्छ । यो साधनामा खानपिन सम्बन्धी कुनै नियम छैन, तैपनि नवरात्रि पर्वको समयमा सात्त्विक आहार गर्नु उत्तम हुनेछ, किनकि पर्व वा उत्सवमा सोही रीति रहेको छ । थप जानकारीको लागि: ९८०३८६७३९४

देवी

यी देवीका ३३ पावन नामहरू हुन् । यदि तपाईंले भक्ति भावले यो स्तुति उच्चारण गर्नुभयो भने, तपाईं देवीको कृपाको पात्र बन्नुहुन्छ ।

सद्‌गुरु द्वारा लिङ्ग भैरवी स्तुति उच्चारण

लिङ्ग भैरवी स्तुति

जय भैरवी देवी गुरुभ्यो नमः श्री

जय भैरवी देवी स्वयम्भो नमः श्री

जय भैरवी देवी स्वधारिणी नमः श्री

जय भैरवी देवी महाकल्याणी नमः श्री

जय भैरवी देवी महाभद्राणी नमः श्री

जय भैरवी देवी महेश्वरी नमः श्री

जय भैरवी देवी नागेश्वरी नमः श्री

जय भैरवी देवी विश्वेश्वरी नमः श्री

जय भैरवी देवी सोमेश्वरी नमः श्री

जय भैरवी देवी दुख: सम्हारी नमः श्री

जय भैरवी देवी हिरण्य गर्भिणी नमः श्री

जय भैरवी देवी अमृत वर्षिणी नमः श्री

जय भैरवी देवी भक्त-रक्षिणी नमः श्री

जय भैरवी देवी सौभाग्य दायिनी नमः श्री

जय भैरवी देवी सर्व जननी नमः श्री

जय भैरवी देवी गर्भ दायिनी नमः श्री

जय भैरवी देवी शून्य वासिनी नमः श्री

जय भैरवी देवी महानन्दिनी नमः श्री

जय भैरवी देवी वामेश्वरी नमः श्री

जय भैरवी देवी कर्म पालिनी नमः श्री

जय भैरवी देवी योनिश्वरी नमः श्री

जय भैरवी देवी लिङ्ग रूपिणी नमः श्री

जय भैरवी देवी श्याम सुन्दरी नमः श्री

जय भैरवी देवी त्रिनेत्रिनी नमः श्री

जय भैरवी देवी सर्व मङ्गली नमः श्री

जय भैरवी देवी महा–योगिनी नमः श्री

जय भैरवी देवी क्लेश नाशिनी नमः श्री

जय भैरवी देवी उग्र रूपिणी नमः श्री

जय भैरवी देवी दिव्य कामिनी नमः श्री

जय भैरवी देवी काल रूपिणी नमः श्री

जय भैरवी देवी त्रिशूल धारिणी नमः श्री

जय भैरवी देवी यक्ष कामिनी नमः श्री

जय भैरवी देवी मुक्ति दायिनी नमः श्री

ॐ महादेवी लिङ्ग भैरवी नमः श्री

ॐ श्री शाम्भवी लिङ्ग भैरवी नमः श्री

ॐ महा शक्ति लिङ्ग भैरवी नमः श्री

नमः श्री नमः श्री देवी नमः श्री

 

 

लिङ्ग भैरवी मा नवरात्रि पूजा

नवरात्रिको अवसरमा लिङ्ग भैरवी देवीमा आयोजना हुने उत्सव र अभिषेकमा सहभागी हुनुहोस् । देवी को उत्सव,नवरात्रिमा लिङ्ग भैरवी देवीलाई प्रत्यक्ष अनुभव गर्नुहोस् ।

नवरात्रि

प्रत्यक्ष प्रसारणः साँझ ५:५५ – ६:२५

कुमकुम अभिषेक: कार्त्तिक १

हल्दी (बेसार) अभिषेक: कार्त्तिक ६

चन्दन अभिषेक: कार्त्तिक ८