Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आफ्नो मनसँग तपाईं जति बढी पहिचान जोड्नुहुन्छ, आफू स्वयंबाट तपाईं त्यति बढी टाढा रहनुहुन्छ ।
ईश्वरीय शक्तिका जराहरू यस शरीरमा भित्रसम्म गढेका छन् । तपाईंले जराहरूलाई मलजल गर्नुभयो भने यसलाई प्रस्फुरित हुनबाट तपाईं कसरी रोक्न सक्नुहोला ।
तपाईं अनिच्छुकबाट इच्छुक, निष्क्रियताबाट क्रियाशीलताको अवस्थामा जानुभयो भने तपाईंको जीवन आनन्दपूर्ण र सहज बन्नेछ ।
ध्यानलिङ्गको गर्भगृहभित्र केही मिनेटका लागि बस् शान्त बस्नाले मात्र पनि ध्यानको बारेमा केही थाहा नभएकालाई समेत गहिरो ध्यानको अवस्था अनुभव गराउन पर्याप्त छ ।
ध्यान भनेको निष्फिक्री भावको अवस्थामा आइपुग्नु हो । सोच यो हो, आफ्नो शरीर र आफ्नो मनलाई नियन्त्रण गर्ने होइन बरु तीबाट मुक्त हुने ।
जीवनमा सबैभन्दा उच्च लक्ष्य शान्ति होइन । यो त सबैभन्दा आधारभूत आवश्यकता हो ।
महान् बन्ने आकाङ्क्षा राख्न आवश्यक छैन । “मलाई के हुने होला” भन्ने सरोकारबाट माथि उठ्नुभयो भने तपाईं यसैपनि महान् मनुष्य बन्नुहुनेछ ।
म नाशवान् छु भनेर सचेत रहनुभएको भए, तपाईंले आफ्ना निम्ति र आफूहरू वरपर सबैका निम्ति वास्तवमै गर्न जरूरी चीज बाहेक अरू केही पनि गर्नुहुन्नथ्यो ।
पैसाले तपाईंका सेरोफेरोलाई मात्र सुखद बनाउन सक्छ । यसले भित्री आनन्द सृजना गर्न सक्दैन ।
मनुष्यसँगको सबैभन्दा ठूलो समस्या भनेको तिनलाई आफ्नै विचार र भावनाहरू कसरी सम्हाल्ने भन्ने नै थाहा छैन ।
तपाईं आफूलाई दु:खी बनाउन चाहनुहुन्छ भने तपाईंसँग अन्त्यहीन अवसरहरू छन् । किनकि सधैँभरि, कसै न कसैले केही त्यस्तो गरिहाल्छन्, जुन तपाईं मन पराउनुहुन्न ।
योग शब्दको अर्थ एकत्व हो । अर्थात् आफू छुट्टै अस्तित्व हुनुका सीमालाई तपाईं सचेत रूपमा मेट्नुहुन्छ अनि बाँकी ब्रह्माण्डसँग स्पन्दित रहनुहुन्छ ।